असार ३२, २०७९
खुर्सानी भन्नासाथ सबैको मुखमा पानी ओइरिन थाल्छ । हुन पनि चिज नै त्यस्तो ! खुर्सानी विनाको कुनै पनि परिकार बेस्वादे लाग्छ । अझ नेपालीका लागि त खुर्सानी विना सोच्न पनि गाह्रो हुन्छ । डल्ले खुर्सानी, जिरे खुर्सान...
दुर्गाप्रसाद खरेल
बालकहरू व्यवहारिक हुँदैनन् । नानाथरी कल्पनामा रमाउने बालक परीका कथा मन पराउँछ, राक्षसले पहाड उखेलेर उठाएको अमूर्त कथा सुनेर रोमाञ्चित हुन्छ । अरूको आश्वासनमा विश्वास गर्छ र आफूले पनि अरुलाई आश्वासन दिन्छ । ऊ एउटा खेलौनालाई साँच्चिकैको मान्छ । ऊ झिनोमसिनो माग पूरा नभए सँगै खेलेको साथीलाई आरोप लगाएर कुटाउँछ र भोलि आफू पनि आरोप खेपेर कुटाइ खाने पृष्ठभूमि तयार गर्छ । कृत्रिम मित्र पनि बनाउँछ र शत्रु पनि । घरिघरि तिनै मित्र शत्रु बन्छन् अनि घरि शत्रु घनिष्ट मित्र, यो शत्रु र मित्र फेर्ने आधारमा निजी बालकको स्वार्थले काम गर्दछ । कुनै बेला बालकहरू घर सल्काएर आगो पनि ताप्छन् । यस्ता व्यवहारलाई बालबुद्धि भनिन्छ । पालेका प्राणीहरूको पनि ख्याल हुँदैन उनीहरूलाई, दाना पानी दिने हेक्का रहँदैन ।
नेपालमा पनि यस्तै बालकहरूको बिगबिगी छ । यी वृद्ध बालकहरू अप्राकृतिक मित्र पनि बनाँउछन् र कृत्रिम शत्रु पनि । घरि तिनै मित्र शत्रु मानिन्छन्, घरि शत्रु घनिष्ट मित्र । राजनीतिक स्वार्थले निहुराएपछि देश कुन संकटमा फसेको छ भन्ने पत्तै हुँदैन । एउटालाई उचालेर क्षणिक दलगत वा व्यक्तिगत स्वार्थपूर्ति गर्न, अर्कोलाई प्रयोग गर्नु चाहे त्यो हिजोको सिद्धान्तविरोधी राजनीतिक शत्रु नै किन नहोस्, त्यो छिटै मित्रताको कसिलो बन्धनमा बाँधिन्छ ।
धरातलीय यथार्थ शब्दको धेरै प्रयोग गरेका नेपालका दलहरू पटक्कै धरातलीय भएनन् । बालबुद्धियुक्त उनीहरू जनताका महत्त्वपूर्ण आवश्यकतालाई बेवास्ता गरिदिन्छन् । आफ्नो तुच्छ आवश्यकता पूरा गर्न राज्य, पद्धति र राष्ट्रिय ढुकुटीमाथि आक्रमण गर्छन् । नागरिकलाई चुनावका बेला मात्र दानापानी खुवाउँछन्, अघिपछि दानापानीको ग्यारेन्टी गर्दैनन् । उनीहरू मनपरेका छिमेकीले आफ्नो साँध मिचेको वास्ता गर्दैनन् । कुनै बेला आफ्नो घर सल्काएर आगो पनि ताप्छन् । सेवा होइन भ्रष्टाचार गर्नलाई यिनीहरू धेरै रुपैयाँ खर्च गरेर चुनाव लड्छन् ।
