जेठ २, २०७९
उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जितेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मान बहादुर केप्छाकी मगर ४ हजार ९४२ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्...
डडेल्धुरा | बैशाख १६, २०७९
सरकारले देशैभरबाट हलिया तथा कमैया मुक्तिको घोषणा गरिसकेको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाकै घरजग्गामा तीन पुस्तादेखि १६ दलित परिवार हलिया बसेका छन् ।
उनको जग्गा कमाएका दलितहरू २०२६ सालमा नै मोही किटान भएका थिए, तर लालपूर्जा भने अहिलेसम्म पाएका छैनन् । देउवा पाँचपटक देशको प्रधानमन्त्री भइसकेका छन । देउवा प्रधानमन्त्री रहँदा हलियामुक्ति र मोहियानी हकको एजेन्डामा मन्त्रिपरिषद्ले गर्ने निर्णय प्रक्रियामा पटक–पटक सहभागी पनि छन् । तर, उनकै जग्गामा बसेका हलियालाई भने अहिलेसम्म मुक्त गरेका छैनन् ।
गन्यापधुरा गाउँपालिको रुवाखोलामा देउवाका हजुरबुवाको पालादेखि नै दलित परिवार हलिया बसेका हुन् । देउवाको परिवार पहिलेदेखि नै हुने खानेमा गनिन्थ्यो ।
देउवा परिवारले पुस्तौंदेखि राखेका दलित परिवार हलियाबाट करीब १० वर्ष अगाडिदेखि मुक्त भए । तर, उनीहरूले देउवा परिवारको जग्गा कमाएबापत पाउनुपर्ने मोहियानी हक भने अहिलेसम्म पाएका छैनन् ।
शेरबहादुरका ६ दाजुभाइमध्ये कोही गाउँ छाडेर तराई झरेका छन् त केही काठमाडौंमै घरजग्गा किनेर बसेका छन् । तर, उनकै परिवारमा तीन पुस्ता हलिया बसेका कमैयाले मोहियानी किटान भएको ५२ वर्षसम्म पनि लालपूर्जा पाएका छैनन् ।
यहाँका दलित परिवारले २०२६ असारमै मोहियानी हकको प्रमाणपत्र पाए । तर अहिलेसम्म कसैले पनि त्यो मोहीबाट छुट्टिएको जग्गाको लालपूर्जा भने पाएका छैनन् । ती दलित परिवारले प्रधानमन्त्री देउवाकै बुवा प्रसादसिंहले दिएको प्रतिपरिवार १ रोपनी १३ आना जग्गाको लालपूर्जा मागेको ५ दशक भैसक्यो ।
शेरबहादुरका बुवा र हजुरबुवाले मोहियानीलाई मोही हक त दिए, तर उनीहरूले लालपूर्जा भने अझै पाउन सकेनन् । प्रधानमन्त्री देउवा गाउँमै नफर्कने हुँदा मोहियानी लागेका दलित र गैरदलित परिवारले भेट्नै पाउँदैन ।
चुनावमा भोट हाल्न हेलिकप्टरबाट पुगेको मौका छोपी ४ पटक दलित परिवारले लालपूर्जा दिलाई पाऊँ भन्दै देउवालाई नै सादा बिन्तीपत्र चढाइसकेका छन् । तर, देउवाले चासो नदिँदा हकबाट वञ्चित भएको उनीहरूको गुनासो छ ।
देउवाले एकपटक मौखिक निर्देशन मात्र दिए पनि आफूहरूले लालपूर्जा पाउने उनीहरूको विश्वास छ । तर बेवास्ता गर्दा लालपूर्जाविहीन भएर बस्नुपरेको मोहियानी हकदार मानबहादुर सार्कीले बताए ।
‘देउवाकै कारण हामी कांग्रेस भया हौं । हामीले अहिलेसम्म भोट उनैलाई दिया छौंं । यति जग्गाको लालपूर्जा दिया हुन् भने जिन्दगीभर उनैलाई भोट हाल्न्या थियौं,’ मानबहादुरले भने ।
उनका अनुसार दलित मात्रै नभएर गैरदलित पनि देउवा परिवारको जग्गामा मोहियानी हकदार छन् ।
मानबहादुरले थपे, ‘हरेकपटक चुनावमा भोट हाल्न मात्रै आउँछन् । यसअघि पनि तीनपटक भोट हाल्न आउँदा हाम्रो समस्या राख्या हौं । देउवाले हुन्छ भन्या हुन्, तर शहर गएपछि बिर्सिगए ।’
मोहियानी हकका अर्का दाबेदार मल्के सार्की पनि लालपूर्जा पाइने आशामा मोहीको कागज देखाउन आइपुगे । देउवाको घर खोज्दै जाने क्रममा बाटोमा भेटिएका उनले छोटो कुराकानीमै आफ्नो समस्या सरकारलाई सुनाइदिन आग्रह गरे ।
देउवासम्म फेरि एकपटक कुरा पुग्यो भने लालपूर्जा पाइन्थ्यो कि भन्ने उनको आशा छ । त्यहीबीचमा हामीलाई केहीबेर रोकेर मोहियानी हकको कागजपत्र देखाउन आइपुगेका थिए, उनी ।
स्थानीय बलबहादुर सार्की पनि देउवासँग कहिल्यै भेट नहुने र आफ्नो आवाज सुनिदिने कोही नभएको दुखेसो गर्छन् ।
उनले भने, ‘वडामा गएर बुझ्दा अधिकार हो, पाइन्छ भन्छन् । लौ दिलाइदिनुस् भन्यो जिल्ला प्रशासन कार्यालय जाऊँ भन्छन् । ऋण धन गरेर जिल्ला प्रशासन गएर सोध्यो माथिको निर्देशन आएको छैन भन्छन् ।’
