भदौ २, २०७९
एक व्यक्तिलाई अपहरण गरेर ७ लाख फिरौती माग्ने ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट दैलेख जाँदै गरेका केशवकुमार विकलाई फेसबुकमा चिजान भएकी निर्मला भन्ने महिलाले बुटवलमा झर्न भनेर अपहरण गरेको अभ...
बुटवल | बैशाख ४, २०७९
रूपन्देहीको तिलोत्तमा विगत चार दिनदेखि अशान्त छ । नयाँ वर्षकै दिन तिलोत्तमा–२ जानकीनगरकी २९ वर्षीया अमृता खत्री टण्डनको रहस्यमयी ढंगले मुत्यु भएपछि माइती पक्ष उनको आत्महत्या नभई हत्या गरिएको भन्दै आन्दोलनमा छ ।
विष सेवनबाट सिकिस्त बिरामी अमृताको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको बताए ।
आफन्त र माइती पक्षले ‘अमृतालाई न्याय दे, विष सेवन होइन हत्या हो’ भन्दै दैनिकजसो बुटवल र तिलोत्तमामा प्रदर्शन गरिरहेका छन् । डीएसपी पौडेलले लोकान्तरसँग भने, ‘भिक्टिम’हरूले प्रहरीलाई बुझ्न सक्नुभएन । गम्भीर रूपमा अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने राज्यको दायित्व हो । त्यहीँ अनुसार प्रहरी लागेको छ ।’
यस्तो थियो दाइसँग अमृतको अन्तिम कुराकानी
‘दाइ म मर्न चाहन्नँ, मलाई यहाँ (घर) बाट निकाल्नुस्,’ दाजु पुष्पक खत्रीलाई गएको बुधबार राति साढे ९ बजे फेसबूक म्यासेन्जरमा अमृता खत्रीले म्यासेज गरेकी थिइन् । त्यसको आधा घण्टामा अमृताको मृत्यु भएको खबर माइतीलाई आयो ।
२०७८ सालको अन्तिम दिन अर्थात् चैत ३० गते अमृता राति साढे ८ बजेसम्म माइती घरमै थिइन् । तीन पटकसम्म श्रीमान प्रेम टण्डनले फोन गरेको र घर नआए छोरालाई जे पनि हुन सक्ने धम्की दिएपछि हतारहतार घर पुगेकी थिइन् ।
माइतीबाट घर गएको करीब ४० मिनेटपछि राति ९ः१४ मा अमृताले म्यासेजमा लेखेकी थिइन्, ‘माइतीले भन्छन् घर जा, घरकाले भन्छन्, तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो घर न घाटको ? अब त्यो चेली कहाँ जाने ?’ दाजु पुष्पकले उपलब्ध गराएको म्यासेजको स्क्रिन शर्टमा अमृताले लेखेकी छन्, ‘दाइ म मर्न चाहन्नँ । म यहाँ बस्न नि सक्दिनँ, दाइ हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नुहोस्, म निस्किन्छु ।’
दाइले प्रतिउत्तरमा ‘भोलि भाञ्जा लिएर आइज, कुरा गरौंला’ भनेका थिए । दाजुबहिनीबीचको यो सम्वाद अन्तिम बन्यो । पुष्पकले बहिनीलाई तत्काल फोन गरे, तर फोन स्वीच अफ थियो । उता अमृताले विष सेवन गरेको भन्दै श्रीमान् प्रेम टण्डनले लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए ।
इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पुर्याइएको थियो । अस्पतालले ९ः ५० मा अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको थियो । अमृताले केही महिनादेखि तिलोत्तमा नयाँ मिलस्थित फर्निचर उद्योगमा लेखापालको काम गर्दै आएकी थिइन् ।
माइती पक्षले अमृताले विष सेवन गर्ने कुनै आधार नभएको भन्दै योजनाबद्ध हत्या गर्न विष सेवन गराएको दाबी गर्दै आएको छ ।
गएको भदौमा अमृताले घर–परिवारले सामान्य विषयमा पनि मानसिक र शारीरिक यातना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएकी थिइन् ।
निवेदनपछि घरमै बस्ने वातावरण मिलाउने सहमति घरकै सदस्यहरूले गरेका थिए ।
आमा भन्छिन्, ‘आत्महत्या हुँदै होइन, हत्या हो’
‘छोरीले मर्ने कुरा कहिल्यै गरिन, बरू छुट्टिएर एक्लै बस्छु भन्थी’, आमा सावित्राले भनिन्, ‘यो आत्महत्या हुँदै होइन ।’ मृतकको माइती पक्षले प्रहरीले शुरूदेखि नै अनुसन्धान फितलो बनाउन खोजेको भन्दै डीएसपी केसीको भूमिकाप्रति आशंका व्यक्त गरेका छन् ।