आखिरमा उनीहरूको धरातल के हो त ? उनीहरू नागरिकलाई सक्षम बनाउन, देशको मुहार फेर्न कति मात्रामा धरातलीय यथार्थलाई प्रयोग गरिरहेका छन् त ? यथार्थको जगमा खडा भएको विश्वासिलो र भरपर्दो नीतिगत एजेन्डा र कार्यान्वयनको आवश्यकता कहिले देख्ने ? यहाँका जनता, यहाँको शैक्षिक समस्या, आर्थिक समस्या र बढ्दो सामाजिक समस्या र विकृतिहरूले एकपछि अर्को गर्दै उब्जाउँदै गएको समस्याहरूको चाङ त्यतिकै छ । यस्ता मुद्दाहरूलाई असरल्ल छोडेर यी नेताहरू बालक फुल्याउने कोटिका स्वैरकल्पना बाँड्दै हिँडेका छन् ।
यद्यपि सपना देख्नु वा देखाउनु आफैँमा नराम्रो कुरा होइन । तत्कालीन अमेरिकी समाजमा जागरण तथा रूपान्तरण ल्याउने ऐतिहासिक तथा उदाहरणीय अश्वेत नेता मार्टिन लुथर किङले राजनीतिक सपनाको महत्त्व व्याख्या गरेका छन् । ‘आई ह्याभ अ ड्रिम’ उनको भाषण शुरू गर्ने वाक्यांश थियो । अश्वेतहरूले एकदिन समानता तथा न्याय प्राप्त गर्छन् भन्ने आशा उनले गरेका थिए ।
सपना पनि पूरा हुने र नहुने खालका हुन्छन् । घरको छानो चुहिने समस्या छ भने यसपल्ट म आधुनिक चुलो किनेर ल्याइदिन्छु भन्नु अनुचित ठहर्छ । त्यो पनि उचित ठहर्न सक्छ यदि त्यो आवश्यकता हो भने । तर नौलो चुलोको कल्पनामा परिवारलाई भुल्याउन पक्कै पनि सही होइन । यसपालि नयाँ घर बनाउने, नसके छानो टाल्ने भन्नु चाहिँ व्यावहारिक हुन्छ । त्यो अचम्मको नयाँ चुलो कस्तो होला, त्यसमा भात पकाउँदा कस्तो होला भनेर स्वैरकल्पनामा फस्ने पत्नीझैँ रमाउने हामीलाई एकपल्ट होइन, कैयौँपटक मूर्ख बनाइसके यिनले । सपना पनि यथार्थको धरातलमा आधारित सही कल्पना हुनुपर्छ र त्यो पूरा गर्नलाई आफूलाई प्राप्त हुने सहयोग, विद्यमान सुविधा र अवरोधहरू, त्यसमा देखिने सम्भावित समस्याहरूको आकलन गरेर देखेको सपना मात्र पूरा हुन सक्दछ । पढ्नबाट वञ्चितलाई पढ्न दिन्छु भनेनन्, भाग्य बदल्छु भन्नेलाई अवस्था फेर्न सघाउने एजेन्डा ल्याएनन्, भविष्य राम्रो बनाउन खोज्नेलाई भविष्य बनाउने प्रणालीको विकास गरेनन्, जोखिममा रहेकालाई ‘केही हुनुभन्दा अघि’ नै जोखिमबाट निकाल्ने तत्परता देखाएनन्, फगत आधारहीन सिङ्गापुरे सपना बाँडिरहे । एक पटक होइन, पटकपटक संसदीय राजनीतिमा सपना देखाउने नेताहरूले राज्य सम्हाले तर प्राकृतिक रुपमा हुने ढिलो विकास बाहेक उनीहरूको प्रयासले हुने तीव्र विकास यहाँ भएन । एउटा सपना मूर्त भएदिए त्यसले अर्को सफल पाइला सार्न मद्दत गर्छ । सपना नै हावादारी भइदिए त्यसले समय बिताउँछ, मानिसलाई झुटो आशामा राख्छ र राष्ट्रिय पूँजीको दुरुपयोग गर्छ । गफ राजनीति फस्टाउने प्रणालीको विकास जो भएको छ ।
