असार १६, २०७९
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ । आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य ह...
काठमाडाैं | बैशाख ९, २०७९
स्थानीय तहको चुनावमा महानगरपालिका र उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनले सिट बाँडफाँड टुंगो लगाएपछि अब सबैको ध्यान ती स्थानीय तहमा गठबन्धनका साझा उम्मेदवार को होला भन्नेमा केन्द्रित भएको छ ।
देशभरका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनले उम्मेदवार छनोटको तयारी थालेको छ ।
काठमाडौंमा सिर्जना
कांग्रेसको भागमा परेको काठमाडौं महानगरपालिकामा कांग्रेसको नगर समितिले ५ जनाको नाम प्राथमिकताक्रममा सिफारिश गरेको छ ।
कांग्रेसका नेताहरू नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिश गरिएको हो ।
नगर समितिले ५ जनाको नाम उम्मेदवारका लागि सिफारिश गरेको भए पनि सिर्जना सिंह उम्मेदवार बन्ने चर्चा छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन् ।
काठमाडौंको मेयरमा दाबी गरिरहेकी वर्तमान उपमेयर हरिप्रभा खड्गीको नाम तेस्रो नम्बरमा राखेर सिफारिश गरिएको छ । महानगर समितिले गरेको सिफारिश प्रदेश समितिले सुझाव सहित केन्द्रीय समितिमा पठाउने र केन्द्रीय समितिले उम्मेदवार चयन गर्ने तयारी कांग्रेसको छ ।
महानगर र उपमहानगरको उम्मेदवार छनोटको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले विहीबार दिउँसो कांग्रेसका शीर्ष नेताहरूसँग परामर्श गरेका थिए ।
ललितपुरमा चिरीबाबुको चाहना
कांग्रेसको भागमा परेको ललितपुर महानगरपालिकामा वर्तमान मेयर चिरिबाबु महर्जन नै दोहोरिने मनस्थितिमा छन् । तर, ललितपुर महानगर समितिले ९ जनाको नाम उम्मेदवारका लागि सिफारिश गरेको छ ।
मेयरका लागि महानगर कार्यसमितिका सभापति शुभानन धाख्वा, हालका मेयर चिरिबाबु महर्जन, हालका उपमेयर गीता सत्याल, नेताहरू प्रेमकृष्ण महर्जन, भरतलाल न्याछ्यो, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको छ ।
ललितपुरको उपमेयरमा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य उम्मेदवार बन्ने सम्भावना रहेको ललितपुरका माओवादी नेताहरू बताउँछन् ।
समाजवादीको टिकट आचार्यलाई
गण्डकी प्रदेशको एक मात्रै महानगर पोखरामा गठबन्धनको सहयात्री नेकपा एकीकृत समाजवादीले मेयर पदमा उम्मेदवारी दिने मौका पाएको छ । पोखराको विषयमा निर्णय गर्न गठबन्धनलाई निकै सकस परेको थियो । एकीकृत समाजवादी पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्य मेयरको उम्मेदवार बन्ने चर्चा छ ।
पोखराको मेयर एकीकृत समाजवादीलाई दिएको भन्दै कास्की कांग्रेस असन्तुष्ट छ । कांग्रेसको असन्तुष्ट पक्षले कांग्रेसको कार्यालयमा गरेको तालाबन्दी बिहीबार खुलेको छ, तर कांग्रेसभित्रको असन्तुष्टि साम्य भइसकेको छैन । चुनावमा आचार्यले कांग्रेसको कति भोट पाउँछन् भन्ने आधारमा उनको जीतहार टुंगो लाग्छ ।
भरतपुरमा रेनु
चितवनको भरतपुर महानगरमा फेरि पनि माओवादी केन्द्रकै भागमा परेको छ । अघिल्लोपटक मुश्किलले जीत निकालेकी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल नै यसपटक पनि उम्मेदवार बन्ने लगभग पक्का छ । भरतपुर कांग्रेस पनि माओवादी केन्द्रको उम्मेदवारलाई भोट हाल्नु परेको भन्दै असन्तुष्ट छ ।
विराटनगरमा डिला कि अरू ?
