बैशाख २५, २०७९
अध्येता कृष्णप्रसाद पराजुलीले संज्ञानात्मक भाषा विज्ञान (कग्निटिभ लिङ्ग्विस्टिक्स)मा विद्यावारिधि गरेका छन् । संज्ञानात्मक भाषा विज्ञानमा विद्यावारिधि गर्नेमा पराजुली नेपालकै पहिलो व्यक्ति भएको दाबी उनले गरेक...
राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
महासंघद्वारा सोमवार आयोजित ‘अपाङ्गता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँचका अवस्था लेखाजोखा रुजुसूची माथिको छलफल’ कार्यक्रममा महासंघका महासचिव सन्तोष केसीले सांकेतिक भाषाका शब्द ४ हजार ७०० मात्रै रहेकाले यो भाषाको विकास गर्न सांकेतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्न सरकारसमक्ष आग्रह गरे ।
महासंघले ७५३ वटै स्थानीय तहमा दोभाषेको व्यवस्था र हरेक सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्नुपर्ने र त्यसको लागि दोभासे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने, बहिरा व्यक्तिको सीप, क्षमता र आवश्यकताको आधारमा रोजगारीको व्यवस्था गर्नुपर्ने समेत माग गरेको छ ।
महासंघले नेपालमा अपाङ्गता भएका व्यक्तिको सूचना र सञ्चारमा अवरोध (सरकारी कार्यालय, निजी क्षेत्र, सार्वजनिकस्थल)मा के–के छन्, कसरी पहँचयुक्त बनाउन सकिन्छ भन्ने विषयमा रुजुसूची निर्माण गरी अध्ययन गर्ने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गर्न लागेको ‘भौतिक संरचना सूचना तथा सञ्चार निर्देशिका’को मस्यौदामा ‘सरकारले सूचनालाई सकेसम्म दोभासे वा सांकेतिक भाषाको माध्यमबाट प्रकाशन/प्रसारण गर्ने’ भनेको ठाउँमा ‘सूचना तथा सञ्चार प्रकाशन गर्दा दोभासे, क्याप्सनिङ र सांकेतिक भाषामार्फत प्रसारण गर्ने’ भन्नुपर्ने सुझाव समेत दिइएको छ ।
मस्यौदामा समावेश सकेसम्म भन्ने शब्द हटाउनुपर्ने महासंघको भनाई छ । राष्ट्रिय अपाङ्गता महासंघ नेपालका महासचिव राजु बस्नेतले पूर्णरूपमा अपाङ्गतामैत्री भौतिक संरचनालाई व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । युनिसेफद्वारा प्रकाशित एक प्रतिवेदन अनुसार अनुसार ५ देखि १२ वर्ष उमेरका कूल अपाङ्गता भएका बालबालिकामध्ये ३० प्रतिशत बालबालिका अझै विद्यालयभन्दा बाहिर छन् ।
अध्येता कृष्णप्रसाद पराजुलीले संज्ञानात्मक भाषा विज्ञान (कग्निटिभ लिङ्ग्विस्टिक्स)मा विद्यावारिधि गरेका छन् । संज्ञानात्मक भाषा विज्ञानमा विद्यावारिधि गर्नेमा पराजुली नेपालकै पहिलो व्यक्ति भएको दाबी उनले गरेक...
शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगतरुपमा...
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने...
मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ । मंगलवार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत वि...
युरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ। बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि EUNOIA नामक पाठ्यक्रमको सुरुवात गरेको हो। यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गिण विकासको लागि...
जेठबाट शिक्षण संस्था पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । विद्यालय समय बिहान १० ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...