असार १२, २०७९
कति राम्री सान्नानी दिल बस्यो हीरैमा, ओठमा लाली सान्नानी शिरफूल शिरैमा । जाम पोखरा मिनीबसैमा ... । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत...
६ महिनाअघि दिनेश ढकालको शब्द, संगीत र स्वरमा सार्वजनिक भएको गीत हो, ‘कालो केशमा रेलिमई’ ।
गीत सार्वजनिक भएसँगै टिकटक, युट्युब हुँदै सर्वत्र लोकप्रिय बन्यो । थुप्रै सेलिब्रेटीहरूले समेत गीतमा टिकटक बनाए । युट्युबमा १ करोड २८ लाख बढी भ्युज पाइसकेको गीत अहिले पनि शहरका रेष्टुरेण्टदेखि ग्रामीण क्षेत्रमा समेत उत्तिकै सुन्ने गरिन्छ ।
पुरुष आवाजमा मात्र गुञ्जिएको गीत अब भने स्रोता एवं दर्शकले महिला आवाजमा समेत सुन्न पाउने भएका छन् । ‘कालो केशमा रेलिमई’ फिमेल भर्सनमा पनि आउने भएको हो ।
‘फुलबुट्टे सारी’, ‘टाढा भएपनि’, ‘आँखामा आउने सपनी’जस्ता हिट गीतको भिडियो ल्याएको केन्द्र मोशन पिक्चर्सले ‘कालो केशमा रेलिमई’को फिमेल भर्सन ल्याउन लागेको हो ।
केन्द्र मोशनले शुक्रवारमात्रै ‘कालो केशमा रेलिमई’का सर्जक दिनेशसँग सहकार्य गर्ने सम्झौता गरेको हो ।
‘उहाँसँग सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । अहिलेलाई उहाँको चर्चित गीत ‘कालो केशमा रेलिमई’ फिमेल भर्सनमा ल्याउने सम्झौता भएको छ,’ केन्द्र मोशन पिक्चर्शका सिईओ अर्बिन पोमु लिम्बुले लोकान्तरसँग भने, ‘विस्तारै अन्य प्रोजेक्टहरूमा पनि उहाँसँग सहकार्य हुनेछ ।’
उनले गायक दिनेशसँग सहकार्य गर्ने आफूहरूको अलि पहिलेदेखिकै सोच रहेपनि अहिले जुरेको बताए । चित्तबुझ्दो हिसावले पारिश्रमिक दिएर ‘कालो केशमा रेलिमई’को फिमेल भर्सन ल्याउन लागेको उनले बताए ।
फिमेल भर्सनका लागि 'डमी' तयार भइसकेको उनले जानकारी दिए । ‘केही गायिकाहरू छनोट गरेर कसलाई गाउन दिँदा राम्रो हुन्छ त्यहिअनुसार अगाडि बढ्छौं,’ केन्द्र मोशनका सीईओ लिम्बुले भने, ‘गीतमा नयाँ टेष्ट पाउनुहुनेछ । पहिलेभन्दा अझ राम्रो बनाउने प्रयास गर्नेछौं । एक, डेढ महिनामा गीत सार्वजनिक गर्नेछौं ।’
सर्जक एवं गायक दिनेशले पनि केन्द्र मोशन पिक्चर्ससँग जोडिन पाउँदा खुशी व्यक्त गरे ।
‘उहाँहरूको काम एकदमै राम्रो छ । गीत, भिडियोको क्वालिटीदेखि, प्रोमोशनका कुराहरू उहाँहरूले अलि प्रोफेसनल्ली हिसावले नै गर्दै आउनुभएको छ,’ दिनेशले भने, ‘त्यहाँको धेरै कन्टेन्टहरू पनि राम्रो छ ।’
दिनेशले यतिबेला ‘कालीगंगा तीर, दुई वचन हाँसेर बोल कसलाई छ नी पिर’बोलको गीत तयारी गरिरहेका छन् । ‘लोक प्याटनकै गीत हो । कालो केशमा नगरेको प्रयोग यसमा गर्न खोजेको छु । हेरौं कस्तो हुन्छ’ उनले भने, ‘गीत र भिडियो बनेर सार्वजनिक हुन अझै एक–डेढ महिना लाग्ला ।’
कति राम्री सान्नानी दिल बस्यो हीरैमा, ओठमा लाली सान्नानी शिरफूल शिरैमा । जाम पोखरा मिनीबसैमा ... । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत...
पूर्व प्रशासक एवं गीतकार बुद्धिसागर लामिछाने ‘सागर बाबु’को गीति संग्रह ‘तृष्णा’को लोकार्पण भएको छ । बिहीवार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरी गीति संग्रहको लोकार्पण गरि...
लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महा...
तीज आउन दुई महिना बाँकी रहँदा तीज गीत सार्वजनिक हुने क्रम शुरू भएको छ । असार १५ सँगै तीज गीत सार्वजनिक हुन थालेका हुन् । लोक गायक खुमन अधिकारी र लोक गायिका शान्तीश्री परियारको स्वरमा ‘थरी थ...
चलचित्र ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ बोलको नयाँ गीत शुक्रबार सार्वजनीक गरिएको छ । दीपक वली निर्देशीत चलचित्रको गीतमा रवि ओड र सुनीता कार्कीको स्वर,डा. डिआर उपाध्यायको शब्द र ...
डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति भएको रियालिटी शोको ग्रान्ड फिनालेमा उनीहरुलाई विजेता घोषित गरियो । उनीहरुले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...