×

Nic Asia
Marvel

चुनावी यात्रा अनुभव

संस्मरण-१: ६ लेनको सडकसँग जोडिएका वासिन्दा जब शौच गर्दागर्दै लखेटिन्छन्...

नेपालगञ्ज | बैशाख १०, २०७९

NTC
TVS INSIDE
Esewa

कोहलपुरबाट नेपालगञ्ज बजार पुग्दै गर्दा जब ६ लेनको फराकिलो सडकमा आँखा पुग्छन्, धेरैलाई लाग्न सक्छ- वाह, यस्तो पो विकास ! १६ किलोमिटर कोहलपुर-नेपालगञ्ज यात्रा कुनै समृद्ध मुलुकको हाइवेभन्दा कम छैन । 

IME BANK INNEWS
morang Auto yamaha


Advertisment
NMB BANK
Saurya island

यो सडकको प्रशंसा गर्दा फरक पर्दैन । फरक यत्ति हो- विकसित मुलुकका त्यस्ता फराकिला सडकमा कडा र अनुशासित ट्राफिक नियम, आधुनिक सडकबत्ती, चिल्ला कार, लक्जरियस बस या ट्याक्सी देखिन्छन् । नेपालको यो सडक खण्डमा अटोरिक्सा, साइकल, मयुरी र टाँगाको भीडभाड एवं नेपाली समाजको गरीबीको तीतो यथार्थ भेटिन्छ ।  

हिजो म करीब पाँच वर्षपछि कोहलपुरबाट नेपालगञ्ज बजार पुगेँ । यसबीचमा यात्रा गर्दा कोहलपुरबाट सीधै कैलाली या सुर्खेततिर मोडिएँ । यस पटक नेपालगञ्ज बजार र आसपासका क्षेत्रको भ्रमण गर्ने तालिका काठमाडौंमै तय भएको थियो । सन्दर्भ हो- स्थानीय चुनाव ।

Vianet communication
Maruti inside

जब तपाईं नेपालगञ्ज बजारबाट भित्री वस्तीहरूतिर लाग्नुहुन्छ, तब थाहा हुन्छ- के कुनै स्थान बडेमानका चौडा सडकले जोडिँदैमा त्यस वरपरका जनताको जीवनमा आमूल परिवर्तन आउँदो रहेछ ? यही प्रश्नले हो- लेखकलाई यो आलेखतर्फ डोर्‍याएको ।

के यो पाँच वर्षमा नेपालगञ्जका वस्ती र स्थानीयवासीको जीवनमा सार्थक परिवर्तन आएको छ ? स्वास्थ्य, शिक्षा, रोजगारी, सफाइ, खानपिनजस्ता आधारभूत आवश्यकतामा थोरै भए पनि सुधार आयो ? 

कोहलपुरबाट नेपालगञ्ज पुग्दा ६ लेनको चौडा सडक देखेर तपाईंको मनमा पलाएको उत्साह, रोमाञ्चकता र उत्सुकता त्यतिबेला खरानी हुन्छ, जब तपाईं नेपालगञ्ज बजारसँगै जोडिएका वडा नं ३, ४, ९, १०, १३ र १४ वस्तीहरूमा पुग्नुहुन्छ, स्थानीयको जीवन नजिकबाट नियाल्नुहुन्छ र उनीहरूसँग गफिनुहुन्छ ।

आदरणीय पाठकवृन्द,

यो तस्वीर नेपालगञ्ज उपमहानगरको बजार क्षेत्रसँगै जोडिएको वडा नं. ४ को गणेशपुरको एक वस्तीको हो । तस्वीर आफैं स्पष्ट  छ । तस्वीरमा एकजना महिला आफ्नो कुनै सामान सफा गर्दै हुनुहुन्छ । सँगै सानो होटल छ । सडकको किनारामा फोहर पानीले बनेको सानो ताल ।

यो दृश्य गणेशपुरको मात्र होइन । तपाईं नेपालगञ्ज बजार मज्जाले घुम्नुस्, चाहे त्यो मूल बजार होस् या भित्री वस्तीहरू । जहाँ-जहाँ पुग्नुहुन्छ, सडकको छेउछाउमा रातै दृश्य देख्नुहुन्छ । 

