असार १६, २०७९
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संसदीय इतिहासमा दुईतिहाइको सरकार बन्नु दुर्लभ भए पनि त्यो सरकार पनि माछो माछो भ्यागुतो जस्तो भएको टिप्पणी गरेका छन् । तत्काल...
काठमाडाैं | बैशाख १४, २०७९
प्रतिनिधि सभाका सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाको वडाध्यक्षको टिकट वितरणमा पैसाको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ ।
वीरगञ्ज महानगरपालिका–१ को वडाध्यक्षको टिकटका लागि सोही वडाका बैजनाथप्रसाद साहसँग ५० लाख रुपैयाँ यादवले मागेको आरोप साहले लगाएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्ज महानगरको वडाध्यक्षको उम्मेदवार बनाउन लागेको र अन्तिम समयमा यादवले पैसा मागेर टिकट नदिएको साहले बताए । संघीय प्रतिनिधि सभाका सांसद यादव पनि जनता समाजवादी पार्टीकै हुन् ।
वडाध्यक्षको उम्मेदवार मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेकोमा ५० लाख रुपैयाँ दिने भए मात्रै टिकट दिन सकिने भनेर सांसद यादव स्वयंले भनेको साहले लोकान्तरलाई बताए ।
‘म उम्मेदवारी दर्ताका लागि जुलुससहित आदर्शनगर गएको थिएँ । मेरो जुलुसमा करीब २०० जना सहभागी थिए । त्यहाँ पुगेपछि प्रदीप यादवले वीरगञ्जको पुजन होटल बोलाउनुभयो र उम्मेदवारी दर्ता गर्ने भए ५० लाख दिनुपर्छ भनेर बार्गेनिङ गर्नुभयो । मैले पैसा दिन सक्दिनँ भनेपछि मलाई उम्मेदवारी दर्ता गर्न दिनुभएन,’ साहले भने ।
वीरगञ्ज महानगरपालिका–१ को अध्यक्षमा जसपाबाट मनोज कुर्मीले टिकट पाएका छन् । उनी मनोनयन दर्ताको अघिल्लो दिन मात्रै कांग्रेसबाट जनता समाजवादी पार्टी प्रवेश गरेका थिए ।
‘शुरूमा जसपाकै नेताहरू आएर १ नम्बर वडामा चुनाव लड्ने मान्छे भएन, तपाईंले तयारी गर्नुपर्यो भनेका थिए । राजेशमान सिंहकै मान्छेहरू आएका थिए । उनीहरूले भनेपछि मैले चुनाव लड्ने तयारी गरेको थिएँ,’ साहले लोकान्तरसँग भने, ‘वैशाख १० गते राजेशमान सिंहलाई नै सहभागी गराएर १ नम्बर वडामा ठूलो आमसभा आयोजना गरेका थियौं । त्यहाँ पनि मलाई नै उम्मेदवार घोषणा गरिएको थियो ।’
बैजनाथप्रसाद साह वीरगञ्ज महानगरपालिका–१ मा सामाजिक व्यक्तिका रूपमा परिचित छन् । उनको जीविकोपार्जनको मुख्य स्रोत कृषि हो । सामाजिक काममा योगदान पुर्याउँदै आएका उनलाई वडाध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव आएपछि उत्साहित भएका थिए ।
उम्मेदवारी दर्ता गर्न जाँदाको जुलुसमा सहभागी भएकाहरूलाई छाता मात्रै ३०० वटा वितरण गरेको साहले बताए ।
‘उम्मेदवारी दर्ताको तयारीकै क्रममा मेरो २ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो । वैशाख १० गते गरिएको आमसभामा नै धेरै खर्च भएको थियो । उम्मेदवारी दर्ता गर्न जाने जुलुसका लागि ३०० वटा छाता बाँडेको थिएँ,’ साहले भने ।
निर्वाचनको सबै तयारी गरेपछि अन्तिममा टिकट नदिएर आफ्नो राजनीतिक हत्या गरेको साहले बताए । ‘पैसा नभई राजनीति नहुने रहेछ । पैसाको चलखेल गरेर मेरो राजनीतिक हत्या गरियो । यस्तो होला भन्ने मैले कहिल्यै सोचेको थिइनँ,’ साहले भने ।
यादवको खण्डन
सांसद यादव आफ्नो पार्टीका जुनसुकै तहको टिकटका लागि कसैले पैसाको बार्गेनिङ गर्न नसक्ने बताउँछन् । वडाध्यक्षको टिकटका लागि ५० लाख रुपैयाँको बार्गेनिङ गर्नुभएको भन्ने आरोप छ नि भन्ने प्रश्नमा सांसद यादवले हाँस्दै भने, ‘हाम्रो पार्टीमा यस्तो धन्दा चल्दैन । कसैले पैसाको बार्गेनिङ गर्न सक्दैन । यो विरोधीले हल्ला चलाएको बकम्फुसे कुरा हो ।’
टिकट वितरणमा आफ्नो सहभागिता नहुने पनि उनले बताए । ‘टिकट वितरणमा पार्टीको सिस्टम छ । मैले टिकट दिने होइन,’ उनले भने ।
उम्मेदवारी दर्ताका दिन साहसँग वीरगञ्जको पुजन होटलमा भेट भएको यादवले स्वीकारे । ‘पुजन होटलमा उहाँसँग कुरा भएको हो । मैले मात्रै एक्लै कुरा गरेको होइन । हामी १२–१३ जना थियौं । उहाँको उमेर पनि वृद्धावस्थाको भएको र काम गर्न सक्ने मान्छे उम्मेदवार हुनुपर्ने भएकाले उहाँलाई दाबी छोडिदिनुस् भनेर आग्रह गरिएको हो । पैसा मागिएको होइन,’ यादवले भने ।
विकास र समृद्धिको काम गर्नुपर्ने र उनको उमेरले पनि नसक्ने भएकाले क्षमतावान युवालाई उम्मेदवार बनाउन सहयोग गर्नुहोस् भनेर अनुरोध मात्रै गरेको यादवले बताए ।
‘उहाँको उमेर ६० वर्षभन्दा माथि भइसकेको छ । अहिले वडाध्यक्ष बनाउन नसकिए पनि पार्टीमा सम्मानित स्थानमा राखौंला भनेका थियौं,’ यादवले भने, ‘पैसाको बार्गेनिङ गर्यो भनेर लगाइएको आरोप निराधार र फर्जी छ ।’
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संसदीय इतिहासमा दुईतिहाइको सरकार बन्नु दुर्लभ भए पनि त्यो सरकार पनि माछो माछो भ्यागुतो जस्तो भएको टिप्पणी गरेका छन् । तत्काल...
सत्तारुढ गठबन्धनको बलमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन गठबन्धनकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन थालेका छन् । पूर्व सहमतिअनुसार मुख्यमन्त्री ...
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औं संसद् दिवसका अवसरमा बिहीवार आयोजना गरेको कार्यक्...
नेकपा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभामा विचाराधीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग यतिकै अलपत्र पार्न नमिल्ने बताएका छन् । पार्टीले संसद अवरोध गर...
सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीवार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बज...
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडि दुर्घटनाबाट बचेको छ । रामेछापको गोगनेमा उपसभापति गुरुङ चढेको बा१९च १८३९ नम्बरको स्कोरपियो सडकबाट बाहिर पुगेको थियो । सामान्य दुर्घटनामा कोही केही भएका...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...