‘अनुसन्धान र डीएसपीको भूमिकाप्रति हामीलाई चित्त बुझेको छैन, शंका लागेको छ’, मृतकका दाजु पुष्पकले भने, ‘सीआईबी टोलीबाट उच्चस्तरीय छानबिन हुनुपर्छ ।’
माइतीमा रहेकी अमृतालाई पटकपटक फोन गरेर बोलाउनु, विष सेवन गरेको भने पनि शुरूमा माइती र छिमेकीलाई खबर नगरी सिधै अस्पताल पुर्याउनु र मृत्यु भएपछि मात्र माइतीलाई जानकारी दिनुले योजनाबद्ध हत्या भएको माइती पक्षको दाबी छ ।
९ वर्षअघि प्रेम विवाह गरेकी अमृतालाई श्रीमानसँगै सासूससुरा समेतले शुरूदेखि नै हेलाँ गर्ने र यातना दिने गरेको मृतकका दाजु पुष्पक बताउँछन् । विवाह भएको एक वर्षपछि प्रेम र अमृताका छोरा जन्मिएका थिए ।
मृत्यु हुनु अघिल्लो दिन पनि श्रीमान् प्रेमले अमृतालाई हातपात गरेको र भारत जान दबाब दिँदा अमृताले अस्वीकार गरेको माइती पक्षको भनाइ छ ।
अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । शवको आइतवार पोष्टमार्टम हुने प्रहरीले जनाएको छ । पोष्टमार्टमका लागि शवलाई काठमाडौं लैजान माइती पक्षको माग छ ।
कहाँबाट आयो त्यो प्रतिबन्धित विषादी ‘डीडी फैक्स’ ?
उनको मृत्यु किटनाशक विषादी ‘डीडी फैक्स’को प्रयोगबाट भएको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
भारतमा मात्र पाइने र नेपालमा खुल्ला रूपमा बिक्री गर्न नपाइने यो विषादी अमृतासम्म कसरी आइपुग्यो भन्नेमा माइती पक्षले प्रश्न उठाएको छ ।
त्यो विषादी घरमा घरपरिवारले ल्याए कि अमृताले कहाँबाट ल्याइन् भन्ने अनुसन्धानको छुट्टै पाटो रहेको डीएसपी पौडेलले बताए ।
राति घर फर्किएकी अमृता आफैँले विष ल्याएर सेवन गर्ने अवस्था नभएकाले घरपरिवारले नै सुनियोजित रूपमा विष सेवन गराएको हुन सक्ने माइती पक्षको दाबी छ ।
माइतीको किटानी जाहेरीपछि प्रहरीले श्रीमान् प्रेम, ससुरा टहलसिंह टण्डन र सासू दीपा टण्डनलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।
अमृताका श्रीमान प्रेमलाई बुधवार राति र सासूससुरालाई बिहीवार नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।
अमृताका ८ वर्षे छोरा छन् । भारतमा मजदुरी गर्ने प्रेम ५ वर्षयता तिलोत्तमामा बस्न थालेका थिए ।
गएको भदौमा तिलोत्तमाकै सीता भण्डारीको पनि रहस्यमयी ढंगले मृत्यु भएको थियो । उक्त प्रकरण पनि अहिलेसम्म सुल्झिन सकेको छैन ।
एक व्यक्तिलाई अपहरण गरेर ७ लाख फिरौती माग्ने ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट दैलेख जाँदै गरेका केशवकुमार विकलाई फेसबुकमा चिजान भएकी निर्मला भन्ने महिलाले बुटवलमा झर्न भनेर अपहरण गरेको अभ...
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सो बाहिनी मातहतका इकाइहरूको निरीक्षण गरेका छन् । उनले बुधवार बाहिनी र सो मातहतका इकाइहरूको निरीक्षण गर...
बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी सपना थापाकी छ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोरमा राखेर सुन तस्करी हुने गरेको खुलेको छ । विमानस्थलमा जम्मा भएका फोहोरमा राखेर सुन लगायतका सामानहरूको तस्करी हुने गरेको विमास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्...
६९ लाख रुपैयाँ हुण्डी कारोबारको पैसासहित ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार बेलुका साढे ४ बजे काठमाडौंको घण्टाघरबाट ३ जनालाई पक्राउ गरेर आज (बिहीवार) सार्वजनिक गरेको हो ।&nbs...
भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीवार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पंकज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्यो । जिल्ला ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...