नेपालगञ्जको मूल बजारका सडक र भित्री सडकमा पुग्दा जब मैले सडकका दुवै किनारामा रातै (अबिर पोखिएर पानीले पखालेको जस्तै) दृश्य देखेँ, मलाई लाग्यो- होली खेल्दाका दृश्य होला । तर, होली पर्व सकिएको एक महिना बितिसक्यो । अहँ, होली खेल्दा रंग पोखिएर दाग लागेको राताम्मे दृश्य त ती हुँदै होइनन् । 

त्यसो भए जता गयो उतै सडक कसरी राताम्मे देखिन्छन् ? कि सधैँ यस्तै हुन्छ यहाँ ? हो, यी नेपालगञ्जका स्थायी दृश्य हुन् । टन्न पान खाएर प्याच्च जहाँ पायो त्यहीँ थुक्नाले बनेका दृश्य हुन् तीँ । 

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले यो पाँच वर्षमा पान खाएर जहाँ पायो त्यहीँ थुक्ने विकृति रोक्न किन प्रयास गरेनन् ? किन सकेनन् ? हामीले राणासँग कुराकानी गर्न पाएनौं । तर, यही प्रश्न स्थानीयसँग सोध्यौं । 

‘धवल राजाले धेरै गर्नु भएको छ । बाटाघाटा बनाउनु भएको छ । आफूले भत्ता लिनु भएन । जनताको सेवामा समय खर्चनु भएको छ,’ वडा नं. १३ का स्थानीय वासिन्दा अब्दुल गफुर खानले लोकान्तरसँग भने, ‘उहाँलाई दोष लगाउने ठाउँ छैन ।’

खान राप्रपाकै शुभचिन्तक परेछन् । उनले राणाको प्रशंसा गर्ने नै भए । खानसँग केहीबेर कुरा गरेपछि म फेरि केही भित्री वस्ती नियाल्नतिर लागेँ ।

यो तस्वीर हेर्नुहोस् । सडकमा फोहरको सानो थुप्रो । घरको पछाडि फोहोर पानी जमेको छ । पानीमाथि जिउँदा र मरेका बग्रेल्ती झिँगा । नेपालगञ्जको भित्री वस्तीमा तपाईं जहाँ पुग्नुहोस्, देख्ने यस्तै दृश्य हो ।

भित्री वस्तीहरूमा पुग्दा तपाईंको आँखा रसाउने अर्को दृश्य हो– झिँगैझिँगाले घेरेको खाना र त्यही खाना वरिपरि काम गर्दै गरेका स्थानीय ।

‘हामीले भोट दिएकाले जनताका काम गरेनन् । चामल बाँडेनन् । पैसा त वडामा आयो रे । असार मसान्तमा बजेट सके रे । यिनलाई भोट दिएर के भो ? मेरा एक लाख ६० रूपैयाँ पर्ने राँगा खोसेर खाइदिए । गल्ती थिएन तर मलाई बर्बाद बनाए,’ नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हुसेन मोहम्मद राईले आक्रोशित हुँदै लोकान्तरसँग भने, ‘कोरोनाका बेला साबुन पानी पनि दिएनन् । यस्तालाई फेरि भोट हाल्नुपर्ने ?’

वैशाख महिनाको ४२ डिग्री घाममा आँट गरेर तपाईं नेपालगञ्ज बजारबाट १५ किलोमिटर भित्र पुग्नुस् र एक छिन स्थानीयसँग कुराकानी गर्नुस् त । अनि थाहा पाउनुहुन्छ– दर्दनाक कथा । यो लेखकसँग त्यस्तै दर्दनाक कथा सुनाउने मध्येका एक थिए– वडा नं. १४ का मोहम्मद हुसेन कबडिया ।  