उनले थपे, ‘हामी गरीब दुःखी कहाँ गएर बौलौं ? कसैले हाम्रो कुरै सुन्दैनन् ।’
बाबुकै नाममा अहिलेसम्म लालपूर्जा नहुँदा छोराहरूलाई गाह्रो परिरहेको मानबहादुरका छोरा श्यामबाहादुरले लोकान्तरलाई बताए ।
छाक टार्न तराईका जिल्लामा दैनिक ज्यालामजदूरी गर्दै आएका उनी आफन्तको बिहेका लागि भनेर गाउँ आइपुगेका रहेछन् ।
‘चुनाव अगाडि के–के न हुन्छ भन्दै भोट हाल्न दौडधूप गर्छौं । भोट हालेर आयो आफ्नो समस्या वर्षौंसम्म जस्ताको तस्तै,’ उनले दुखेसो पोखे ।
पाँचपटक आफ्नै गाउँठाउँका व्यक्ति प्रधानमन्त्री हुँदा पनि आफूले भने उनैबाट पाउनुपर्ने मोहियानी हकको लालपूर्जा नपाएको उनले बताए ।
‘हामीले जान्दादेखि प्रधानमन्त्री हुनुहुन्छ, उहाँ (देउवा) आउँदा भेट्न समेत पाइँदैन,’ श्यामबहादुरले लोकान्तरसँग भने ।
नातामा शेरबहादुरको देउवाको काकी पर्ने राजुदेवी देउवा (६७ वर्ष) ले आफ्नो परिवारको धेरै जग्गा जमिन रहेको र आफूहरूले काम गर्न नसक्दा अधियाँमा कमाउन दिएको बताइन् ।
कति जमिन आफूले काम गर्न नसक्दा बेचेको त कति अधियाँमा कमाउन दिएको उनको भनाइ थियो ।
राजुदेवीका अनुसार शेरबहादुरका बुवाका तीन भाइ थिए । उनीहरू एउटैको भागमा २२ नाल (२२ हल गोरुले जोत्ने) जग्गा परेको उनी बताउँछिन् ।
शेरबहादुरका बुवा प्रसादसिंह गाउँकै धनीमानी मानिन्थे । घरमा घोडा पालेको थिए भने हलिया र कमैयाले सबै काम गरिदिने गरेको पनि उनी सम्झिन्छन् ।
शेरबहादुरका ६ दाजुभाइमध्ये कसको भागमा कति जग्गा पर्यो र के गरे भन्ने विषयमा भने आफूलाई थाहा नभएको उनको भनाइ छ ।
देउवाका बुवा र आफूहरूको भागमा परेको जमिन कमाउन दिएको उनले बताइन् ।
‘कित्ना जग्गा कमाउन दिया हौं भन्ने भुलिगयाँ । २२ नाल जमिन एकाका भागमा परियाथ्यो,’ राजुदेवीले भनिन्, ‘अहिले मोहीमा पाया छन्, पूर्जा सरकारले दिया छैन ।’
सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा गर्दै सुदूरपश्चिमका ९ र मध्यपश्चिमका ३ गरी १२ जिल्लामा हलिया मुक्त गरेको थियो ।
यी १२ जिल्लाका १६ हजार ९५३ हलिया परिवारको नाममा रहेको ऋण तत्कालीन सरकारले खारेज गरेको थियो । सरकारले यी हलियालाई चार वर्गमा वर्गीकरण गरेर पुनःस्थापनाको कार्यक्रम ल्याएको थियो ।
मुक्त हलियालाई जग्गा खरिद तथा दर्ता र घर निर्माण तथा मर्मतसम्बन्धी अनुदान उपलब्ध गराएर पुनःस्थापना गर्ने नीति लागू भएको थियो ।
तर देउवाकै परिवारसँग जोडिएका हलियाहरू आजसम्म लापूर्जा नपाएर पीडामा छन् ।
हेर्नुहोस्, भिडियो :
उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जितेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मान बहादुर केप्छाकी मगर ४ हजार ९४२ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्...
पाल्पाको रामपुर नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दोवराज तिवारी (गोविन्द) निर्वाचित भएका छन् । सोमवार साँझ सम्पन्न वडाको मतगणना अनुसार तिवारी सहित सिङ्गो कांग्रेसको प्यानल विजयी ...
सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एकीकृत समाजवादी (एस)ले जीत हात परेको छ । यसअघि उदयपुरको उदयपुरगढीमा पहिलो जीत हात पारेको नेकपा एसले कपुरकोटमा दोस्रो जीत दर्ता गरेको हो । पालिका अध्यक्षमा...
भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित गरिएको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले लोकान्तरलाई जा...
भरतपुर महानगरपालिकामा अवरुद्ध मतगणना शुरू गर्ने विषयमा सहमति जुटाउन सर्वदलीय बैठक शुरू भएको छ । सोमवार राति पौने १२ बजेदेखि सर्वदलीय बैठक शुरू भएको हो । मतगणनाको क्रममा धाँधली गर्न खोजे...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले ८ हजार २ सय ४८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४ हजार ३४२ मत पाएका छन् । बालेन र ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...