साउन २१, २०७९
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
नेपालको रैथाने परिकार भिनाजु बन्छ कसरी भन्ने जिज्ञासा धेरैमा रहन्छ । कतिलाई त यो पनि थाहा छैन कि पाकेको कटहरको बीचको भेट्नोको नाम नै भिनाजु हो भनेर पनि ।
भिनाजु भन्ने शब्द आफैंमा सम्मानित छ । ससुराली जाँदा सालासालीले मात्र होइन, सासु, ससुरा, जेठान, जेठानीदिदीले पनि त्यत्तिकै मानसम्मान गर्ने हाम्रो परम्परा छ ।
सब्जीमा सबैभन्दा मिठो र स्वादिष्ट मानिने कटहरको भेट्नो अर्थात् भिनाजु नै मेजमानीका लागि उत्तम हुने हुँदा यो सब्जी ज्वाइँ चेलोलाई खुवाउने परम्परा छ । काँचो कटहरको तरकारी त हामी धेरैले खाएका छौं र निकै चर्चित परिकार पनि हो तर यो भिनाजु भन्ने सब्जी भने धेरै कमले मात्र चाख्नुभएको होला । यो सब्जीलाई चाहिने सामग्री र पकाउने विधि हामीले यहाँ पस्केका छौं ।
भिनाजु बनाउन चाहिने सामग्रीः
पाकेको कटहरको बीचको भेट्नो २ पिस, मध्यम साइजको रातो आलु ३ पिस, तोरीको तेल ३ चम्चा, मेथि आधा चम्चा, हरियो खुर्सानी ४ पिस, अदुवा–लसुन पेस्ट १ चम्चा, प्याज मध्यम २ पिस, बेसार आधा चम्चा, जिरा धनियाँको धुलो १ चम्चा, खुर्सानीको धुलो १ चम्चा, गरम मसलाको धुलो आधा चम्चा, हरियो धनियाँ आधा मुठो, काटेको गोलभेडा २ पिस, हरियो लसुन २ पोटी ।
भिनाजु बनाउने तरिकाः
भाँडामा तेल हालेर मेथि फुराएर काटेको हरियो खुर्सानी हाल्ने अनि प्याज भुट्ने । ब्राउन कलर आउन थालेपछि काटेको कटहरको भेट्नो हालेर भुट्ने । केही समयपछि आलु हाल्दिने र सानो आँचमा पकाउने । मसला, अदुवा–लसुन हाली चलाउँदै पकाउने । राम्ररी पाक्न थालेपछि काटेको टमाटर हाली फेरि एकछिन पकाउने । अन्त्यमा हरियो लसुन, धनियाँ हालेर रोटी या भातसँग सर्भ गर्ने ।
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
खुर्सानी भन्नासाथ सबैको मुखमा पानी ओइरिन थाल्छ । हुन पनि चिज नै त्यस्तो ! खुर्सानी विनाको कुनै पनि परिकार बेस्वादे लाग्छ । अझ नेपालीका लागि त खुर्सानी विना सोच्न पनि गाह्रो हुन्छ । डल्ले खुर्सानी, जिरे खुर्सान...
जब हामीले अल्कलाइन डाइटको विषयमा कुरा गर्छाैं भने पीएच लेबलको पूर्ण सम्झना हुन्छ । अल्कलाइन डाइटलाई एसिड अल्कलाइन डाइट या अल्कलाइन एस डाइट भनेर पनि चिनिन्छ । यस डाइटले हाम्रो शरीरमा पीएच लेबल मेन्टेन गर्न मद्दत...
अहिले आँपको सिजन छ । सबैलाई आँप खुब मन पर्ने फल हो । सिजनको आँप त्यसैपनि खुब स्वादिष्ट हुन्छ । आप एक फलको रूपमा मात्र नखाई धेरै परिकार बनाएर खान सकिन्छ । पौराणिक हिसाबमा हेर्ने हो भने आँपको पात पनि एक प...
परापूर्वकालदेखि चल्दै आएको हाम्रो काठे खस परिकार दूधरोटी, दालरोटी र पानीरोटी अब लगभग लोप नै भए जत्तिकै छ । किनकि नयाँ पुस्तालाई यी परिकारका विषयमा सोध्ने हो भने पूर्ण रूपमा अनभिज्ञ नै छन् । सबैको भान्सामा...
सुरेन्द्र नेपाल श्रेष्ठ एउटा अचानो र चुलेसीले चलेको चुल्हो देखेका हामी गाउँले नेपाली २५ वर्ष अगाडि बेलायत आएपछि रंगरंगका चप बोर्ड र चक्कु देख्दा अचम्म नलाग्ने कुरा नै भएन । मासु होस् वा माछा, सागपात हो...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...