×

X
Nic Asia
Khukuri

गठबन्धनका दलसँग वार्ता गर्न कांग्रेसको समिति गठन

बुटवल | चैत २२, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरूसँग वार्ता गर्न समिति गठन गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठकले प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

वार्ता समितिको सदस्यमा भरत शाह, भुवनप्रसाद श्रेष्ठ, राजु खनाल र प्रकाश राना छन् । निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभापति अमरसिंह पुनले सबैलाई न्यायोचित हुने गरी गठबन्धन दलसँग तालमेल गर्न वार्ता समिति गठन गरेको बताए । 

बैठकले प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्डविक्रम न्यौपानेको संयोजकत्वमा १ हजार १०१ जनाको प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।  


Advertisment
Saurya island

बैठकले सभापति पुनको संयोजकत्व रहने र त्यसमा नेता भरतकुमार शाह तथा सम्पूर्ण पदाधिकारी, प्रदेश अन्तर्गत जिल्ला सभापतिहरू लगायत सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले माधव खरेलको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ । जसको सदस्यमा महेन्द्र पाण्डे, प्रेमलता भट्ट र कृष्णप्रसाद अधिकारी छन् । 

Vianet communication
IME BANK INNEWS

सभापति पुनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र लेख्न विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन गरिएको बताए ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिनुभएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।  मुख्यमन्त्रीसहित...

मंसिर १३, २०७९

एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका...

मंसिर १३, २०७९

शनिवारदेखि स्थगित सुनसरी–४ को मतगणना मंगलवारदेखि शुरू भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना शुरू भएको हो । मतगणनाका क्रममा निर्वाचनमा...

मंसिर १३, २०७९

निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई राजनीतिक दलहरुले बेलैमा बुझ्नुपर्नेमा  भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले बताएका छन् । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका सांसद...

मंसिर १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले मंगलवार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना ग...

मंसिर १३, २०७९

सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् ।  रामदेवले १९ हजार ४७९ मत ल्याउँदा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x