×

X
Dabur
Nic Asia
Marvel

त्रिवि सेवा आयोगको परीक्षामा झेल

त्रिविमा जागिर खाने काइदा: एक शब्दको उत्तर लेख्नेलाई १० मा ९ अंक, खाली छाड्ने पनि पास [खोज]

काठमाडाैं | चैत २०, २०७८

TVS INSIDE

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विश्वविद्यालयमा स्थायी पदपूर्तिका लागि लिएको परीक्षामा गम्भीर धाँधली भएको पाइएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

प्रश्नले मागेको उत्तर नै नलेखी उत्तरपुस्तिका खाली छाडेका परीक्षार्थीलाई उच्च अंक दिएर प्रथम  बनाइएको छ भने १० पूर्णाङ्कको प्रश्नमा १ शब्दको अक्षर लेख्दा ९ अंक दिइएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

आयोगले लिएको पुस्तकालय सहायक पदको लिखित परीक्षामा कुल ४ वटा प्रश्नमा कुनै उत्तर नलेख्दा पनि उच्च अंक दिइएको छ ।

त्यति मात्र होइन, शुरूमा दिएको अंकमा केरमेट गरी थप अंक दिएर पुस्तकालय सहायक पदका लागि महिला कोटातर्फको उम्मेदवारलाई प्रथम स्थानमा उत्तीर्ण गराएको खुलेको छ ।

Vianet communication
Maruti inside

कतिसम्म भने नागरिक समाज भनेको के हो ? भन्ने १० अंकको प्रश्नको जवाफमा 'नागरिक समाज' मात्र उत्तर लेख्दा पनि १० पूर्णाङ्कमा ९ अंक दिइएको छ ।

त्रिवि सेवा आयोगले स्थायी पदपूर्तिका लागि लिएको लेखा सहायक पद र पुस्तकालय सहायक पदको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर तथा मेरिट सूचीमा फेरदल गरी अनुत्तीर्णलाई उत्तीर्ण र उत्तीर्णलाई अनुत्तीर्ण बनाएको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगले लिएको लिखित परीक्षाको उत्तरपुस्तिका अनुसन्धान गर्दा उक्त कुरा खुलेको हो ।

सेवा आयोगले २०७३ फागुन २८ गते गरेको विज्ञापन नम्बर १८/०७३/०७४ अन्तर्गत लेखा सहायक र पुस्तकालय सहायक पदका लागि लिएको लिखित परीक्षामा उत्तर नै नलेख्ने परीक्षार्थीको उत्तरपुस्तिकामा अस्वाभाविक अंक दिइएको थियो ।

त्यति मात्र होइन, एकपटक परीक्षण गरेर कुल प्राप्ताङ्क र अक्षरमा लेखिसकेपछि फेरि केरमेट गरेर अंक र अक्षर दुबैमा नम्बर बढाइएको छ ।

यसरी भयो जालझेल

पुस्तकालय सहायक पदका लागि लिइएको लिखित परीक्षामा कोड नम्बर २३४६ नम्बर रहेको उत्तरपुस्तिकामा अख्तियारले छानबिन गर्दा प्रश्नको उत्तर केही नलेखे पनि उच्च अंक दिएको खुलेको छ ।

उत्तरपुस्तिकाको दोस्रो पत्रको प्रश्न नम्बर १,२,३ र ५ मा उम्मेदवारले उत्तर नलेख्दा पनि क्रमशः ७, ७, ८ र ७ अंक दिई जम्मा २९ अंक कायम गरिएको छ । अन्य प्रश्नहरूमा समेत अस्वाभाविक ढंगले उच्च अंक प्रदान गरेको भेटिएको छ ।

प्रथम पत्रको उत्तरपुस्तिका परीक्षण गर्ने व्यक्ति त्रिभुवन विश्वविद्यालयका पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ हुन् भने रुजु गर्ने व्यक्तिहरू सेवा आयोगका तत्कालीन कायम मुकायम प्रशासक परशुराम कोइराला र सेवा आयोगका तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे हुन् ।

त्यसैगरी उक्त कोडको दोस्रो पत्र परीक्षण गर्ने व्यक्ति विश्वविद्यालयको पुस्तकालय सह–प्रशासक इन्दिरा घिमिरे हुन् ।