धरातलीय यथार्थको जगमा उभिएको एजेन्डा नल्याएकै कारण आज नेपाली नागरिकले यिनको विश्वास गर्न छोडिसकेका छन् । देशले पनि महँगो मूल्य चुकाउनु परिरहेको छ । किनभने आशा गर्दा गर्दै, होला भन्दा भन्दै एउटा पुरै पुस्तासम्म कुर्ने धेर्यवान् नेपाली नागरिकलाई यिनले हताशा मात्र दिएका छन् । नेपाली जनताले यिनको विश्वास गर्न छोडिसकेका छन् । किनभने यिनले नेपाली नागरिकको हैसियत मागिखाने अवस्थामा पुगिसकेको छ । अझै पनि पूरा नहुने हचुवाका सपना बाँड्न अझै छोडेका छैनन् । यहाँको धरातलीय आवश्यकता नदेख्नु, कमी कमजोरीको पहिचान नगर्नु र समाधान गर्ने विश्वासिलो दृष्टिकोण वा आधार प्रस्तुत नगर्नु नेपाली नेताहरूको बेइमानीका रूपमा बुझौँ कि असक्षमताका रूपमा ? वर्तमान नेपाली जनतामा देखिएको नैराश्यताको कारण पनि यही हो । यसरी यिनले नेपाली जनताको चेतनाको मात्र नभई नेपाली सम्पदा, नेपाली स्वाभिमान, राष्ट्रिय सुरक्षा र धैर्यवान् नेपालीको उपहास गरिरहेका छन् ।
एकजना नेताले अहिलेसम्मको आफ्नो पार्टीको गलती र नीतिको कमी विश्लेषण गर्नुको सट्टा जब अर्को नेताको स्थितिमाथि धावा बोल्छ र मानहानि गरेर मात्र आफू जितिन्छ भन्ने निकृष्ट सोचका साथ कम्मर कसेर लाग्छ तब यिनको बालबुद्धि छर्लङ्ग हुन्छ । जसरी पूर्व सरकारले संविधानमा प्रावधान नभए पनि संसदलाई दुईपल्ट विघटन गरे त्यो कसैबाट छुपेको छैन । जसरी अरुको कमी कमजोरीमा आफू खेलेर जित्ने कुनियत राखियो त्यसरी नै झन अर्को ‘भुरो’ पनि जुर्मराएर आफ्नो कमीमाथि खेल्दै आफूलाई खुइल्याउन सक्छ, भएभरको शक्ति बटुलेर आउन सक्छ भन्ने कुरा पनि हेक्का नराख्ने यिनीहरू कति सम्म परिपक्व(?) भन्ने छर्लङ्ग हुन्छ । अनि प्रतिगामी प्रवृत्ति र नेतालाई धुलो चटाउने नाममा अग्रगामीहरूले गठनबन्धनका नाममा प्रकृति मेल नखानेसँग साँठगाँठ गरेर यिनीहरू हास्यास्पद चरित्र प्रदर्शन गरिरहेका छन् । यिनको बालसुलभ बुद्धिबाट न्यूनतम मानवीय चेतना, संवेदना, न्यूनतम लोकतान्त्रिक मर्यादा, गणतान्त्रिक मूल्य, संसदीय मर्यादा, मूल्य र मापदण्ड आदिको आशा नराखे पनि हुने भयो । अनि यिनले लडेर, रगतको मूल्यमा ल्याएको प्रणाली र परिवर्तनको रक्षा गर्लान् भन्ने कसरी सोच्नु ! त्यसको फल यिनले धेरैपटक भोगिसके पनि चेतेका छैनन् । जनता चाहिँ अभिभावक जस्तो परिपक्व अनि राष्ट्रिय अभिभावक चाहिँ बच्चा जस्तो !
