साउन २६, २०७९
नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् । ‘सभापतिले नेपाली कांग्रेसको विधान, ...
नेकपा (एमाले) दाङले जिल्लाका दश वटै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगाएको छ ।
एमालेले घोराही उपमहानगरपालिकाका मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी अगाडि सारेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई उम्मेदवार बनाउने पार्टीको केन्द्रीय सचिवालयले शनिवार नै निर्णय गरेको थियो ।
दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला हो । त्यसैगरी लमही नगरपालिकामा मेयरमा डण्डीराम चौधरी र उपमेयरमा सुशीला शर्मा उम्मेदवार बन्ने भएका छन् । त्यस्तै बबई गाउँपालिकको अध्यक्षका लागि भुवनेश्वर पौडेल र उपाध्यक्षका लागि सावित्रा विश्वकर्मा उम्मेदवार बन्ने भएका छन् ।
दुवै जना अघिल्लो २०७४ को निर्वाचनमा एमालेबाटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । शान्तिनगर गाउँपालिकाको अध्यक्षको विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी अगाडि सारिएको छ ।
दंगीशरण गाउँपालिकामा अध्यक्षका लागि एमएन शाह र उपाध्यक्षका लागि बुधनी चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा जगत पोखरेल र उपाध्यक्षमा कलापति चौधरी उम्मेदवार बन्ने भएका छन् ।
यस्तै गढवा गाउँपालिकामा अध्यक्षका लागि सहजराम ऐर र उपाध्यक्षका लागि सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्षका लागि कुलराज गिरी र उपाध्यक्षका लागि सीता यादब, बंगलाचुली गाउँपालिमा अध्यक्षका लागि भेषराज खत्री र उपाध्यक्षका लागि सरस्वती घर्ती उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले दाङले जानकारी दिएको छ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् । ‘सभापतिले नेपाली कांग्रेसको विधान, ...
छिमेकी देश चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी ( ८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो। परराष्ट्र...
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । नेपालको सचिवालयका अनुसार उनी अहिले सामान्य लक्षण सहित घरमै...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको ...
सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी पछिल्लो २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...