×

X
Nic Asia
Marvel
Khukuri

स्थानीय चुनाव : जितपुर–सिमरा उपमहानगर विशेष

अबको मेयर यही हो भन्ने छाप जनतामा परिसकेको छ, ढुक्कले जित्छु– राजन पौडेल [अन्तर्वार्ता]

'सरस्वतीजी मेरो सहपाठी पनि हो, सबै कुरा जनताको बीचमा छ, म केही भन्न चाहन्नँ'

बारा | बैशाख १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको छ । 

DHARA
LAxmi BAnk

प्रमुखमा माओवादी केन्द्रका राजन पौडेलले उम्मेदवारी दर्ता गरेका छन् भने उपप्रमुखमा कांग्रेसकी युवा नेतृ मेघा शाही उम्मेदवार बनेकी छिन् । पौडेल यसअघिको चुनावमा पनि उम्मेदवार थिए । त्यसबेला पराजित उनी फेरि उम्मेदवार बनेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बारा जिल्लाका युवा नेता तथा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीका सदस्य रहेका पौडेलसँग जितपुर–सिमरा उपमहानगरपालिका प्रमुखमा दिएका उम्मेदवारी र उनका चुनावी एजेण्डाका विषयमा लोकान्तरका लागि विन्देश दहाल र उद्धव थापाले गरेको कुराकानीको सम्पादित अंश :

अघिल्लो चुनावमा तपाईं पराजित हुनुभएको थियो । फेरि यसपटक गठबन्धनकातर्फबाट उम्मेदवार बनेर आउनुभएको छ । अघिल्लो चुनावमा नै पराजित भइसकेको तपाईंलाई मतदाताले फेरि मत हाल्नुपर्ने आवश्यकता किन पर्‍यो ?


Advertisment
Bizbazar
Saurya island

जितपुर–सिमरा उपमहानगरपालिकामा अघिल्लोपटक पनि म माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार भएको थिएँ । त्यसबेला एमालेले मेयर र उपमेयर जितेको थियो । त्रिपक्षीय प्रतिस्पर्धा भयो । हामी पराजित भयौं । उपमहानगरको नेतृत्व जस्तो हुनुपथ्र्यो त्यो एमालेले दिन सकेन । नेतृत्व दिन उहाँहरू असफल हुनुभयो । सुशासन लगायतको अवस्थामा हेर्ने हो भने जितपुर–सिमरा उपमहानगरपालिका देशभरमै अन्तिमतिर छ ।

अहिले गठबन्धनले मलाई मेयरको उम्मेदवार बनाएको छ । जितपुर–सिमरा उपमहानगरपालिका सुशासन कायम गर्न, विकासका काम, स्वास्थ्य, शिक्षा, वातावरणसँग सम्बन्धित विषयलाई अघि बढाउनका लागि फेरि पनि मेरो उम्मेदवारी आवश्यक भयो । 

Vianet communication
IME BANK INNEWS

अघिल्लोपटक के कारणले चुनाव हार्नुभएको थियो ? यसपटक जित्ने आधार के छन् ?

त्यसबेला तेस्रो चरणमा यहाँ चुनाव भएको थियो । पहिलो र दोस्रो चरणमा माओवादी केन्द्रको प्रस्तुति त्यति राम्रो भएको थिएन । त्यसको मनोवैज्ञानिक प्रभाव पनि यहाँ पर्यो ।

पार्टी पनि विभिन्न फूटबाट गुज्रिएर भर्खरै माओवादी केन्द्र बनेको थियो । सांगठनिक संरचनाको हिसाबले पनि माओवादी केन्द्र व्यवस्थित भइसकेको थिएन । त्यसबेला हामी प्रतिस्पर्धात्मक शक्ति हो भनेर देखाउन पनि कठिन अवस्था थियो । गएको चुनावले यो उपहानगरपालिकामा माओवादी शक्तिशाली छ भनेर स्थापित गर्ने अवसर थियो । त्यसबेला हामीले उपमहानगरपालिकाको २४ मध्ये १० वटा वडामा वडाअध्यक्ष जितेका थियौं ।

