×

Nic Asia
Dabur
Prabhu Bank

स्थानीय चुनाव

कांग्रेसले छाडेका ३ महानगर र ४ उपमहानगरको हिसाबकिताब– के एमाले उत्साही हुने ठाउँ छ ?

काठमाडाैं | बैशाख ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सत्ता गठबन्धनबीच चुनावी तालमेलको भागबण्डा हुँदा कांग्रेस एक्लैले ३ महानगर र ७ उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिनेगरी सहमति जुटेको छ । बाँकी ३ महानगर र ४ उपमहानगर गठबन्धन सहयात्री दलहरूले पाएका छन् ।

yONNEX
IME BANK INNEWS

गठबन्धनभित्र नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिका तथा जीतपुर सिमरा र घोराही उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिनेछ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा भाग पाउँदा जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने भएको छ ।

गठबन्धनमा भएको भागबण्डालाई लिएर कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ । अन्य दलको भागमा परेका महानगर तथा उपमहानगरका कांग्रेस नेता/कार्यकर्ताले अरू दललाई भोट खन्याएर जित्नै नसकिने दाबी गरिरहेका छन् ।


Advertisment
Lokantar App
Saurya island

त्यसो त एमालेका नेता/कार्यकर्ता पनि कांग्रेसको भागमा परेका भन्दा माओवादी र एकीकृत समाजवादीको भागमा परेका महानगर तथा उपमहानगरमा सहज जीत निकाल्न सकिने हिसाबकिताबमा देखिन्छन् ।

के कांग्रेस-एमालेले सोचेजस्तै गठबन्धनका अन्य सहयात्री दललाई गठबन्धनको भोट खन्याउँदा पनि चुनाव जित्न मुस्किल छ त ?

Vianet communication

यो प्रश्नको उत्तर खोज्न अघिल्लोपटक भएको स्थानीय तह निर्वाचनको नतिजाले केही हदसम्म सघाउँछ ।

अघिल्लोपटक भएको स्थानीय तह निर्वाचनको नतिजालाई दलगत रूपमा नियालौं :

माओवादीलाई भरतपुरमा कठिन,ठूलो अन्तरघात नभए उपमहानगरमा सहज

गठबन्धन सहयात्री दल नेकपा (माओवादी केन्द्र)को भागमा परेको प्रमुख स्थानीय तह हो, भरतपुर महानगरपालिका ।

कांग्रेसका स्थानीय नेता/कार्यकर्ताको तीव्र असन्तुष्टिका बावजुद भरतपुर यसपटक पनि माओवादीको भागमा परेको छ ।

भरतपुरमा अघिल्लोपटक कांग्रेसको सहयोगमा चुनाव जितेकी मेयर रेनु दाहाल पुन: गठबन्धनको साझा उम्मेदवार बन्दैछिन् ।

अघिल्लोपटक भरतपुरमा माओवादीकी रेनु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रिनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए ।

तिमिल्सिना हाल माओवादीमा रहे पनि राप्रपा चितवनको अधिकांश मत विक्रम पाण्डेको होल्डमा रहेको विश्लेषण स्थानीय स्तरमा हुने गरेको छ ।

त्यतिबेला कांग्रेस-माओवादी गठबन्धन र एमालेबीच जम्मा २०३ मतको अन्तर थियो ।

यसपटक भरतपुरमा अघिल्लो स्थानीय निर्वाचनभन्दा झण्डै ३५ हजार मतदाता थपिएका छन् ।

एमाले विभाजनको असर ग्राउन्डमा खासै देखिएको छैन ।

एकीकृत समाजवादीले एमालेको कति भोट काट्छ, त्यसले मत परिणाममा केही हदसम्म प्रभाव पार्न सक्छ ।

त्यसो त एमालेले यसपटक चितवनका एकदमै लोकप्रिय नेता विजय सुवेदीलाई उम्मेदवार बनाएको छ ।

कसैलाई कटुवचन नबोल्ने र एकदमै नरम स्वभावका सुवेदी २०४९ सालदेखि चितवनमा एमालेको नेतृत्व गरेका व्यक्ति हुन् ।

सुवेदीको उम्मेदवारीले रेनुलाई थप मेहनत गर्नुपर्ने अवस्था आएको स्वयं माओवादीकै नेताहरू पनि बताउँछन् ।

अघिल्लोपटक नयाँ उम्मेदवार हुँदा समेत जितेकाले यसपटक खासै निराश भने हुनुनपर्ने उनीहरूको जिकिर छ ।

****

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा अघिल्लोपटक नेकपा एमालेले जितेको थियो ।

एमाले उम्मेदवार कृष्णप्रसाद पौडेल १४ हजार ८६५ मत ल्याएर विजयी हुँदा कांग्रेसका कृष्णवर्त सिंहले ११ हजार ९९५ र माओवादीका राजन पौडेलले ११ हजार २५१ मत ल्याएका थिए ।

