बैशाख २४, २०७९
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला देश तथा विदेशमा रहनुहुने तपाईं आम पाठकप्रति शीर झुकाउन चाहन्छौं । लोकान्तरप्...
वैशाख ३० का लागि निर्धारित स्थानीय तह चुनाव आउन करीब एक महिना मात्र बाँकी रहेको समयमा फेरि चुनावप्रति संशय उत्पन्न हुने खालका अभिव्यक्ति नेताहरूबाट आउन थालेका छन् ।
निर्वाचन आयोगले आचारसंहिता समेत लागू गरिसकेको, दलहरूले चुनावी घोषणापत्र निर्माणको काम अन्तिम चरणमा पुर्याएको र उम्मेदवार मनोनयनको मिति नजिकिँदै गरेको समयमा गठबन्धनकै शीर्षस्थ नेताबाट चुनावप्रति संशय उत्पन्न हुने अभिव्यक्ति आएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले शनिवार त्यस्तै असान्दर्भिक अभिव्यक्ति दिएका छन्, जुन गठबन्धनको नेताको रूपमा स्वाभाविक मान्न सकिँदैन । राजधानीमै आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले अघिल्लोपटक असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा नहुने कारण देखाउँदै चुनावका सम्बन्धमा संशय उत्पन्न गराउने काम गरेका छन् ।
यस्ता हल्लालाई अन्य नेताले फैलाउनु सामान्य मान्न सकिएला, तर सत्तारुढ गठबन्धनकै शीर्षस्थ नेताबाट आउनु गम्भीर छ । गठबन्धनका शीर्ष नेताले त चुनावप्रतिको संशय मेटाउने काम गर्नुपर्ने हो ।
कुनै पनि बाहानामा वैशाख ३० को चुनाव सार्नु या टार्नु प्रतिगमन हुनेछ । चुनाव सार्ने कसैको ‘प्रतिगामी’ हर्कतमा सर्वोच्च अदालत साधक हुने छैन् । पाँच वर्षमा गर्नुपर्ने आवधिक निर्वाचनका लागि अदालतले यसअघि नै ग्रीन सिग्नल दिइसकेको छ ।
किन्तु, परन्तु कुनै बाहानामा चुनाव सारियो भने संविधान फेरि ट्रयाक बाहिर पुग्नेछ । वैशाखको चुनाव सर्नेबित्तिकै मंसिरमा गर्नुपर्ने प्रतिनिधि सभा चुनाव पनि तलमाथि पर्न सक्छ ।
आममानिसहरू चुनावमा भोट हाल्नका लागि मनस्थिति बनाएर बसिरहेको अवस्थामा नेताहरूले नै चुनावप्रति संशय जगाउने अभिव्यक्ति दिनु जनताको भावनामाथिको कुठाराघात हो ।
वैशाख ३० को चुनावका सम्बन्धमा गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति स्वागतयोग्य छ । माओवादी अध्यक्ष प्रचण्डका अनुसार देउवाले भनेका थिए, ‘भोट हाल्ने बेलासम्म पनि कतिपय मानिसहरू आशंका गरिरहन्छन्, तर चुनाव तोकिएको मितिमै हुन्छ ।’
चुनाव सार्न खोज्ने षड्यन्त्रविरुद्ध सचेत नेपाली नागरिक जागरुक बन्नुपर्छ । वैशाख ३० को चुनावलाई तलमाथि गर्नुपर्ने कुनै कारण छैन । चुनाव नगर्नका लागि न कुनै महामारी छ, न सुरक्षा चुनौती । यस्तो अनुकूल समयमा चुनाव सार्ने या टार्ने प्रतिगामी निर्णयमा प्रधानमन्त्री देउवा पक्कै राजी हुने छैनन् ।
ब्याक गियर लगाउने कुनै प्रस्ताव आएमा निर्वाचन आयोगले पनि अस्वीकार गरोस । विक्रम संवतको नयाँ वर्षको उत्साह शुरू हुने बेला वैशाख ३० को राष्ट्रिय पर्वमाथि कालो बादल मडारिन नपाओस् ।
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला देश तथा विदेशमा रहनुहुने तपाईं आम पाठकप्रति शीर झुकाउन चाहन्छौं । लोकान्तरप्...
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् । नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र म...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो । हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...
केही ढिला भएपनि सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा चुनाव गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । निर्वाचन आयोगसँग जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जनाएकोमा सरकारले निर्वाचनलाई ५ दिन ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...