असार १४, २०७९
केही साता अघिसम्म पार्टीभित्रै अल्पमतमा परेका जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव फेरि पार्टीमा पकड जमाउन सफल भएका छन् । संसदीय दल र केन्द्रीय समिति दुवैतिर बहुमत जुटाएर पार्...
काठमाडाैं | बैशाख ६, २०७९
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिन सहमत भएपछि पोखरामा कांग्रेसभित्र विद्रोह भयो ।
कांग्रेस कास्की समितिका सचिवद्वयले सभापतिलाई जानकारी नै नदिई विज्ञप्ति प्रकाशन गरेर गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको घोषणा गरेका थिए ।
विज्ञप्ति प्रकाशन भएर सञ्चारमाध्यम भाइरल भइरहँदा कांग्रेसका कास्की जिल्ला सभापति भने होटल दीपसागरमा गठबन्धन दलभित्र तालमेलको बारेमा छलफल गरिरहेका थिए ।
बलियो जनमत नै नभएको पार्टीलाई मेयर दिँदा चुनाव जित्ने अवस्था नहुने कांग्रेसका नेताहरूले बताउने गरेका छन् । पोखरामा कांग्रेसले मेयरमा दाबी गर्दै आएको थियो ।
कांग्रेस जिल्ला कार्यसमितिका सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले हस्ताक्षर गरेर सोमवार विज्ञप्ति प्रकाशन गरी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग गठबन्धन तोडिएको घोषणा गरेका हुन् ।
उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वैशाख ३० गते हुने स्थानीय निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनका दलहरूसँग पटक–पटक लामो छलफल र बहसका साथै तालमेल गरेर जाने सन्दर्भमा भरपूर प्रयत्न गरियो । जिल्ला संयन्त्रबाट तालमेल गर्ने सम्बन्धमा कास्कीमा व्यापक छलफल हुँदा पनि एकीकृत समाजवादीको अस्वाभाविक दाबीका कारण निष्कर्ष निस्कन सकेन ।’
पोखरा महानगरमा एकीकृत समाजवादीले मेयरको दाबी नछाडेपछि कास्कीमा कांग्रेसभित्रै समस्या सिर्जना भएको छ । कास्की कांग्रेसको जिल्ला नेतृत्व केन्द्रीय निर्देशनको चेपुवामा छ भने कार्यसमितका नेताहरू केन्द्रीय निर्देशनको विपक्षमा छन् ।
कास्कीमा मात्रै होइन, पाँच राजनीतिक दलको केन्द्रीय गठबन्धनमा र देशव्यापीरूपमा गठबन्धनभित्र एकीकृत समाजवादीले अस्वाभाविक दाबी गरेको चर्चा भइरहेको छ ।
एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा देशभर एमालेले जितेको स्थानीय तहमध्ये ५० प्रतिशत स्थानमा नेतृत्वको दाबी गरेको छ । अघिल्लो चुनावमा एमालेले २९४ स्थानीय तहमा जीत निकालेको थियो ।
एमालेबाट आधा शक्ति लिएर पार्टी विभाजन गरेको एकीकृत समाजवादीको दाबी छ । तर, एमालेको टिकटमा चुनाव जितेका जनप्रतिनिधिमध्ये १ हजार ५०१ जना जनप्रतिनिधिले मात्रै त्यसबेला एकीकृत समाजवादीको पक्षमा शनाखत गरेका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त सार्वजनिकरूपमा एकीकृत समाजवादीले आफ्नो संगठनको हैसियतभन्दा धेरै ठाउँमा सीट दाबी गरेको बताएका थिए ।
गठबन्धनभित्र एकीकृत समाजवादीले गरिरहेको दाबीसँग असन्तुष्ट रहेका प्रचण्डले गत वैशाख २ मा माधव नेपालले आफूलाई एमालेकै अध्यक्ष सम्झिएर दाबी गरेको टिप्पणी गरेका थिए ।
प्रचण्डले भनेका थिए, ‘माधवजीले अलिक बढी मागिहाल्नुहुन्छ । उहाँ नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्षभन्दा पनि एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ ।’
एकीकृत समाजवादीको दाबीका कारण गठबन्धनमा तालमेलको निर्णय गर्न कठिन भएको अरू दलका नेताहरू बताउँछन् ।
एकीकृत समाजवादीले पोखरा महानगरपालिका जसरी पनि पाउनुपर्ने दाबी गरेका छन् । उक्त पार्टीका नेताहरूले कास्कीमा एकीकृत समाजवादीका मात्रै ८ हजारभन्दा बढी नेता कार्यकर्ता रहेको दाबी गरेका छन् । जनवर्गीय संगठनका सदस्यहरू जोड्दा करीब १२ हजार संख्यामा कार्यकर्ता रहेको एकीकृत समाजवादीको दाबी छ ।
तर, कांग्रेसका नेताहरू भने कास्कीमा कार्यकर्ता नै नभएको पार्टीलाई पोखराको मेयरको उम्मेदवार बनाउन नसकिने बताउँछन् । कार्यकर्ता नै नभएको पार्टीको नेतालाई उम्मेदवार बनाउँदा हार्ने निश्चित भएकाले कांग्रेसले प्रमुख लिएर एकीकृत समाजवादीलाई उपप्रमुख दिनुपर्ने कास्की कांग्रेसको अडान छ ।