त्यहाँ माओवादी र कांग्रेस झण्डै बराबरीकै हैसियतमा रहेको अघिल्लो निर्वाचनको परिणामले देखाउँछ । यसपटक तालमेलमा ठूलो अन्तरघात नभएमा गठबन्धनलाई जीत निकाल्न मुस्किल पर्ने देखिन्न ।

****

दाङको घोराही उपमहानगरपालिकामा पनि अघिल्लोपटक एमालेले नै जीत हात पारेको थियो ।

एमालेका नरुलाल चौधरी २२ हजार ३० मत ल्याएर विजयी हुँदा कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ र माओवादीका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए ।

कांग्रेस र माओवादीको मत जोड्दा एमालेले तत्कालीन अवस्थामा ल्याएको मतभन्दा उल्लेख्य बढी हुने भएकाले अघिल्लो चुनावी परिणामले घोराहीमा पनि माओवादीलाई त्यति असहज देखाउँदैन ।

कांग्रेस पंक्तिबाट संगठित रूपमा असहयोग नभएमा जीत निकाल्न सकिनेमा दाङका माओवादी नेताहरू ढुक्क देखिन्छन् ।​

एकीकृत समाजवादीलाई दुवैतिर संकट!

यसपटक सत्ता गठबन्धनलाई भरतपुरभन्दा पोखरा महानगरपालिकाको विषयमा निर्णय लिन मुस्किल पर्‍यो ।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको दाबी र कांग्रेसको अडानका कारण पोखरा निकै चर्चामा रह्यो ।

अन्तत : पोखरा एकीकृत समाजवादीको भागमा परेको छ ।

पोखरासँगै हेटौंडा उपमहानगरपालिका पनि एकीकृत समाजवादीले पाएको छ ।

यी दुवै स्थानीय तहमा अघिल्लोपटक एमालेले जितेको थियो ।

पोखरामा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मत ल्याएर विजयी हुँदा कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए । कांग्रेससँग तालमेलका लागि भन्दै माओवादीले पोखरामा उम्मेदवारी दिएको थिएन ।

अन्तिम समयमा तालमेल भएन । कांग्रेसले उपमेयर समेत नदिएपछि माओवादी कार्यकर्ताले उपमेयरमा आफ्नै उम्मेदवारलाई भोट दिए भने मेयरको भोट कता गयो यकिन भन्न सकिन्न ।

उपमेयरमा माओवादीकी गोमा ढकालले ८ हजार ७९६ मत ल्याएकी थिइन् । यही मतलाई आधार मान्ने हो भने कांग्रेस र माओवादीको मात्रै बलमा पोखरामा एकीकृत समाजवादीले एमालेलाई जित्न मुस्किल देखिन्छ ।

हाल गठबन्धनमै रहेको अर्को दल जसपा (तत्कालीन संघीय समाजवादी फोरम)ले ३ हजार १७० मत ल्याएको थियो ।

यो सबै जोड्दा पनि एमालेले ल्याए बराबरको मत पुग्दैन ।

यहाँ जीत निकाल्ने हो भने एकीकृत समाजवादीले कांग्रेस र माओवादीको मतका अलावा आफूले पनि एमालेबाट उल्लेख्य मत तान्नुपर्ने हुन्छ ।

त्यसो त एकीकृत समाजवादीले पोखरामा १० हजारको हाराहारीमा संगठित सदस्य रहेको दाबी गर्दै आएको छ ।

****

हेटौंडा उपमहानगरपालिकामा एमालेका हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर विजयी भएका थिए ।

माओवादीको समेत समर्थनमा उम्मेदवार बनेका कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याएका थिए ।

तेस्रो स्थानमा रहेको राप्रपाका मधुकर अधिकारीले ६ हजार ८ सय ५७ मत ल्याएका थिए ।

मकवानपुर राप्रपाको अधिकांश मत हाल राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापासँग जोडिन पुग्ने विश्लेषण छ ।

कमल थापाले सूर्य चिह्न नै लिएर एमालेसँग तालमेल गरेका छन् । यो मतको अधिकांश हिस्सा समेत एमालेतिर जोडिँदा हेडौंडामा पनि एमालेलाई हराउन कांग्रेस र माओवादीको मात्र मत पर्याप्त हुने देखिन्न ।

एकीकृत समाजवादीले एमालेबाट उल्लेख्य मत खोसेको र कांग्रेस–माओवादीको अधिकांश मत पाएको अवस्थामा मात्र उसले जीत निकाल्न सक्ने देखिन्छ ।

मधेशमा आफैँ बलियो जसपा,गठबन्धन थपिँदा उत्साही

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मधेश प्रदेशका प्रमुख दुई शक्ति हुन् ।

त्यसपछि मधेशमा लोसपा, एमाले, माओवादीको उस्तैउस्तै जनमत रहेको विश्लेषण मधेश मामिलाका जानकारहरूको छ ।

एकीकृत समाजवादीले पनि मधेशमा आफूहरू बलियो रहेको दाबी गर्दै आएको छ, तर उसको परीक्षण हुनै बाँकी छ ।

प्रमुख शक्तिहरू नै एकआपसमा मिलेकाले गठबन्धन थोरै मात्र प्रभावकारी हुँदा पनि मधेश प्रदेशका महानगर तथा उपमहानगरमा गठबन्धन दलले जित्न सक्ने आकलन गरिएको छ ।

