×

X
Nic Asia
Khukuri

चुनावी गठबन्धन गर्ने निर्णय जिल्लाले गर्छ, त्यो अधिकार केन्द्रमा छैन : डा. शेखर कोइराला

तनहुँ | चैत २०, २०७८

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् ।

LAxmi BAnk
nabil BANK inside

नेपाली कांग्रेस तनहुँले आइतवार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने, ‘कहाँ–कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले गर्छ । त्यो अधिकार केन्द्रमा राखिएको छैन, यो सही निर्णय भएको छ ।’

डा. कोइरालाले धेरैजसो जिल्लामा कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गरे । तनहुँमा पनि केही ठाउँमा पुग्दा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कार्यकर्ताको भावना रहेको भन्दै उनले भने, ‘जहाँ आवश्यक हुन्छ त्यहाँ गठबन्धन गरौं ।’


Advertisment
Saurya island

कोइरालाले विधानअनुुसार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको उम्मेदवार छनोट गर्ने अधिकार जिल्लामा भएकाले सोहीअनुसार अधिकार प्रयोग गर्न आग्रह गरे । ‘सबै नामावली केन्द्रमा पठाउने होइन, विधानअनुसार चल्नुपर्छ,’ उनले भने । 

केन्द्रीय सदस्य मधु आचार्यले जित्ने ठाउँमा तालमेल गर्न आवश्यक नरहेको बताउँदै कांग्रेस कमजोर भएको ठाउँमा मात्रै तालमेल गर्नुपर्ने बताए । नुवाकोटका पूर्व सभापति जगदीशनरसिंह केसीले कांग्रेसले कांग्रेस उम्मेदवारलाई मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।

Vianet communication
IME BANK INNEWS

महासमिति सदस्य देवराज चालिसेले शक्तिको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको उल्लेख गरे । जिल्ला सभापति जितप्रकाश आलेले पार्टीको आन्तरिक विग्रहका कारण कांग्रेस कमजोर हुँदै गएकाले एकढिक्का भएर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा मंगलवार आयोजित कार्य...

मंसिर १३, २०७९

शनिवारदेखि स्थगित सुनसरी–४ को मतगणना मंगलवारदेखि शुरू भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना शुरू भएको हो । मतगणनाका क्रममा निर्वाचनमा...

मंसिर १३, २०७९

नयाँ सरकार गठनको विषयलाई लिएर दलहरूबीच रस्साकस्सी चलिरहेको समयमा नेपाली कांग्रेसभित्रको ठूलो हिस्सा अब बन्ने सरकारको नेतृत्व पार्टीले नै लिनुपर्ने लविङ गर्न थालेको छ ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा ...

मंसिर १३, २०७९

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि  केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष माधवक...

मंसिर १३, २०७९

सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् ।  रामदेवले १९ हजार ४७९ मत ल्याउँदा...

मंसिर १३, २०७९

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिनुभएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।  मुख्यमन्त्रीसहित...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x