केरमेट गरी प्राप्ताङ्क परिवर्तन

लेखा सहायक पदका लागि लिइएको लिखित परीक्षामा पनि ४ जनाको उत्तरपुस्तिकामा अस्वाभाविक तरिकाले शुरूमा दिइएको अंक केरमेट गरी उत्तीर्ण गराएको पाइएको छ ।

कोड नम्बर २१३४ को उत्तरपुस्तिकाको प्रथम र दोस्रो पत्रमा शुरूमा प्रदान गरिएको अंकको आधारमा जम्मा प्राप्ताङ्क ११९.५ हुनुपर्नेमा केरमेट गरी १३० बनाइएको छ ।

दोस्रो पत्रको प्रश्न नम्बर २, ५ र १० मा शुरूमा ५ अंक प्रदान गरिएकोमा त्यसअगाडि ८ र दशमलव थप गरी ८.५ अंक बनाइएको छ । तीन प्रश्नमा ३.५ का दरले अंक थपिँदा कुल १०.५ अंक फरक पर्न गएको छ ।

केरमेट गरी थपिएको अंकलाई सम्परीक्षकले समेत सदर गरेका थिए ।

ती परीक्षार्थीको प्रथम पत्रको उत्तरपुस्तिका पाटन संयुक्त क्याम्पसबाट सेवानिवृत्त सह–प्राध्यापक केशव घिमिरेले परीक्षण गरेका थिए भने परशुराम कोइराला र बच्चुराम पाण्डेले रुजु गरेका थिए ।

प्रथम र दोस्रो दुवै पत्रको उत्तरपुस्तिकाको सम्परीक्षण त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. टेकनाथ ढकालले गरेका थिए ।

त्यसैगरी लेखा सहायक पदको कोड नम्बर २२३६ को उत्तरपुस्तिका परीक्षण गर्दा पनि त्यसैगरी अंक केरमेट गरिएको छ ।

प्रथम पत्रमा शुरूमा जम्मा ५२ अंक प्रदान गरिएकोमा पछि प्रश्न नम्बर १ मा २ अंक, प्रश्न नम्बर ५ मा १ अंक, प्रश्न नम्बर ६ मा २ अंक, प्रश्न नम्बर ७ मा ३ अंक र प्रश्न नम्बर ८ मा १ अंक गरी जम्मा ९ अंक थप गरी कुल प्राप्ताङ्क ५२ लाई ६१ अंक बनाइएको छ ।

अक्षरमा 'फिफ्टी टु' लेखिएकोमा त्यसलाई समेत काटी 'सिक्स्टी वान' बनाएको छ ।

त्यति मात्र होइन, उक्त उत्तरपुस्तिकाको अन्य प्रश्नहरूमा अमिल्दो र अस्पष्ट उत्तर लेखिए पनि अस्वाभाविक ढंगले ६२.५ अंक प्रदान गरी सम्परीक्षण समेत गरेको देखिन्छ ।

दुवै पत्रहरूमा जम्मा प्राप्ताङ्क ११५ हुनुपर्नेमा १२४ दिई लिखित परीक्षाको खुलातर्फ ९औं स्थानमा उत्तीर्ण गराइएको छ ।

त्यसैगरी लेखा सहायक पदको कोड नम्बर २०४३ को उत्तरपुस्तिकामा पनि प्राप्ताङ्कलाई केरमेट गरेर अंक थप गरी उत्तीर्ण गरेको पाइएको छ ।

उक्त उत्तरपुस्तिकाको दोस्रो पत्रमा शुरूमा जम्मा ५० अंक प्रदान गरी अंक र अक्षरमा समेत उल्लेख गरिसकेकोमा पछि पुनः प्रश्न नम्बर १ ,२ र ५ मा केरमेट गरी अंक थपिएको छ । शुरूमा ५ अंक दिइएकोमा सो अगाडि ७ अंक र दशमलव थप गरी ७.५ अंक बनाएको छ ।

त्यसैगरी प्रश्न नम्बर ४, ७, ८ र ९ मा शुरूमा दिइएको अंकमा शून्य दशमलव ५ अंक थप गरी कुल २ अंक थपिएको छ ।

त्यसैगरी प्रश्न नम्बर १० मा शुरूमा ४ अंक दिइएकोमा पछि केरमेट गरी सो अंकलाई ८ बनाएको पाइएको छ । यसरी शुरूमा प्राप्ताङ्क ५० रहेकोमा त्यसलाई केरमेट गरी ६३.५ बनाइएको छ ।

