असार १२, २०७९
शनिवार (जुन २५) मा रुसी सैनिक तथा डोनबास क्षेत्रका दुई जनगणतन्त्रका मिलिसियाले सेभेरोडोनेत्स्क शहर नियन्त्रणमा लिएका छन् । उक्त क्षेत्रबाट पछि हट्नका लागि युक्रेन सरकारले आफ्ना सैनिकहरूलाई शुक्रवार नै आदे...
काठमाडाैं | बैशाख १, २०७९
प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसेर स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विधि तय गर्नुअघि नै चितवनको भरतपुर महानगरपालिकाका भित्रका वडा सभापतिहरूले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए विद्रोह गर्ने निर्णय गरेका थिए ।
उनीहरूको निर्णय सार्वजनिक भएको केहीबरेमै बालुवाटारको निर्णय सार्वजनिक भयो । २०७४ को चुनावमा जहाँ जुन पार्टीले जितेको हो सोही आधारमा सिट बाँडफाँड गर्ने निर्णय गठबन्धन बैठकले गरेको थियो ।
पाँच दलीय गठबन्धनले गरेको निर्णयानुसार अब भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रको पोल्टामा पर्ने देखिएको छ ।
अहिलेकी मेयर रेनु दाहाल पुनः उम्मेदवार बन्ने भएकी छिन् । भरतपुरको मेयर फेरि कांग्रेसले नपाउने भएको छ ।
भरतपुर महानगरपालिकामा २९ वटा वडा छन्, जसमध्ये २७ वडाका सभापतिहरूले मंगलवार बैठक राखेर कांग्रेसले मेयरको टिकट नपाए ‘विद्रोह’ गर्ने निर्णय गरेका थिए ।
उनीहरूले आफ्नो निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई जानकारी गराएका थिए ।
वडा अध्यक्षहरूले गरेको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि हामी वडा सभापतिहरू कुनै पनि गठबन्धन नगर्ने निर्णय गर्दछौं ।
मेयर, उपमयेरसहित सबै वडाहरूमा नेपाली कांग्रेसको अध्यक्षसहित ५ जना नै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गर्दछौं ।
गत चुनावमा कुन पार्टीको कस्तो हैसियत ?
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले हस्ताक्षर गरेर पाँचै दलमा एउटै निर्णय सर्कुलर गरिएको छ ।
पाँचै दलमा सर्कुलर गरिएको सिट बाँडफाँडको आधार पत्रमा गठबन्धनमा रहेका दलहरूभित्र मात्रै चुनावी तालमेल गर्न पाइने भनिएको छ ।
उम्मेदवार तय गर्दा २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा जुन दलको उम्मेदवार विजयी भएको थियो त्यसै दलको प्रतिनिधिलाई टिकट दिने सहमति गठबन्धनमा भएको छ ।
गत भदौमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको हकमा उक्त पार्टीमा कायम रहेका जनप्रतिनिधिलाई आधार मानेर तालमेल गर्ने भनिएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा एमाले २९४ स्थानमा जीत निकालेर स्थानीय तहमा ठूलो पार्टी बनेको थियो । कांग्रेसले २६६ पालिकामा जितेको थियो । माओवादीले १०६ पालिका जितेको थियो । गत चुनावमा पनि कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । अहिलेको तालमेलको मोडालिटीअनुसार कांग्रेसले ४ सयभन्दा बढी स्थानीय तहमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवार उठाउन पाउने सम्भावना छ ।
त्यसबेला संघीय समाजवादी पार्टीको हैसियतमा चुनाव लडेको अहिलेको जनता समाजवादी पार्टीले ३४ पालिकामा जीत हासिल गरेको थियो । राष्ट्रिय जनमोर्चाले ३ र अहिले जसपामा एकीकृत भएको डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले २ स्थान जितेका थिए ।
गठबन्धनमा आगामी चुनावमा तालमेल गर्दा एमालेले जितेका २९४ र गठबन्धनबाहिरका दल र स्वतन्त्रले जितेका ४८ समेत गरी अब ३४२ पालिकामा सीट बाँडफाँड गर्ने भएको छ ।
यसो गर्दा एमालेले जितेको ठाउँमा भने अहिले गठबन्धनमा रहेका जुन पार्टी दोस्रो भएको थियो त्यसैले आगामी चुनावमा प्रमुखको सिट पाउने सम्भावना छ ।