उनले गत वर्ष कोरोना भाइरसको समस्या उत्कर्षमा पुगेका बेलाको एउटा दुःखद् घटना सुनाए । उनको गाउँमा शौचालय रहेनछ । शौचालय बनाइदिनुपर्‍यो भनेर धेरै पटक वडामा अनुरोध गरेछन् । 

‘५० बिघा जमिन हुनेको घरमा शौचालय बन्यो हजुर, हाम्रोमा बनाइदिएनन् । गत वर्ष कोरोनाको समयमा बाहिर चौरमा दिसा गर्दै थिएँ, पुलिस आएर लखेट्यो । दिसा गर्दागर्दै भाग्नुपर्यो ।’ कबडियाको गाउँका धेरै स्थानीय वासिन्दाका घरमा अहिले पनि शौचालय छैनन् । बिहान–साँझ उनीहरू अहिले पनि खुला चौरमा शौच गर्छन् ।  

बजारबाट थोरैमात्र दूरीमा रहेका भित्री वस्तीमा सडक राम्रै बनेको देखिन्छ । कतिपय सडक पिच (कालोपत्रे) भएका पनि छन् । तर, अलि भित्री वस्तीमा सडक पुगेकै रहेनछ । 

‘सडक नबनेका कारण एम्बुलेन्स पनि जाँदैनन् । बिरामी पर्दा आपत् आइलाग्छ,’ कबडियाले गुनासो गरे ।

दैलेखबाट झरेर यतै बसोबास गरेकी शान्ति श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० मा बस्छिन् । घर छेउमै रहेको वडा नं. १३ मा पर्ने पीपलको छहारीमुनि चिया पसल चलाउँछिन् । बजारमा बढेको महँगीले उनको पारो तातेको रहेछ । 

मैले श्रेष्ठको चिया पसल छेउमा उभिएका केही स्थानीयसँग कुरा गर्दै थिएँ । वडा नं. १० आदर्शनगरका स्थानीय वासिन्दा गोपाल भण्डारी पसल छेउमै आइपुग्छन् । 

‘के हो आजकल पसलमा खासै सामान देखिँदैनन् । के भो ?’ भण्डारीको यो प्रश्न सकिन नपाउँदै श्रेष्ठ कड्किइन्, ‘यत्रो भाउ बढेको देखेका छैनौं ? कसरी किन्नु ? के म चोर्न जाउँ ?’ श्रेष्ठको जवाफले पीपलको बोटमुनि जम्मा भएर चिया पिइरहेकाहरूबीच एकछिन हाँसोको पर्रा छुट्यो ।

श्रेष्ठको जवाफ सुनेपछि उनै भण्डारीले भाउ बढ्नुको कारण देशका नेता र मौलाउँदो भ्रष्टाचार भएको तर्क गरे ।

‘भाउ बढाएको व्यापारी र उद्योगपतिले हो तर तिनलाई दोष दिएर काम छैन,’ भण्डारीले भने, ‘ती उद्योगीले नेतालाई चन्दा दिन्छन् । चन्दा दिएको रकम कहाँबाट कसरी असुल्ने भन्दा भाउ बढाउने । जनताको थाप्लोमा भाउ थोपर्छन् । हामी तिर्न बाध्य हुन्छौं ।’ कुनै पनि नेताले आफ्नो घरखेत बेचेर चुनाव नलडेको तर त्यस्तै उद्योगपति, व्यापारीसँग पैसा उठाएर चुनावमा लाग्ने खर्च जुटाएको आफूले देखेको भण्डारीले उल्लेख गरे । 

वडामा आउने बजेटमध्ये ५० प्रतिशत मात्र विकासको काममा खर्च भएको भण्डारीको दाबी छ । ‘बाँकी कहाँ गयो त ?’ जवाफमा भण्डारीले भने, ‘आफैं अनुमान लगाउनुस् ।’ स्थानीय तहका जनप्रतिनिधिले चुनाव जितेर आएपछि तलब भत्ता लिन नपाउने कानून बनाउनुपर्ने उनको तर्क छ ।