दुवै पत्रमा प्राप्त अंकको योगफल कुल ११३ हुनुपर्नेमा १२७ बनाएर आठौं स्थानमा उत्तीर्ण गराइएको छ ।

त्यसैगरी लेखा सहायक पदको अर्को उत्तरपुस्तिका रहेको कोड नम्बर २१०२ मा पनि अंक थपेर उत्तीर्ण गराएको पाइएको छ ।

प्रथम पत्रमा शुरूमा जम्मा ५८ अंक दिई अंकमा ५८ र अक्षर 'फिफ्टी एट' लेखिएकोमा प्रश्न नम्बर २ र ३ मा अंकमा १/१ अंक थप गरी कुल ६० बनाएको पाइएको छ ।

 सोही कोड नम्बर (२१०२) को दोस्रो पत्रमा उत्तरपुस्तिका परीक्षण गरी अर्धकट्टीमा जम्मा प्राप्ताङ्क २५ उल्लेख गरी अंक र अक्षरमा समेत उल्लेख गरिसकेपछि पुनः सबै प्रश्नको उत्तरमा नबुझिने किसिमले केरमेट गरी जम्मा प्राप्ताङ्क ६३ बनाएको देखिन्छ ।

दुवै पत्रको जम्मा प्राप्ताङ्क ८३ हुनुपर्नेमा केरमेट गरी प्राप्ताङ्क १२३ बनाई खुलातर्फ ११ औं स्थानमा उत्तीर्ण गराएको पाइएको छ ।

उत्तरपुस्तिका परीक्षण गर्नेहरूको बयान : 'विषय विज्ञको अधिकार प्रयोग गरी अंक थप्यौं'

लेखा सहायक पदका लागि लिइएको लिखित परीक्षाको उत्तरपुस्तिका जाँच्ने सह–प्राध्यपाक केशव घिमिरेले शुरूमा जाँच गर्दा कम अंक दिएछु जस्तो लागेर पछि अंक थपेको बयान दिएका छन् ।

'लेखा सहायक पदको २१०२ को उत्तरपुस्तिका परीक्षण गर्दा प्रश्न नम्बर २ र ३ को उत्तरमा कम अंक प्रदान गरेको छु जस्तो लाग्यो,' अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयानमा उनले भनेका छन्, 'त्यसकारण पछि १/१ अंक थप गरेको हुँ।'

'विषयविज्ञको नाताले अंक थप गर्न मिल्छ भनी अंक थप गरेको हो, खराब नियतले अंक थपेको होइन,' घिमिरेले दिएको बयानमा उल्लेख छ ।

२०४० सालदेखि २०७५ सालसम्म त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकायतर्फ प्राध्यापन गरेको हुनाले विषय विज्ञ भनी सेवा आयोगले उनलाई उत्तरपुस्तिका परीक्षण गर्न दिएको थियो ।

त्यसैगरी लेखा सहायक पदको दोस्रो पत्रको उत्तरपुस्तिका परीक्षण गर्ने सह–प्राध्यापक राजेश्वर न्यौपानेले जाँच गरिसकेको उत्तरपुस्तिकाको १० प्रतिशत उत्तरपुस्तिका पुनः मूल्यांकन गर्ने व्यवस्था अनुसार अंक थप गरेको बयान दिएका छन्।

कोड नम्बर २०४३, २१०२, २२३६ र २१३४ रहेको उत्तरपुस्तिका परीक्षण गर्दा प्रश्नमा माग भएको उत्तरलाई आधार मानी अंक प्रदान गरेको बयान उनले दिएका छन्।

'यो मेरो विषयको विज्ञता, क्षमता र स्वविवेकीय कार्य हो,' उनले दिएको बयानमा उल्लेख छ, 'सेवा आयोगको नियमानुसार नै १० प्रतिशत कापीहरू पुनः मुल्यांकन गर्न पाइने व्यवस्थामा टेकेर अंक थप गरेको हो।'

पहिलो उत्तरपुस्तिका र दोस्रो उत्तरपुस्तिका अथवा दोस्रो उत्तरपुस्तिका र पहिलो उत्तरपुस्तिकाको प्रस्तुतीकरण र क्षमता पनि बुझ्ने कार्य गर्नुपर्ने हुँदा त्यसै आधारमा थप अंक प्रदान गरेको उनको जिकिर छ ।