चितवनमा फुट्न सक्छ गठबन्धन
गठबन्धनले अघिल्लो चुनावको राजनीतिक शक्ति अनुसार सिट बाँड्ने सहमति गरेपछि अब भरतपुरका कांग्रेस नेता/कार्यकर्ताले के गर्लान् भन्ने विषय सर्वाधिक चासोका साथ हेरिएको छ ।
कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाल भरतपुर महानगरपालिकामा कांग्रेसले उम्मेदवार नपाउने अवस्था हुँदा गठबन्धनमा नरहने परिस्थिति निर्माण हुनसक्ने बताउँछन् ।
गठबन्धनले गरेको निर्णयपछि चितवन कांग्रेस आन्तरिक छलफलमा रहेको र पार्टी सभापति शेरबहादुर देउवासँग थप छलफल गरेर निष्कर्षमा पुगिने खनालले बताए ।
‘अहिले आन्तरिक छलफलकै क्रममा छौं । नेपाली कांग्रेस केन्द्रले जस्तो निर्देशन पठाएको छ सोही अनुसार काम गर्नु हाम्रो जिम्मेवारी हो । संगठनको धरातलीय अवस्थालाई हेरेर निर्णय लिनुपर्ने हुन्छ । महानगरको मेयरमा कांग्रेसको उम्मेदवार हुन्छ भने गठबन्धनमा जाऔं नभए एकल निर्वाचनमा जाऔं भन्ने कुरा वडा सभापतिहरूको छ’, खनालले लोकान्तरसँग भने, ‘परिस्थिति धेरै अप्ठ्यारो भयो भने, अप्ठ्यारोमा पार्ने अवस्था सिर्जना गरियो भने चितवन कांग्रेस एकल निर्वाचनमा जान पनि सक्छ । पार्टीको अस्तित्वका लागि त्यसो गर्नुपर्ने बाध्यकारी अवस्था हुनसक्छ ।’
चितवनमा कांग्रेसको तागत अनुसारको उपस्थिति निर्वाचनमा नहुने परिस्थिति निर्माण भयो भने गठबन्धन तोड्नुपर्ने अवस्था आउने खनालले बताए ।
त्यसको कारण उनले यसरी सुनाए, ‘चितवनमा कांग्रेस जनतामा जसरी भिजेको छ, जसरी जनताको काम गरेको छ, जसरी साथीहरू क्रियाशील छन्, त्यसको मानमर्दन हुनेगरी सानो आकारमा रहेर कांग्रेस चुनावमा जानुभन्दा एकल रूपमा चुनावमा जानु श्रेयस्कर हुन्छ । त्यस्तो बेलामा गठबन्धन गर्नुभन्दा एकल निर्वाचनमा जानुपर्ने परिस्थिति निर्माण हुन्छ । हामी जिल्लाका सबै साथीहरूसँग सल्लाह गरेर यहाँको अवस्था र परिस्थितिको बारेमा केन्द्रीय सभापतिसँग छलफल गर्नेछौं ।’
भरतपुरमा गठबन्धनमै रहेर कांग्रेसकै उम्मेदवार कायम गराउन अन्तिमसम्म प्रयास गर्ने र त्यस्तो अवस्था नभए एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने उनले बताए । ‘केही दिन अझै बाँकी छ । सबैको प्रयास संगठनलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने नै हो । केन्द्रीय सभापति पनि कांग्रेसको संगठनलाई मजबुद बनाउन उत्तिकै चिन्तित हुनुहुन्छ । तल्लो तहका कार्यकर्ताको भावनालाई बुझेर कांग्रेसको पक्षमा निर्णय गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं’, खनालले भने ।
चितवन कांग्रेस मात्रै होइन, नेपाली कांग्रेसभित्र ठूलो पंक्ति चुनावी गठबन्धनको विपक्षमा छ । विशेषगरी कांग्रेसमा डा. शेखर कोइराला खेमा चुनावी गठबन्धनको विपक्षमा रहँदै आएको छ । उनीहरूले कांग्रेस आफ्नै बलमा चुनावमा भिड्नुपर्ने बताउँदै आएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि कोइराला पक्षका नेताहरूले स्थानीय चुनावमा गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । तर, बैठकले आवश्यकता र औचित्यको आधारमा सत्ता साझेदार दलहरूभित्र चुनावी तालमेल गर्न सक्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका नेता तथा पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरे पार्टीले स्थानीय आवश्यकता र परिस्थितिको आधारमा तालमेल गर्न सक्ने निर्णय गरेको तर, गठबन्धनमा सबै ठाउँमा तालमेल गर्न सहमति भएकाले पार्टी निर्णयसँग गठबन्धनको निर्णय नमिलेको बताउँछन् । पार्टीले गरेको निर्णयविपरीत गठबन्धनमा सबै ठाउँमा तालमेल गर्न बाध्य हुने गरी सहमति गरिनु पार्टी निर्णयविपरीत भएको उनले बताए ।
नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य गठबन्धनमा भएको सीट बाँडफाँडको सहमति कांग्रेसका लागि त्यति हानिकारक नभएको बताउँछन् । तर, प्रक्रियामा भने प्रश्न उठ्ने उनको भनाइ छ ।
‘नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई चुनावी गठबन्धन गर्ने, तालमेलको मोडालिटी बनाउने आदि अधिकार नै दिएको छैन । पार्टीले यस्तो निर्णय पनि गरेको छैन’, आचार्यले भने ।
गठबन्धनको मोडालिटीले कांग्रेसलाई प्राविधिकरूपमा फाइदा पुगे पनि पार्टी निर्माणमा भने असहयोग हुने आचार्य बताउँछन् ।
‘गठबन्धन गर्दा करीब साढे २ सय स्थानमा कांग्रेसको उम्मेदवार खाली हुने भयो । राष्ट्रिय स्वरूप र चरित्रको पार्टीका लागि यो राम्रो होइन’, आचार्यले भने ।
यसो हुँदा पार्टी निर्माणमा स्थानीय सहयोगको आधार कमजोर हुने र त्यसले अनन्तकालसम्म पार्टी निर्माणमा असर गर्ने उनी बताउँछन् ।
‘एउटा कम्युनिस्ट पार्टीसँगको डरले कांग्रेसले अरू दुईवटा कम्युनिस्ट पार्टीलाई जीवनदान दिइरहेको छ । आफ्नो पार्टी बिगारेर दुईवटा कम्युनिस्ट पार्टी बलियो बनाउन कांग्रेस लागेको छ । यस्तो कामले कांग्रेसको राष्ट्रिय पार्टीको स्वरूप खुम्चिन्छ’, आचार्यले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा भने अहिले बनेको गठबन्धनको तालमेलको स्वरूपअनुसार स्थानीय तहको चुनावमा ४ सयभन्दा बढी स्थानमा जीत निकाल्ने आधार तयार भएको दावी गर्छन् ।
‘चुनावमा गठबन्धन गर्न हुँदैन भन्ने साथीहरूले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नोट अफ डिसेन्ट लेख्न सकेनन् । उनीहरूले अहिले गठबन्धनको विरोध गर्नुको औचित्य छैन । तर, केही ठाउँमा अहिले पनि कांग्रेसलाई एक्लै चुनाव लड्न कसैले रोकेको छैन’, खतिवडाले भने, ‘अहिलेको अवस्थामा कांग्रेसले ५ सयभन्दा बढी स्थानमा उम्मेदवारी पाउँछ । त्यसमध्ये ४ सयभन्दा बढी स्थानमा जीत सुनिश्चित हुन्छ ।’
शनिवार (जुन २५) मा रुसी सैनिक तथा डोनबास क्षेत्रका दुई जनगणतन्त्रका मिलिसियाले सेभेरोडोनेत्स्क शहर नियन्त्रणमा लिएका छन् । उक्त क्षेत्रबाट पछि हट्नका लागि युक्रेन सरकारले आफ्ना सैनिकहरूलाई शुक्रवार नै आदे...
जर्मनीको श्लोस एल्माउमा आइतवारदेखि शुरू भएको विश्वका शक्तिशाली मुलुक जी७को बैठकले रुसविरुद्ध एकजुट हुने तथा चीनको प्रभाव घटाउन पूर्वाधार विकास योजना अघि बढाउने संकल्प लिएका छन् । जी७ क्यानडा, फ्रान्स, ...
स्पेनको राधजानी मड्रिडमा मंगलवार (२८ जुन) बाट पश्चिमी सैन्य गठबन्धन नेटोको शिखर सम्मेलन शुरू भएको छ । बिहीवारसम्म चल्ने यस सम्मेलनमा नयाँ रणनीतिक अवधारणाका विषयमा चर्चा गरिने नेटोको वेबसाइटमा उल्लेख ...
केही साता अघिसम्म पार्टीभित्रै अल्पमतमा परेका जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव फेरि पार्टीमा पकड जमाउन सफल भएका छन् । संसदीय दल र केन्द्रीय समिति दुवैतिर बहुमत जुटाएर पार्...
गत फेब्रुअरी २४ बाट शुरू भएको रुस–युक्रेन द्वन्द्व दुवै पक्षको थोत्रो हतियार तह लगाउने माध्यम बनेको छ । युद्धमा युक्रेनले सोभियतकालीन पुराना हतियारहरू पूर्ण रूपमा उपयोग गरिसकेकाले ऊ अब आफ्ना पश्च...
कानुन मन्त्रीबाट राजीनामा गर्ने क्रममा २०७५ साउन ८ गते शेरबहादुर तामाङ रुँदै रुँदै सिंहदरबारबाट बाहिरिएको दृश्य अझैपनि धेरैले बिर्सन सकेका छैनन् । बंगलादेशमा अध्ययनरत छात्राको सम्बन्धमा दिएको एउटा अभिव्यक्तिका ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...