वर्तमान स्थितिमा आफू अरु दलभन्दा माथि हुने जालझेल गर्दा गर्दै आफैँले सिर्जना गरेको परिस्थितिसँग जेलिँदै र फस्दै कसरी जाँदैछन् भन्ने कुरा हालैको राजनीतिक घटना परिघटनाहरूले छर्लङ्ग पारिसकेको छ । आफूलाई संसदीय लोकतन्त्रको मसिहा भन्दै निर्लज्ज संसदीय अभ्यास गर्दै व्यवस्थालाई असफल पार्ने खेल खेल्ने यस्ता नेता र पार्टी अझै राजनीतिको मुख्य भूमिका रहनु आश्चर्यलाग्दो छ । विपक्षीको आड मार्न आफँलेै लेखेको संविधान आफैँ कुल्चने राणाकालीन चरित्र भएका नेता नेपाली जनतालाई किन चाहियो र ? आफु २४ क्यारेटको कम्युनिष्ट भएको दाबी गर्नेहरू वर्गशत्रु, यथास्थितिवादी र पुरानो सत्तासँग साँठगाँठ गरेर उसको स्वार्थमा आफ्नो रणनीति धरापमा किन पार्छन् ? किन अर्को पार्टीका कार्यकर्तालाई आफ्नो चुनाव चिन्हमा भोट हाल्न बिन्ती गर्छन् ? भिजन छ र जनतालाई उचित तरिकाले विकास र प्रगतिबाट सन्तुष्टि दिएको आत्मविश्वास छ भने किन अरु पार्टीसँग भोटको अपिल गर्नु ! एकातिर उसको विज्ञापन गर्नु अनि अर्कातिर त्यो क्षेत्र उसैलाई छोडिदेऊ जस्ता मागहरू कत्ति पनि नसुहाउने लाग्दैनन् ! उदाहरणका रूपमा भरतपुर महानगरपालिका रेणु दाहाललाई छोडिदिने कि नछोड्ने जस्तो विवादै नरहेको विषयमा विवादमा अल्झने यी बालबुद्धि नेताहरूले जनतालाई विकासको सिङ्गापुरे फन्टासी सपना नदेखाएकै राम्रो । कसरी फस्टाएका हुन् यस्ता नेता यस धरामा ?
नेपाली जनताको आर्थिक, सामाजिक सशक्तिकरण, आत्मनिर्भरता र स्वाभिमान किन उनीहरूको प्राथमिकता भित्र पर्दैन ? समय परिवर्तन भयो, नेपाली जनता सचेत भए भनेर भाषण गर्ने नेताहरूले फन्टासी वा काल्पनिक एजेन्डा प्रस्तुत गरेकोबाट के थाहा हुन्छ भने उनीहरूले अझै पनि नेपाली जनताको आवश्यकता र समस्यामाथि ध्यान दिएकै छैनन् ।
जनता नै राज्यको मुख्य अंग हो भन्ने कुरा बुझेका हुन् कि नबुझेका यी पात्रहरू राज्यको कायापलट गर्ने एजेन्डा तयार गर्न अझै आलटाल गरिरहेका छन् । यो के को सङ्केत हो ? आफू सकिने सङ्केत हो कि देश सिध्याउने प्रपञ्च ? नेपाली जनताले यी बालसुलभ नेताहरूलाई आफ्नो हैसियत देखाउनै पर्ने हो ? देशको स्वाभिमान, विकास, बलियो अर्थतन्त्र र नागरिकमा नेपाली हुनुको गर्वबोध गराउन सक्ने नीतिको अभाव वर्तमान नेपाली राजनीतिक वृत्तमा यस्ता प्रश्नहरू पेचिला बनेर उभिरहेका छन् । अझै पनि यी एकले अर्कालाई खुइल्याउनुमा पुरुषार्थ देखेका छन् । मानौ यिनको राजतीतिक अभीष्ट नै विपक्षी अर्थात् परिवर्तनका सहयात्रीलाई खुइल्याउनु हो, आफू आफू भिडेर नेपाल राज्यलाई विदेशीको खेलमैदान बनाउनु हो, नेपाली जनतालाई जतासुकै अपमानित गराउनु हो ।