अहिले हामी पाँच दलको गठबन्धनमा छौं । अघिल्लो चुनावमा कांग्रेसले हामीले भन्दा धेरै मत ल्याएको थियो । अहिले कांग्रेससहितको गठबन्धनमा चुनावमा छौं । त्यसो हुँदा जीत अझ सहज बनेको छ । अघिल्लोपटक चुनाव हारेपछि म जनताको बीचमा गएँ । यहाँका विभिन्न समस्यालाई सहजीकरण गर्न खोजें । जनताको अप्ठ्यारा, सप्ठ्यारासँग जोडिन गएँ । मेरो क्रियाशीलतामा कुनै कमी आउन दिइनँ ।

डेढ दुई वर्षको अघिदेखि नै जितपुर–सिमरा उपमहानगरपालिकाको मेयर राजन पौडेल नै हो भन्ने स्थापित गर्न सफल भएको छु । यहाँका धेरै विषयमा मैले लिएको पहलकदमीले गर्दा राजनलाई जीताउन पाएको भए पो हाम्रा समस्या सम्बोधन हुने रहेछन् भन्ने जनमानसमा परेको मैले महशुस गरेको छु । 

गठबन्धनको उम्मेदवार बन्नुभयो । चुनावी तयारीका हिसाबले पाँच पार्टी एकआपसमा कत्तिको अन्तरघुलित छ ?

हामी शान्ति प्रक्रियामा आएदेखि नै जितपुर–सिमराको विकासमा कांग्रेससँग राम्रो सहकार्य छ । यहाँको सामाजिक आर्थिक विकासमा हामीले सहकार्य गरेका छौं ।

एमालेसँग भन्दा कांग्रेस र माओवादी केन्द्रले बलियो र लामो सहकार्य गरेको अनुभव छ । एमलेसँगबाट विभाजित भएर आएको एकीकृत समाजवादी हिजो नेकपा कालमा नै राम्रो अन्तरघुलित भएको शक्ति हो । जनता समाजवादी पार्टीसँग पनि लामो समयको सहकार्य र उठबस छ । 

कांग्रेसले मेयरको उम्मेदवार नपाएको र उपमेयरमा पनि जुनियर नेतालाई टिकट दिएको भन्ने असन्तुष्टि रहेछ । यसले कांग्रेसको मत पाउन नसक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । कतिपय दलमा टिकट वितरणको विषयमा तलसम्म पुग्दा विभिन्न प्रकार समस्या छन् । सबैको इच्छा आकांक्षा सम्बोधन हुन सक्दैनन् । असन्तुष्टिहरू विस्तारै सम्बोधन हुँदै जानेछन् । राजनीतिक तहको बैठक, छलफलबाट त्यसलाई न्यूनीकरण पनि गर्दै जान सकिन्छ ।  

तपाईं पाँच दलको साझा उम्मेदवार हो । पाँचै दललाई समेट्ने विशेष विशेषता के छन् ? 

केन्द्रबाट नै गठबन्धन बनेको छ । एमालेले देशलाई अस्थिरतामा लैजानका लागि गरेको हर्कतका विरुद्धमा यो गठबन्धन बनेको हो । स्थानीय तहमा हामीले निरन्तर सहकार्य गर्दै आएका छौं । यो गठबन्धन वा भागबण्डा हामीले स्थानीय तहमा गरेको पनि होइन । शीर्ष तहमा सहमतिका आधारमा भएर आएको हो । अब स्थानीय मुद्दाहरूमा पनि हामी साझा रूपमा सहकार्य गरेर जान सक्छौं । 

तपाईंले निर्वाचन जित्नुभयो भने आगामी पाँच वर्षभित्रमा जितपुर–सिमरा उपमहानगरपालिकामा जनताले के–के नयाँ कुरा अनुभूत गर्न पाउँछन् ?

