×

X
Nic Asia
Marvel
Khukuri

पोर्चुगलमा टिकट ठगी प्रकरणको एक वर्ष- पीडितले पैसा फिर्ता पाएनन्

काठमाडाैं | चैत २३, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

सास हुने बेलासम्म आश रहन्छ भन्छन्, त्यस्तै आफ्नो ठगिएको पैसा फर्किएला कि भन्ने आशमा बसेको एक बर्ष बित्दा पनि पोर्चुगलका श्रमिकहरुको आशा झन् झन्- निराशामा बदलिएको छ। अब त उनीहरु थाकिसकेका छन्, हारिसकेका छन्। केही आशा जिवित थियो- यहाँ रहेका दर्जनौ संघ संस्थाहरुले न्यायका लागि केही  पहल गर्छन् कि भन्ने ।  तर सबैले रमिता हेरेर बस्दा उनीहरुलाई समाजसेवा भन्ने शब्द नै मजाक जस्तो लाग्न थालेको छ।

DHARA
LAxmi BAnk

ठीक एक वर्ष अगाडि  पोर्चुगलमा लक्ष्मी ट्राभल्स नामको फर्जी कारोबारी समूहले सयौँ नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई फर्जी हवाई टिकट भिडाएर  करोडौँ रुपैया झ्वाम् पारेको थियो। नेपाल जान हिँडेका पीडितहरु  विमानस्थलमा अलपत्र परेका थिए। तर  टिकट ठगी काण्डको एक बर्ष पुग्दा पनि पीडितले कुनै न्याय नपाएको गुनासो गरेका छन्। 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बरु आफूहरुलाई ठग्ने विक्रमजङ्ग कुँवर पोर्चुगलका नेपाली नेता, समाजसेवी भनिएर चिनिन रुचाउने मान्छेहरु, व्यापारीहरूसँग  गर्वका साथ छाती फुलाएर खुलमखुला हिँड्ने गरेको उनीहरुले बताएका छन्। पैसा मागेर तनाब दिने हो भने  मान्छे लगाएर कुटपिट गर्ने धम्की समेत पीडितहरुलाई आउने गरेको छ। 

नाम नखुलाउने सर्तमा एकजना पीडित भन्छिन्-“ मैले खेतीमा मरी मरी आँशु बगाएर कमाएको ७ सय युरोले यीनीहरुको सात पुस्तालाई खान पुगोस् , एकदिन भगवानले त देख्लान् नि भनेर सबैकुरा बिर्सिएको छु।”  उनी थप्छिन्- अरुलाई रुवाएर कमाएको पैसाले अझ चिल्लो कार चढेर हिँड्छन्।” 


Advertisment
Bizbazar
Saurya island

सरोकारवाला निकायले आरोपितसँग नै मिलेर पीडितहरुलाई झन् धेरै पीडा दिएको केहीको आरोप छ। गोर्खा घर भएकी एकजना पीडित भन्छिन्- “यहाँ काउन्सिलर कि के भन्ने रहेछ, त्यहाँको सरले पटक-पटक छलफल त गर्नुभयो, न्याय दिलाएरै छाड्छु भन्नु भयो । तर अहिले त आइनोकाइनो नै गर्नु हुन्न। सायद उहाँ पनि डराउनु भयो कि जस्तो छ।” उनले आफूलाई नेपाल हुँदा नलागेको डर पोर्चुगल आएपछि लाग्न थालेको बताइन्। 

फर्जी टिकटमा नै ठगिएका बिजय मोक्तानले “आफूले दु:ख गरेर कमाएको त्यो पैसा अब माया मारेको र  आफ्नै ग्रह दशा शान्ति होस् भनेर दान गरेको” बताए। त्यसैगरी एकेन्द्र क्षेत्रीले “आफ्नो फसेको पैसा माग्ने चक्करमा  उल्टै ३-४ सय युरो सकिएको कारण अब पुरानो कुरा बिर्सिएको” बताए। त्यस्तै  जिनाथ सापकोटाले पनि आफ्नो  ६५० युरो अहिलेसम्म फिर्ता नआएकोमा आक्रोश व्यक्त गरे। 

Vianet communication
IME BANK INNEWS

एक वर्ष अगाडि पोर्चुगलको लिस्बनमा संचालनमा रहेको लक्ष्मी ट्राभल्सले सयौ नेपालीबाट करोडौँ रुपैयाँ ठगेको पहिलो पटक लोकान्तर अनलाईनमा समाचार आएको थियो। त्यतिखेर एनआरएन पोर्चुगलले  समस्या समधानका लागि पहलकदमी लिएको थियो।  अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय बैठकमा कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो। पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदूतावासमा तथा एनआरएनए पोर्चुगलमा लिखित तथा मौखिक १५० भन्दा बढी उजुरी परेको थियो।  

त्यसपश्चात कुँवर प्रहरीको सम्पर्कमा आएका थिए  । तर पछि उनी कता गए पीडितहरुलाई केही थाहा छैन। विदेशमा हुने ठुला ठगी प्रकरणमा नेपाल सरकारले नेपालबाट नै कारबाही प्रकिया अगाडि बढाउने गरेको छ। विदेशमा रहे पनि कैयौँ आरोपित, अपराधीहरू पक्राउ परेका छन्। तर पोर्चुगलमा त्यति ठुलो परिणाममा श्रमिकहरु ठगिँदा पनि नेपाली सरोकारवाला निकाय मौन छ। 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले सन् १९६० को दशकपछि पहिलोपटक विश्वमा आणविक युद्धको जोखिम सर्वोच्च रहेको चेतावनी दिएका छन् ।  युक्रेनमा शत्रुहरूका विरुद्ध रुसले आणविक बम प्रहार गर्न सक्ने दाबी पनि उनले गरे...

असोज २१, २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने ...

असोज १९, २०७९

भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा&ndas...

असोज १९, २०७९

जापानको उद्योग मन्त्रालयले शहरको ग्यासको प्रयोगमा नियन्त्रण गर्ने उपायहरू लागू गर्न र इन्धन खरीदलाई सहयोग गर्न बुधवार देशको विद्यमान ग्यास व्यवसाय कानूनको मस्यौदा संशोधन तयार गरेको छ । मस्यौदा संशोधनको उद्देश्य आ...

असोज २१, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरू गराउन खोजेको आरोप रुस सरकार क्रेमलिनले लगाएको छ ।  रुसलाई आणविक हतियार उपयोग गर्नबाट रोक्नका लागि नेटोले रुसमाथि निवारक आक्रमण गर्नुपर्न...

असोज १९, २०७९

श्रीलंका सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलंकाको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x