असार १२, २०७९
युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेमा रहेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ । कम्पनीले लेलेस्थित महादेव खोलाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ...
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले यतिबेला आक्रमक बजार लिइरहेको छ । कम्पनीको उत्पादनहरू आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजार वा भनौं बाह्य बजारमा पनि निकै मागका साथ निर्यात हुँदैछ ।
टाटा मोटर्सले इन्धनबाट चल्ने सवारी उत्पादनसँगै बिजुलीबाट चल्ने सवारी उत्पादनमा पनि उत्तिकै चासो देखाइरहेको छ । कम्पनीले नयाँ भेरियन्टका गाडीहरू सार्वजनिकसँगै आफ्नो उत्पादन क्षमता पनि बढाएको छ ।
यस्तैमा हालै टाटा टियागोको ४ लाख औं गाडी बिक्री भैई सकेको छ । टाटा मोटर्सको भारतको गुजरातस्थित सनान्द प्लान्टबाट बिहीबार ४ लाख औं टियागो बिक्रीको लागि बाहिरिएको थियोे । टियागो एक मानक ह्याचब्याग हो, जसले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ । टाटा मोटर्सको उत्पादनमध्ये यो कोशेढुंगा पार गर्ने टियागो पहिलो गाडी हो ।
टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पायो । यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त छ । अझ विशेष पहिलो पटक गाडी किन्ने ग्राहकहरूलाई टियागोको विशेषताहरूका कारण लोभ्याउन सफल छ । टियागो सुरक्षा र विशेषताहरूसँगै स्टाइल र आवरणका कारण पनि विशेष छ ।
१२०० सिसी डिस्प्लेसमेन्ट भएको टाटा टियागोमा १.२ लिटर एस्पिरेटेड, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ । जसले ६,००० आरपिएममा ८६ पिएस पावर र ३,३०० आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ ।
टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ । टाटा टियागोले प्रतिलिटर २०।०९ किलोमिटरसम्मको माइलेज दिन्छ ।
टाटाको टियागो सुरक्षाको हिसाबमा पनि अब्बल छ । कम्पनीले टियागो निर्माण समय यात्रु सुरक्षालाई विशेष ध्यानमा राखेको छ । ग्लोबल एनक्याप परीक्षणमा टियागोको चार स्टार रेटिङ पाएको छ । यसले गाडी निकै सुरक्षित छ भन्ने साबित गर्छ ।
टियागोमा डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले (गाडी ब्याक गर्दा पछाडि के छ भन्ने हेर्न मिल्ने स्क्रिन), इबिडी र सिएससी (कर्नरिङ स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर (गाडी गुडिरहेको समय ढोका खुल्दैन), डिफ्रगरसहितको रिअर वास वाइपरलगायत विशेषताहरू छन् । त्यस्तै, गाडीमा पंचर रिप्यर किट पनि राखिएको छ ।
गाडी जति सुरक्षित छ, उत्तिकै आरामदायी पनि छ । टाटा मोटर्सले टियागो उत्पादन समय गाडीको भित्री भागको डिजाइनिमा पनि विशेषत ध्यान पुर्याएको छ । टियागोको भित्री भाग निकै फराकिलो छ । चालक र यात्रुको लागि गाडीमा पर्याप्त ठाउँ छ। गाडीमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन् ।
टियागोको ड्यासबोर्ड सफा र डुअल टोन (दुई रंग) मा छ । ड्राइभर सिट पनि चालकले आफू अनुकुल मिलाउन सक्ने भएकाले गाडी चलाउनेलाई सहज हुन्छ । गाडीको अगाडि भागको सिटहरूको हेडरेस्ट छ । यसलाई चालक र यात्रुको सहजताको आधारमा मिलाउन सकिन्छ ।
त्यस्तै, यसमा कुल्ड ग्लोबबक्स र बीचमा कप होल्डर पाउन सकिन्छ । कुल्ड ग्लोबबक्समा यात्राको समय आवश्यक पानी, पेय पदार्थ, फलफूल लगायत खानेकुराहरू राख्न सकिन्छ । यसो गर्दा ती वस्तुहरू गाडी भित्र तात्तिने समस्या पनि हुँदैन ।
टियागोमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । साथै, ७ इन्चको इनफोटेनमेन्ट स्क्रिन छ । यसमा एप्पल कार प्ले र एनड्रोइड अटो कनेक्टिभिटी विशेषता पनि समावेश छ ।
गाडीमा ८ वटा स्पीकर छ जसले गर्दा हरेक सिटमा बस्ने व्यक्तिले उत्तिकै आवाज र बेसमा गीत अथवा अन्य अडियो सुन्न सक्छन् ।
टाटा मोटर्सले जति टियागोको आन्तरिक विशेषता, सुरक्षा र आरामदायिकतामा काम गरेको छ । उत्तिकै ध्यान गाडीको स्टाइल र बाहिरी आवरणमा पनि दिएको छ ।
पाँच सिटर टाटा टियागो भारतमा निर्मित गाडी हो । यसको बाहिरी डिजाइन निकै स्टाइलिस र स्पोर्टी छ । यसको एंगुलर हेडल्याम्प, क्रोम गार्निस्ड फग ल्याप्प, पियानो कालो रंगमा रहेको रिअर मिररलगायतले गाडीलाई निकै आकर्षक देखाएको छ।
यसको हेडलाइट पनि चकिलो छ । टियागोमा डुअल टोन बम्पर छ, जसले गर्दा गाडीलाई स्टाइलिस देखाएको छ । त्यस्तै, टियागोमा १५ इन्चको अलोय ह्विल पाउन सकिन्छ । अलोय ह्विलहरू डायमन्ड कट हुनुका साथै डुअल टोन रंगमा छ, जसले गाडी निकै प्रिमियम देखिन्छ ।
गाडीको पछाडि भाग र फिनिसिङमा पनि कम्पनीले विशेष प्राथमिकता दिएको छ । यसको टेललाइट ट्रेन्डी बुमर आकारको छ । टियागोमा १७० एमएम ग्राउन्ड क्लेरेन्स र २,४०० एमएम ह्विलबेस छ ।
टियागोको डिकी क्षमता पनि बढी छ । २४२ लिटरको डिकी क्षमता छ ।
युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेमा रहेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ । कम्पनीले लेलेस्थित महादेव खोलाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ...
कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वहरूरा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । ...
सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं. २५ स्थित असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. ...
अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ। नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न स...
सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा विस्तारलाई जारी राखेको छ । यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित तोरीबारीमा असार ६ गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्राभर...
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सोमवार एक कार्यक्रमका बीच महिन्द्राले नयाँ एसयुभी सार्वजनिक ग...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...