सबैभन्दा पहिले जितपुर–सिमरा उपमहानगरपालिकामा सुशासन कायम गर्छौं । अहिले नगरवासीकै बदनाम भएको छ । अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्छौैं ।

माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहमा सुशासनको हिसाबले उत्कृष्ट छन् । हामी जितपुर–सिमरा उपमहानगरपालिकालाई पनि सोही अनुसारको सुशासन कायम भएको स्थानीय तह बनाउँछौं । 

उममेयरमा कांग्रेसबाट उम्मेदवार बन्नुभएको व्यक्ति पनि पढेलेखेको, युवा हुनुहुन्छ । कानूनका विद्यार्थी पनि हो । न्यायिक अधिकार उहाँले नै प्रयोग गर्ने हो । त्यसले पनि सुशासन कायम गर्न सहयोग मिल्छ । 

यसबाहेक, शिक्षा, स्वास्थ्य, मानव विकास, वातावरण र पूर्वाधार विकासको क्षेत्रका काम गर्छौं । कला साहित्य, संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने, यहाँको भोजपुरी भाषाको संरक्षणमा काम गर्ने योजना बनाएका छौं । 

तपाईंले भन्नुभएका विषय व्यापक क्षेत्र समेटिएका तर सतही कुरा भए । मेयर भएपछि तपाईंले गर्ने अझ मसिनो गरी उल्लेख गरिदिनुहोस् न ।

सरकारी विद्यालयको आवश्यकता हेरेर त्यस अनुसारका सुधारका योजना बनाएर काम गर्नेछौं । कोभिड महामारीका बेला सबैलाई थाहा भयो कि स्वास्थ्य क्षेत्र सबैभन्दा महत्त्वपूर्ण रहेछ ।

जितपुर–सिमरा उपमहानगरपालिकामा २०० शय्याको अस्पताल हुनुपर्ने हो । तर, यहाँ निजी क्षेत्रका केही अस्पताल छन् तर सरकारी तबरमा प्राथमिक स्वास्थ्य केन्द्र मात्रै छ । अस्पताल छैन । यसमा पनि काम गर्नुपर्नेछ । यसका लागि संघ र प्रदेशसँग सहकार्य गरेर काम गर्नुपर्ने छ ।

जितपुर–सिमरा औद्योगिक क्षेत्र पनि हो । उद्योग सञ्चालक र स्थानीयको अन्तरविरोधका विविध विषय छन् । यसका के–के काम गर्नुहुन्छ ?

यहाँका उद्योगको कारण ध्वनी प्रदुषण, हावा प्रदुषण आदिको विषय स्थानीयले उठाउने गरेका छन् । उद्योग कलकारखाना चलाउनेहरूले औद्योगिक वातावरण बनेन, बिग्रियो भन्ने गरेका छन् ।

पछिल्लो समय यहाँ लगानी आउन सकेन । लगानी बुटवल भैरहवातिर केन्द्रित भयो भन्ने उद्योगीहरूको पनि गुनासो छ । यहाँ औद्योगिक वातावरण बनाएर रोजगारीको अवसर पनि बढाउनुपर्ने अवस्था छ ।

अर्कोतर्फ, उद्योगहरूले अस्तव्यस्त हुने गरी गरेको प्रदूषण लगायतका विषयलाई पनि मापदण्डमा राखेर नियन्त्रण गर्नुपर्ने चुनौती छ । यो कोणबाट काम गर्ने सोचेका छौं । तर, यसको नियमन गर्ने अधिकार संघीय सरकारसँग छ । संघीय सरकारसँग समन्वय गरेर यो क्षेत्रमा काम गर्छौं ।

पूर्वाधारको विकासमा चाहिँ के–के काम गर्नुहुन्छ ?

जितपुर–सिमरा उपमहानगरपालिका राम्रो टाउन हल पनि छैन । कतिपय वडाहरू बाटोले जोडिन सकेको छैन । ठूला खोला छन्, पुल नभएका कारण वडा नै दुईवटा जस्तो भएको छ । यस्ता पूर्वाधार बनाउनका लागि पनि हामीले काम गर्नैपर्ने छ । 

आमरूपमा हेर्ने हो भने अघिल्लो पाँच वर्षमा देशव्यापीरूपमा हल, गेट र टावर बनाउने योजना आयो । माओवादीले जितेका स्थानीय तह पति यसमा अगाडि नै थिए । तपाईंहरूका पनि त्यस्तै योजना छन् कि फरक छन् ?

