भदौ २, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी वितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– ०००० प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ...
काठमाडाैं | बैशाख १२, २०७९
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेले ६ वटै महानगरमा उम्मेदवार टुंगो लगाएका छन् । उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिनमात्र कतिपय स्थानमा उम्मेदवारको टुंगो लागेको हो ।
काठमाडौं महानगरको मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह र नेकपा एमालेको तर्फबाट केशव स्थापित आमनेसामने हुने भएका छन् ।
पूर्व मेयर समेत रहेका स्थापितलाई एमालेले मेयरको उम्मेदवार बनाउने निर्णय शनिवार नै गरेको थियो । कांग्रेसले सोमवार मात्र सिंहको नाममा सहमति जुटाएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंमा एमालेले मेयर र कांग्रेसले उपमेयर जितेका थिए । काठमाडौंमा एमालेले सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ भने गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार बन्दैछन् ।
ललितपुर उपमहानगरपालिकामा कांग्रेसले मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमालेले हरिकृष्ण व्यञ्जकारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ सालको निर्वाचनमा यी दुवै उम्मेदवार बनेका थिए । झिनो मतान्तरले चिरिबाबु विजयी भएका थिए । ललितपुरमा माओवादी केन्द्रले उपमेयरको टिकट पाएको छ ।
पोखरा महानगरपालिकामा नेकपा एमालेले कृष्ण थापालाई मेयरको उम्मेदवार बनाएको छ । शनिवार दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय भएपनि उनको नाममा विवाद भएपछि सोमवार थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
सत्ता गठबन्धनको तर्फबाट पोखराको मेयरमा नेकपा नेकपा एसका धनराज आचार्य मेयरको उम्मेदवार बन्दैछन् । उपमेयरमा नेकपा एमालेले मञ्जु गुरुङलाई उठाउँदै छ भने गठबन्धनका तर्फबाट कांग्रेसले टिकट पाएको छ ।
विराटनगरमा कांग्रेसले नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयरका धेरै आकांक्षीलाई पछि पार्दै डा. शेखर कोइराला पक्षधर नागेशले कांग्रेसका तर्फबाट मेयरको टिकट पाएका हुन् । नेकपा एमालेले विराटनगरको मेयरका लागि सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई अगाडि सारेको छ । विराटनगरमा गठबन्धनका तर्फबाट जसपाले उपमेयर पाएको छ । २०७४ सालको निर्वाचनमा विराटनगर कांग्रेसले जितेको थियो ।
वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेले जसपा परित्याग गरेर आएका वर्तमान मेयर विजय सरावगीलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट वीरगञ्जमा जसपाले राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा तोस्रो भएका सिंहलाई उपेन्द्र यादवले पार्टी प्रवेश गराएका थिए ।
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट वर्तमान मेयर रहेकी माओवादीकी रेनु दाहाल उम्मेदवार बनेकी छिन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला र निर्वाचन क्षेत्र रहेको भरतपुरमा रेणु दोहोरिएर उम्मेदवार बनेकी हुन् । नेकपा एमालेले स्थानीय लोकप्रिय नेता विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । भरतपुरमा एमालेले राप्रपासँग तालमेल गरेर उपमेयर राप्रपालाई दिने सहमति गरेको छ ।
वैशाख ३० गते हुने निर्वाचनमा एकातिर सत्ता गठबन्धन र अर्कातिर साना दलहरूको समर्थनमा एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी वितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– ०००० प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र क्रान्तिकारी भावना मर्दै गएको बताएका छन्। आफूहरू हिजोजस्तो क्रान्तिकारी रहन नसकेको समेत प्रचण्डले स्वीकार गरेका छ्न्। दिवंगत ...
फ्राइडे रिलिजअन्तर्गत शुक्रवार (आज) देखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले कृष्ण जन्माष्टमीको अवसर पारेर आफ्नो...
एक मात्र निर्वाचन क्षेत्र रहेको १ नम्बर प्रदेशको पहाडी जिल्ला पाँचथरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर चुनावी माहौल तात्न थालेको छ । चुनावमा पुरानै उम्मेदवारको जम्काभेट हुने अनुमान गरिएको छ । ...
क्रिप्टोकरेन्सीलाई अवैधानिक घोषणा गर्न नमिल्ने जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू सागर बराल, दीपेश ढकाल, कोशिश गिरी, सम्पूर्ण बस्नेत र सौगात राज बरालले क्रिप्टोकरेन्सी गैरकानूनी रहेको भन...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– ०००० प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोध...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...