गठबन्धनमा रहेका दलहरूले नै एकीकृत समाजवादीको दाबी अस्वभाविक भन्न थालेपछि अध्यक्ष माधव नेपालले गठबन्धनका नेताहरूलाई जवाफ फर्काएका थिए ।
प्रचण्डले माधव नेपालको दाबी अस्वाभाविक भन्ने टिप्पणी गरेको भोलिपल्ट वैशाख ३ मा माधव नेपालले आफ्नो पार्टीलाई कम नआँक्न चुनौती दिएका थिए ।
नेपालले भनेका थिए, ‘हामीले भन्ने गरेका छौँ, आफ्नो शक्तिको अति मूल्यांकन गर्ने काम नगर्नुस् । र, हाम्रो शक्तिको अवमूल्यन गर्ने काम पनि नगर्नुस् । हाम्रो शक्ति निर्णायक शक्तिको रूपमा रहने गरेको छ ।’
नेपालले भनेका थिए, ‘केपी ओली समूहलाई सत्ताको उचाइबाट भुइँमा पछार्न निर्णायक भूमिका खेलेका हौं, चेतना भया ।’
त्यतिमात्रै होइन, एकीकृत समाजवादीले विद्रोहको शक्ति बुझ्न पनि गठबन्धनका नेताहरुलाई सम्झाउने गरेको छ । एकीकृत समाजवादीका नेताहरू भन्छन्, ‘विद्रोही पार्टीको शक्तिलाई कम आँक्नु हुँदैन । सशस्त्र द्वन्द्वबाट आएको माओवादीलाई ८२ सिट दिएर संसद्मा लगिएको हो । त्यो बेला विद्रोहीको शक्तिलाई मान्यता दिइएको हो । गठबन्धनमा पनि हामीले त्यही चाहिरहेका छौं ।’
अहिले गठबन्धनमा चर्को बार्गेनिङ गरेर धेरै सिटमा उम्मेदवारी दिन पाए कार्यकर्तालाई इन्गेज गर्न सकिने र पार्टीको आकार पनि बढाउन सकिने बुझाइ एकीकृत समाजवादीका नेताहरूमा पाइन्छ । चुनावमा टिकट नपाउने अवस्था आएमा नेता कार्यकर्ताहरू एमालेमा फर्कन सक्ने डरमा नेकपा एसका नेताहरू छन् ।
पोखरा महानगरपालिकामा मेयरको टिकट दाबी गरिरहेका जिल्ला अध्यक्ष धनराज आचार्यलाई एमालेमा फर्किए मेयरको टिकट दिने प्रस्ताव आएको चर्चा कास्कीको राजनीतिक वृत्तमा छ । तर, आचार्यले एमालेबाट प्रस्ताव आएको भन्ने कुरालाई अस्वीकार गरेका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय नेताहरूलाई भने उनले मेयरको उम्मेदवार बन्न नपाए एमाले फर्किने चेतावनी दिएकै कारण एकीकृत समाजवादीले गठबन्धनमा पोखरा महानगरपालिकाका लागि मरिहत्ते गरेको नेताहरूले बताएका छन् ।
एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकामा मेयरको उम्मेदवारी दाबी गरेको छ ।
त्यसबाहेक, घोराही, जनकपुर र नेपालगञ्ज उपमहानगरपालिकामा उपमेयर पाउनुपर्ने दाबी एकीकृत समाजवादीको छ ।
एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल पार्टी देशभरको सबै वडामा विस्तार भइसकेकाले चुनावमा पनि उपस्थिति जनाउन चाहेको बताउँछन् ।
‘हामीले ७७ जिल्लाको ६ हजार ७४३ वडामा संगठन पुर्याएका छौं। निर्वाचन पालिका तहमा मात्रै होइन, वडामा पनि हुन्छ । देशभर हाम्रो उपस्थित छ र चुनावमा पनि उपस्थिति जनाउन चाहन्छौं’, भुसालले भने ।
केही साता अघिसम्म पार्टीभित्रै अल्पमतमा परेका जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव फेरि पार्टीमा पकड जमाउन सफल भएका छन् । संसदीय दल र केन्द्रीय समिति दुवैतिर बहुमत जुटाएर पार्...
भारत सरकारले नौ दिनअघि (१४ जुनमा) घोषणा गरेको अग्निपथ योजना विवादमा परेको छ । यस योजनाको विरोधमा हिंस्रक प्रदर्शनहरू भइरहेको भए पनि सरकारले यसलाई कुनै हालतमा फिर्ता नलिने भनिरहेको छ । विरोधलाई ...
कांग्रेसको १४ औं महाधिवेशन सकिएलगत्तै गत पुस ९ मैले महामन्त्री निर्वाचित गगन थापासँग अन्तवार्ता लिने अवसर पाएको थिएँ । महामन्त्री निर्वाचित भइसकेपछि अब उनको ध्यान देशको कार्यकारी कि पार्टीको सभापति हुनेछ ? ...
गत फेब्रुअरी २४ बाट शुरू भएको रुस–युक्रेन द्वन्द्व दुवै पक्षको थोत्रो हतियार तह लगाउने माध्यम बनेको छ । युद्धमा युक्रेनले सोभियतकालीन पुराना हतियारहरू पूर्ण रूपमा उपयोग गरिसकेकाले ऊ अब आफ्ना पश्च...
लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अर्थतन्त्र धराशायी भइसकेको त्यहाँका प्रधानमन्त्री रनिल विक्रमसिंघेले स्वीकार गरेका छन् । बुधवार (२२ जुनमा) त्यहाँको संसदमा बोल्दै विक्रमसिंघेले खाद्यान्...
स्पेनको राधजानी मड्रिडमा मंगलवार (२८ जुन) बाट पश्चिमी सैन्य गठबन्धन नेटोको शिखर सम्मेलन शुरू भएको छ । बिहीवारसम्म चल्ने यस सम्मेलनमा नयाँ रणनीतिक अवधारणाका विषयमा चर्चा गरिने नेटोको वेबसाइटमा उल्लेख ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...