मधेशको एकमात्र महानगरपालिका वीरगञ्जमा अघिल्लोपटक तत्कालीन संघीय समाजवादी फोरमका विजयकुमार सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७, राजपाका राजेशमान सिंहले १२ हजार १६५, तत्कालीन फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ८ हजार ७०१, एमालेका बसरुद्धिन अन्सारीले ८ हजार ६८८ र माओवादीका रहबर अन्सारीले ८ हजार ३०५ मत ल्याएका थिए ।

मेयर सरावगी जसपा परित्याग गरेर केही समयअघि एमाले प्रवेश गरेका छन् । तर, अघिल्लोपटकको नतिजा हेर्दा वीरगञ्जमा एमाले पाँचौं दलको हैसियतमा छ ।

अहिले वीरगञ्जमा एमालेले लोसपासँग चुनावी तालमेलको सहमति गरेको छ । तर, लोसपासँगको तालमेलले मात्र पनि एमालेलाई चुनाव जित्न सहज देखिँदैन ।

त्यसो त राजपाबाट उम्मेदवार भएर तेस्रो स्थानमा मत ल्याएका राजेशमान सिंह जसपा प्रवेश गरी मेयरको उम्मेदवार बन्ने लाइनमा छन् ।

****

जनकपुरधाम उपमहानगरपालिकामा अघिल्लोपटक राजपाबाट निर्वाचित लालकिशोर साह पार्टी एकीकरणपछि जसपामा छन् । जसपाले जनकपुर भाग पाएपछि साह नै उम्मेदवारमा दोहोरिने सम्भावना देखिएको छ ।

अघिल्लोपटक साहले २१ हजार ९०३ मत ल्याएर जीत हात पार्दा कांग्रेसका मनोजकुमार साह सुडीले ११ हजार १६४ मत ल्याएका थिए । एमालेका लक्ष्मीनारायण भगतले ४ हजार ८६५, तत्कालीन संघीय समाजवादी फोरमले ३ हजार ६१२ र माओवादी उम्मेदवारले २ हजार १२८ मत ल्याएका थिए ।

बहालवाला मेयर पार्टीमै रहेको, तत्कालीन राजपाको ठूलो हिस्सा जसपामा समाहित भएपछि नफर्किएको तथा मुख्य प्रतिस्पर्धीमध्येको एक दल कांग्रेसको उम्मेदवार नै नहुने अवस्थामा जनकपुरमा पनि जसपालाई खासै गाह्रो नपर्ने उक्त पार्टीका नेताहरू बताउँछन् ।

त्यसो त अघिल्लोपटक उपेन्द्र यादव नेतृत्वको पार्टीको भोट भने जनकपुरमा त्यति उत्साहजनक थिएन ।

जनकपुरमा महन्थ ठाकुर नेतृत्वको लोसपाको पनि राम्रै प्रभाव छ । यसपटक लोसपा साइकल चिह्न लिएर प्रतिस्पर्धामा उत्रिँदैछ । जनकपुरमा गठबन्धनको मुख्य प्रतिस्पर्धा लोसपासँग हुने सम्भावना छ ।

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १४, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्न शुरू गर्ने घोषणा शनिवार (मार्च २५) गरेपछि खैलाबैला मच्चिएको छ ।  जुलाई १ सम्ममा सीमित दायरामा विनाश गर्ने ट्याक्टिकल आणविक हतियार र...

चैत १३, २०७९

इजरायलमा विगत तीन महिनादेखि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् ।  हिजो (२६ मार्च) नेतान्याहुले रक्षामन्त्री याओभ गालान्टलाई पदबाट बर्खास्त गरेपछि सर्वसाधारण थप आक्रोशित भएक...

चैत १७, २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पोर्न स्टार स्टोर्मी डेनियल्सलाई मौन रहनका लागि पैसा खुवाएको आरोपमा अभियुक्त ठहर भएका छन् ।  सन् २०१६ मा राष्ट्रपति निर्वाचनअघि ट्रम्पले डेनियल्सलाई आफूसँगको शारीरिक सम्...

चैत १५, २०७९

चार महिनाबीच राष्ट्रिय राजनीतिमा किन यति छिटो ‘राजनीतिक कोर्स’ फेरबदल भयो ? यसको सिधा जवाफ सत्ता प्राप्ति भन्ने बुझिए पनि अन्तर्यमा अन्य पक्ष पनि छन् । यस्ता मोर्चा निर्माणको आवश्यकता किन पर्छ, र किन नि...

चैत ९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ फागुनमा विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने भनिए पनि शुरूबाटै समस्या देखिएका छ ।  सधैँजसो भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै द...

चैत १०, २०७९

फ्रान्समा अहिले आम हडताल र हिंस्रक विरोध प्रदर्शनको माहौल छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले कामदारहरू सेवानिवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याउने विधेयक पारित गरेपछि त्यसको विरोधमा हिंस्रक प्र...

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

ad
x