'कोड नम्बर २०४३ मा शुरूमा जम्मा प्राप्ताङ्क मानवीय त्रुटीले ५० लेखिएकोमा पछि सच्याएर ६३ बनाएको हो, अंक र अक्षर दुवै सच्याएर मैले नै लेखेको हो,'  न्यौपानेले भनेका छन् ।

त्यसैगरी कोड नम्बर २१०२ को उत्तरपुस्तिकामा केरमेट गरेर थप गरेको नम्बर विषय विज्ञको हिसाबले थपेको उनको तर्क छ । 'कोड नम्बर २१०२ को उत्तरपुस्तिकामा प्रश्न नम्बर १, २, ३, ५, ६, ७, ८, ९ र १० को अंक र जम्मा प्राप्ताङ्कसहितमा केरमेट गरी मैले नै हस्ताक्षर गरेको हो,' उनले बयानमा भनेका छन्, 'विषय विज्ञको अधिकार प्रयोग गरी अंक थपेर हस्ताक्षर गरेको हो।'

यस प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा समेत दायर गरिसकेको छ ।


अंक केरमेट गरी उत्तीर्ण गराएको, परीक्षार्थीको मेरिट परिवर्तन गरेको, पास हुनेलाई फेल र फेल हुनेलाई पास गराएको अभियोगमा परीक्षक, सम्परीक्षक र रुजु गर्ने व्यक्तिहरूलाई जनही ३ महिनादेखि १ वर्षसम्म कैद तथा पाँच हजारदेखि १० हजारसम्म जरिवानाको माग अभियोग पत्रमा गरिएको छ ।

२०७३ फागुन २८ गते सेवा आयोगले १६ वटा पदहरूमा विज्ञापन गरेको थियो ।

उपप्रशासक, आर्थिक उपनियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, सहायक कानूनी सल्लाहकार, प्राविधिक अधिकृत(इन्जिनियरिङ), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, मुख्य प्राविधिक सहायक (कम्प्युटर), कार्यालय सहायक, लेखा सहायक, पुस्तकालय सहायक, प्राविधिक सहायक (कम्प्युटर) र हलुका सवारी चालक गरी १६ वटा पदका लागि सूचना प्रकाशित गरेको थियो।

उक्त १६ पदमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानूनी सल्लाहका, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी जम्मा ६ वटा पदको लिखित परीक्षामा भएको धाँधलीको विषय हाल विशेष अदालतमा विचाराधीन छ ।

 


TATA Below
NLIC
साउन १५, २०७९

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले मन्त्रालय मातहतका विभागीय प्रमुख र कर्मचारीको सरुवामा आर्थिक लाभ लिएको आरोप लागेको छ । चुनाव खर्च जुटाउन भन्दै मन्त्री चौधरीले रकम संकलन गर्न थालेपछि मन्त्रालयमा आत...

असार १७, २०७९

पछिल्लो ४ महिनामा विशेष अदालतले फैसला गरेकामध्ये ८३ प्रतिशत भ्रष्टाचार मुद्दामा प्रतिवादीलाई सफाइ दिएको पाइएको छ  । अध्यक्ष श्रीकान्त पौडेलको नेतृत्वमा विशेष अदालतमा आएका ६ न्यायाधीशको टोलीले ४ महिनामा ...

असार २३, २०७९

दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश डा. परशुराम भट्टराईको इजलासले घटनालगत्तै छिमेकीको घरमा लुकेर बसेको अवस्था...

साउन १७, २०७९

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनाधिकृत व्यक्ति तथा संस्था समेतले वर्षौंदेखि प्रतिष्ठानको क्वार्टर प्रयोग गरिरहेको पाइएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापक, चिकित्सक, कर्मचारीलगायतले मात्र आवास...

साउन ११, २०७९

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अक्सिजन प्लान्ट जडानदेखि मर्मतको काममा व्यापक अनियमितता भएको पाइएको छ । ठेक्का पाएको कम्पनीले सम्झौता भएको १२० दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्नेमा सम्झौता भएको ५ ...

साउन ५, २०७९

भवन निर्माणमा भएको अनियमिततासम्बन्धी प्रकरणमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच द्वन्द्वको स्थिति उत्पन्न भएको छ । काठमाडौंको रामशाहपथमा सर्वोच्च अदालतले निर्माण गरिरहेको भवनमा भ्रष्टाचार भएको व...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x