विराटनगर महानगर कांग्रेसको भागमा परेको छ । विराटनगरको मेयरका लागि नगर समितिले सात जनाको नाम सिफारिश गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवं संघीय सांसद डिला संग्रौलासमेत विराटनगरको मेयरका लागि सिफारिशमा परेकी छन् । त्यसबाहेक, केन्द्रीय सदस्य अमृत अर्याल, वर्तमान मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली, उपमेयर इन्दिरा कार्की जिल्ला उपसभापति नागेश कोइराला, प्रदेश सदस्य गोपाल रेग्मी र नगर सभापति दीपक चापागाइँ रेग्मीको नाम मेयरका लागि सिफारिश भएको छ ।
उपमहानगरमा झन् रस्साकस्सी
देशभरका ११ उपमहानगरमध्ये ७ उपमहानगरमा कांग्रेसले उम्मेदवार उठाउने भएको छ । धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा कांग्रेसले मेयरको उम्मेदवार बनाउनेछ । उपमहानगर पालिकाको मेयरको उम्मेदवार तय गर्न कांग्रेसलाई झनै सकस परिरहेको छ ।
धरान उपमहानगरपालिकामा कांग्रेसले तिलक राई, उमेश थापा, सुजेन्द्र तामाङ, पर्वत राई, किशोर राई, श्यामा रेग्मी, अजय राई, गोविन्द दर्नाल र मीना पुलामीको नाम सिफारिश गरेको छ । धरानमा यसअघि मेयर र उपमेयर नै एमालेले जितेको थियो । उपनिर्वाचनमा कांग्रेसले नतिजा पल्टाएको थियो ।
यसपटक धरानमा उपमेयर भने माओवादी केन्द्रले पाएको छ । यसअघि एमालेले नै जितेको इटहरी उपमहानगरपालिका पनि गठबन्धनमा कांग्रेसकै भागमा परेको छ ।
इटहरीको मेयरको उम्मेदवारका लागि कांग्रेसको इटहरी नगर समितिले २०७४ का मेयर उम्मेदवार रोहित प्रसाईं, कांग्रेस इटहरीका नगर सभापति हेमकर्ण पौडेल, महाधिवेशन प्रतिनिधिहरू भीम पौडेल, रमेश पोखरेल, विकास केसी, संविधानसभा सदस्य एवं केन्द्रीय सदस्य कल्पना चौधरी, प्रदेश सदस्य सूर्य राई, जिल्ला उपसभापति नगेशचन्द्र राई, महाधिवेशन प्रतिनिधि नेतृ रेखा प्रसाईं, सुनसरी जिल्ला किसान संघका पूर्वसभापति विष्णु डाँगी र क्षेत्रीय प्रतिनिधि रामरोहन चौधरी मेयरका लागि सिफारिश भएका छन् । यीमध्ये रोहित र हेमकर्ण बलिया दाबेदार मानिएका छन् ।
कलैया उपमहानगरपालिकामा कांग्रेसले गत निर्वाचनमा विजयी राजेश राय यादव नै दोहोर्याउने सम्भावना रहेको कांग्रेसका नेताहरू बताउँछन् । उनी कांग्रेस सभापति देउवानिटक मानिन्छन् । उनी बारा जिल्लाका सभापति पनि हुन् । त्यसबाहेक, रामानन्द यादवले पनि कांग्रेसबाट कलैयाको मेयरको दाबी गरिरहेका छन् ।
बुटवलमा नगर सभापति रहेका खेलराज पाण्डे सर्वसम्मतरूपमा मेयरको उम्मेदवारका लागि कांग्रेसमा सिफारिश भएका छन् ।
कांग्रेसबाट तुलसीपुरको मेयरका लागि गेहेन्द्र गिरीको दाबी बलियो रहेको दाङका स्थानीय नेताहरू बताउँछन् । गत निर्वाचनमा मेयरमा पराजित गिरी नै कांग्रेसबाट उम्मेदवार हुने सम्भावना बढी रहेको जिल्ला नेताहरू बताउँछन् । पूर्वसांसद समेत रहेका उनी पार्टी सभापति शेरबहादुर देउवानिकट नेताको रूपमा चिनिन्छन् ।
त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले मेयर र जनता समाजवादी पार्टीले उमेयरको उम्मेदवार पाउनेगरी गठबन्धनमा बाँडफाँट भएको छ ।