विगत केही वर्षदेखि राजनीतिको सहज एजेन्डा पैसा बाँड्ने भएको छ । विधवा, पिछडिएको, वृद्ध, वृद्धा तथा राज्यबाट किनाराकृत भएकाहरूलाई मात्र होइन ठाँउ विशेषमा पढ्न उक्साउनका लागि पनि अनुदानको व्यवस्था गरेको पाइन्छ । राज्यले धानोस् वा नधानोस्, यसरी पैसा बाँड्दा राज्यको जम्मा पूँजी र आयस्रोत माथि कस्तो प्रभाव पर्छ भन्ने कुराको हिसाब नै नगरी अनुदान र रकम बाँड्ने परम्परालाई सबै पार्टी गणतान्त्रिक होस् कि राजावादीहरुले मन पराएका छन् । अनि त्यही परम्परालाई भोट जित्ने अचुक उपाय मानिरहेका छन् । पैसा बाँडेर उत्कृष्ट बन्ने होडबाजीमा सपना देखाएका छन् । नयाँ भिजन कुनै दलमा भएको देखिएन । निर्यातमुखी कृषि, व्यापार तथा उद्योगको एजेन्डा कसैसँग छैन, जनजीविकाको क्षेत्रलाई अझ विस्तारित र व्यापक बनाई उत्पादनमुखी र रोजगारमुखी अर्थतन्त्र बनाउने ध्याउन्न कसैलाई छैन । शिक्षा क्षेत्रलाई अर्थपूर्ण र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने र उत्पादनमुखी बनाउने दूरदृष्टि कुनै पार्टीमा अहिलेसम्म पाइएको छैन । तर मा आशा गर्छु, मार्टिन लुथर किङले जस्तै एकदिन सद्बुद्धि आओस्, व्यवहारिक बनुन् यी नेताहरु ।
यिनीसँग मेरो कुनै कृत्रिम शत्रुता वा अप्राकृतिक मित्रता पनि छैन । सच्चिएर साँच्चिकै हामी नागरिकका हितैषी बने भने, हाम्रा आँसु पुछ्न सके भने, देशको प्रकृति नबिगारी विकासको रफ्तारमा दौडाउन सके भने फेरि म प्रशंसाका लेख पनि लेख्छु । इति ।
खुर्सानी भन्नासाथ सबैको मुखमा पानी ओइरिन थाल्छ । हुन पनि चिज नै त्यस्तो ! खुर्सानी विनाको कुनै पनि परिकार बेस्वादे लाग्छ । अझ नेपालीका लागि त खुर्सानी विना सोच्न पनि गाह्रो हुन्छ । डल्ले खुर्सानी, जिरे खुर्सान...
जब हामीले अल्कलाइन डाइटको विषयमा कुरा गर्छाैं भने पीएच लेबलको पूर्ण सम्झना हुन्छ । अल्कलाइन डाइटलाई एसिड अल्कलाइन डाइट या अल्कलाइन एस डाइट भनेर पनि चिनिन्छ । यस डाइटले हाम्रो शरीरमा पीएच लेबल मेन्टेन गर्न मद्दत...
साकार कोइराला नेपालमा हाल ८ वटा विश्वविद्यालयअन्तर्गत १६ वटा कलेज तथा क्याम्पसहरूले कानूनमा स्नातक तह (B.A.LL.B) र काठमाडौं विश्वविद्यालयले (BEc.LL.B and BBM.LL.B) अध्यापन गराउँदै आएका छन् । ...
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
‘विश्व आदिवासी दिवस’ आइरहँदा सधैं झै एउटा कुराको स्मरण आइरहन्छ । विभिन्न जातजातिको भेषभुषामा सजिएर टुँडिखेलको मैदान वा कुनै गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका केही प...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...