आवश्यकताका हिसाबले ती पूर्वाधार चाहियो भने गर्नैपर्ने हुन्छ । तर, हामी मानवीयताका क्षेत्रमा धेरै काम गर्छौं । सामाजिक विकासको क्षेत्रमा नै केन्द्रित भएर काम गर्छौं । सामाजिक विकासको क्षेत्रमा काम गर्नेभन्दा केही विकृति पनि भएका छन् । त्यसका कागजी काम मात्रै भएका छन् । यो विकृतिबाट पर बसेर काम गर्छौं । हामीले स्कूलमा जान्छौं, शुद्ध पिउने पानीको व्यवस्था गर्छौं भनेका छौं । 

जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरको लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखियो । तपाईंको प्रतिस्पर्धी एमाले उम्मेदवारलाई कत्तिको बलियो उम्मेदवार ठान्नुहुन्छ ?

उहाँ (सरस्वती चौधरी)लाई मैले धेरै बलियो उम्मेदवार ठान्दिनँ । उहाँ मेरो सहपाठी साथी पनि हो । हामीले विद्यालयमा सँगै अध्ययन गरेका थियौं । उहाँले उपमेयर हुँदा गरेको काम जनतालाई स्पष्ट छ । अहिले म यसमा धेरै चर्चा गर्न चाहन्नँ किनभने चुनावलाई हामीले सौहार्दपूर्ण प्रतिस्पर्धामा लैजानुपर्छ भन्ने ठानेका छौं । सबै विषय जनताको बीचमा छ । उहाँले उपमेयरको रूपमा एक कार्यकाल काम गरेर आउनुभएको छ । जनताले मूल्यांकन गरेकै छन् । 


स्थानीय तहको चुनाव धान्नै नसक्नेगरी खर्चिलो भयो भन्ने गरिन्छ । चुनावी खर्चको व्यवस्थापन कसरी गर्नुभएको छ ?

म असाध्यै निम्न आयस्रोत भएको परिवारको मान्छे हो । हामीले अघिल्लो चुनावमा त्यति धेरै खर्च गरेनौं । अहिले पनि चुनावमा प्रशस्त खर्च गर्न सक्ने स्थितिमा छैन । हामी एजेण्डा, कामको कुरा लिएर जनतामा जाने हो ।


Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

सत्तारूढ पाँचदलीय गठबन्धनमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सीट र निर्वाचन क्षेत्र बाँडफाँट मोटामोटीरूपमा टुंगो लागेको छ । गठबन्धन र कांग्रेसले पाएको सीटको विषयलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढेको छ...

भदौ ४, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कृष्ण लीला’की अभिनेत्री हुन् श्रद्धा क्षेत्री । भारतमा जन्मिएकी, भारतमै हुर्किएकी र पढेकी श्रद्धा अडिसनमार्फत नेपाली चलचित्र उद्योगमा भित्रिएकी हुन् । प्रदर्शनका हिसा...

साउन १२, २०७९

सत्तारूढ पाँचदलीय गठबन्धनभित्रका वामपन्थी झुकाव राख्ने दलहरू मिलेर समाजवादी केन्द्र वा मोर्चाको रूपमा उप–गठबन्धन बनाउनेबारे नेताहरूबीच घनिभूत छलफल चलिरहेको छ ।  त्यसमा पनि नेकपा माओवादी केन्द्रका...

भदौ २८, २०७९

सर्वोच्च अदालतबाट भर्खरै अवकासप्राप्त न्यायाधीश तेजबहादुर केसीलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरनिकट भनेर चिन्ने गरिन्छ । चोलेन्द्रमात्र नभई सर्वोच्चमा रहँदा अरु प्रधानन्यायाधीशसँग पनि उनले उत्तिकै निकट रहेर ...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ गठबन्धनमा रहेका दलहरूले आलोचना र विरोध गरिरहेका छन् । राष्ट्रपतिले संविधान उल्लंघन गरेको उनीहरूको तर्क छ । राष्ट्रपतिको कदमविरूद्ध अद...

असोज १७, २०७९

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संसदीय राजनीतिबाट बिदा लिने घोषणा गरेकी छिन् । आगामी मंसिर ४ गते हुने चुनावमा एमालेको उम्मेदवारलाई जिताउन लाग्ने तर, आफू समानुपातिक र प्रत्यक्ष कतै पनि उम्मेदवार न...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x