×

X
Nic Asia
Khukuri

कांग्रेसका उम्मेदवारले चुनाव जिते नातेदारलाई नियुक्त नगर्ने

काठमाडाैं | बैशाख १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली कांग्रेसले वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतवार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत उल्लेख गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणा पत्रमा संविधानप्रदत्त सम्पूर्ण अधिकार कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानून संघ र प्रदेशले १ वर्षभित्र निर्माण तथा परिमार्जन गर्ने, १ वर्षभित्र संघीय प्रणालीलाई कार्यमूलक र प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई क्षमता अभिवृद्धि गर्ने उल्लेख छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यसैगरी १ वर्षभित्र स्थानीय सरकारलाई थप स्रोतसाधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने, स्थानीय सरकारको माग, क्षमता र आवश्यकताका आधारमा बजेट विनियोजन, समानीकरण अनुदान वृद्धि, पूर्वाधार लगायत विकास आयोजनाका लागि सहुलियत ऋण, अनुदान, प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा पत्रमा उल्लेख छ ।

विभिन्न तहका बीचमा रहेको कार्यगत अस्पष्टता तथा नीतिगत अन्योलतालाई स्पष्ट पार्ने, जिल्ला समन्वय समितिलगायत जिल्लाका संरचनाको क्षेत्राधिकार र भूमिकाको स्पष्ट व्याख्या गर्ने, स्रोतसाधनको परिचालन, सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी भ्रष्टाचारमुक्त तथा मितव्ययी शासन प्रणाली अवलम्बन र संस्थागत गर्ने कांग्रेसले जनाएको छ ।


Advertisment
Saurya island

हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र स्थानीय तहको ‘पार्टी अडिट’, गर्ने स्थानीय सरकार र नेतृत्वको मूल्यांकन गर्दा राष्ट्रिय र स्थानीय तहले निर्धारण गरेको लक्ष्यका साथै घोषणापत्रमा उल्लेखित सूचकांकका आधारमा मूल्यांकन गर्ने पार्टीले संकल्प गरेको छ ।

कांग्रेसले पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड तथा जनताप्रतिको उत्तरदायित्वलाई पूर्णरूपमा आत्मसात् गर्दै आफ्ना स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले गर्न नहुने कामबारे समेत संकल्प गरेको छ ।

Vianet communication
IME BANK INNEWS

‘जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोतसाधनको दोहन गर्दैनौं, गर्न दिने छैनौं, कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौं, नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं,’ घोषणा पत्रमा उल्लेख छ ।  

निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायीरुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने, गर्न नदिने, कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन नगर्ने, महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्षरूपमा समेत कुनै पनि अवस्थामा संलग्न नहुने कांग्रेसले प्रतिज्ञा गरेको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई राजनीतिक दलहरुले बेलैमा बुझ्नुपर्नेमा  भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले बताएका छन् । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका सांसद...

मंसिर १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले मंगलवार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना ग...

मंसिर १३, २०७९

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिनुभएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।  मुख्यमन्त्रीसहित...

मंसिर १३, २०७९

सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् ।  रामदेवले १९ हजार ४७९ मत ल्याउँदा...

मंसिर १३, २०७९

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि  केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष माधवक...

मंसिर १३, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । महानगरले सुकुम्वासीहरू हटाउन प्रयास गरेको सन्दर्भमा अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको अभिव्यक्...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x