मुलुकको प्रधानमन्त्रीसमेत जन्माइसकेको देशकै ठूलो मध्येको एक शहर नेपालगञ्ज र योसँग जोडिएका वस्तीभित्रका समस्या जहिले जहाँको तहीँ किन ? किन आएन गरीबीको जीवनमा सुधार ? मैले वडा नं. ८ का स्थायी वासिन्दा रहेका मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय संयोजक अत्तहर हुसेनलाई नेपालगञ्ज बजारभित्रको एउटा वस्तीमा भेटेँ र सोधेँ–‘तपाईं बस्नु भएको सडक पेटीको छेउमा हेुर्नस् त, राताम्मै छ । पान खाएर थुकेको । जताततै यस्तै देखेँ मैले । पाँच वर्ष अघि आउँदा पनि यस्तै थियो । अहिले पनि उस्तै । गाउँका जनताका पीडा पनि उस्तै रहेछन् । कारण के हो ? के भयो भने सुधार हुन्छ ?

उनले मैले औँल्याएका समस्यामा विमति जनाएनन् । ‘हेर्नुहोस्, राजनीतिक परिवर्तन धेरै भए । यहाँ पूर्वाधारका केही काम नभएका होइनन् तर जनताको वास्तविक जीवनमा कुनै परिवर्तन आउन सकेन । मेयर, सांसद कसैले पनि जनतालाई राहत दिने प्याकेज ल्याउन सकेनन्,’ हुसेनले लोकान्तरसँग भने, ‘अबको चुनावमा भोट माग्न आउनेले जनताको हित कसरी गर्ने भन्ने एजेण्डा ल्याउनुपर्छ । रिक्सावाला, मजदुर, ठेलागाडावालाहरूलाई उकास्ने एजेण्डा ल्याउनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारीका धेरै सवाल छन् । ती सवाललाई हल गर्ने प्याकेज कार्यक्रम ल्याउनुपर्छ । होइन भने अब यहाँ कोही टिक्नेवाला छैन ।’

मेरो दुईदिने बसाइको निष्कर्ष छ- नेपालगञ्ज बजारका भित्री गाउँ वस्तीका वासिन्दामा संघीयता लागू भएपछिका पाँच वर्षमा गर्व गर्न लायक कुनै सुधार आएको छैन । 

हामी घुमेको र स्थानीय भेटेको निर्वाचन क्षेत्र सांसद मोहम्मद इस्तियाक राईको रहेछ । राई यतिबेला स्थानीय तहका जनप्रतिनिधिको टुंगो लगाउने काममा व्यस्त रहेको सूचना पाएपछि हामीले उनलाई भेट्ने प्रयास गरेनौं । हामीसँग कुराकानी हुन नसके पनि एक पटक यो स्टोरी पढ्ने फुर्सद राईजीले पाउनुहोला कि !

यो पनि पढ्नुहोस्

NLIC
TATA Below
चैत १६, २०७८

फेरि पनि घोषणा पत्रको याम शुरू भएको छ। केही भाइबहिनीहरूले त आफूलाई भावी मेयरका रूपमा उभ्याएर प्रचारप्रसार तीव्र बनाइसकेका छन् । 'पावर हुनेसँग भिजन हुँदैन, भिजन हुनेसँग पावर हुँदैन' भनेजस्त...

बैशाख १३, २०७९

१९ औं शताब्दीमा अन्य देशमा लुई पास्चर, माइकल फराडे, अल्फ्रेड नोबेलजस्ता महान वैज्ञानिक जन्मिँदा १७ औं शताब्दीबाट शुरू भएको गोर्खा साम्राज्य किन पुरातन युगमै बाँच्न बाध्य भयो ? हाम्रोमा त्यस्ता महान वैज्ञानिकहरू नै ज...

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

चैत २९, २०७८

स्थानीय निर्वाचन घोषित मितिको ठीक १ महिनाअघि १० अप्रिलमा एमालेबाट अर्थ मन्त्रालय सम्हालिसकेका ३ जना नेताले प्रेस मिट गरे । चुनावी रंगमा एसिड घोलेर एमाले नेताहरूले राष्ट्रको ट्रेजरीलाई निशाना बनाउने योजनाका पछ...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x