कांग्रेसले नेपालगञ्ज उपमहानगरको मेयरका लागि १४ जनालाई मेयरमा सिफारिश गरेको छ । केन्द्रमा सिफारिश भएकामध्ये सुरेश कुमार कनोडियाको सम्भावना बढी रहेको स्थानीयस्तरमा चर्चा छ । उनी गत निर्वाचनमा मेयरमा पराजित भएका थिए । तर, गत निर्वाचनमा उपमेयरमा भने कांग्रेसले जीत निकालेको थियो । कांग्रेसकी उमा थापामगरले उममेयरमा जितेकी थिइन् ।
धनगढीमा पनि कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेदवार बाँडफाँड गरेका छन् । अघिल्लो चुनावमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । अहिले नृप वड त्यहाँको मेयर छन् । त्यसैगरी, उपमेयरमा पनि कांग्रेसका उम्मेदवार नै विजयी भएका थिए । तर, यसपटक उपमेयर भने माओवादी केन्द्रले पाएको छ ।
धनगढीको मेयरमा नृप वड नै दोहोरिन चाहेका छन् । त्यसबाहेक, मेयरको आकांक्षीमा महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, निवर्तमान जिल्ला समिति सचिव पूर्ण कुँवर लगायत छन् । तर, कांग्रेसले यसपटक वडलाई नै मेयरको उम्मेदवारमा दोहोर्याउने सम्भावना रहेको स्थानीय चर्चा छ ।
माओवादी केन्द्रले नेतृत्व पाएको जितपुर सिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रका जिल्ला नेता राजन पौडेल उम्मेदवार बन्ने चर्चा छ । पौडेल गत निर्वाचनमा पराजित भएका थिए । उनीबाहेक, क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल, रामशरण बर्तौला, गीता कँडेल, शीला खनाल, धनबहादुर श्रेष्ठ र रामराज चौधरीले पनि मेयरका लागि आकांक्षा राखेका छन् ।
दाङको घोराही उपमहानगरपालिका हेमराज शर्माको सम्भावना रहेको माओवादी नेताहरूले बताएका छन् । अघिल्लोपटक मेयरमा पराजित जीवन गौतमले पार्टीबाट राजीनामा दिइसकेका छन् । उनी पनि मेयरको आकांक्षी थिए । शर्मा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका निकटका नेता हुन् ।
त्यसैगरी, हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीले मेयरको उम्मेदवार पाएको छ । हेटौँडामा एकीकृत समाजवादीले श्रीधर पोखरेललाई मेयरमा अघि सार्न लागेको छ । उनी मकवानपुरका जिल्ला अध्यक्ष समेत हुन् । एमालेको मत तान्नका लागि पार्टीले पोखरेललाई अघि सार्न खोजेको छ । मीनाकुमारी लामा पनि मेयरकै दौडमा रहेको समाजवादीका नेताले बताएका छन् ।
उता जनकपुर उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले लालकिशोर साहलाई उम्मेदवार बनाउने पार्टीभित्र चर्चा छ ।
उनी अहिले पनि जनकपुरमा मेयर छन् । अर्का नेता विष्णुदेव साहले पनि मेयरको उम्मेदवारी दाबी गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ । आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य ह...
पछिल्लो दशक चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ...
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले बिहीवार आफुपक्षीय नेताहरुको बेला बोलाएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्व बिहिन भातृ संगठनको अधिवेशन लगायत विषयमा छलफल गर्न भेला बो...
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका छन् । बिहीवार बिहान उनले ओली निवास बालकोटमा पुगेर ओलीसँग भेट गरेका हुन् ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ– ०००० सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसल...
मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...