साउन २६, २०७९
सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदल...
जाजरकोट | बैशाख २३, २०७९
जाजरकोट बारेकोट गाउँपालिका–२, रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भएका उनलाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन दिएका थिए ।
'चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भनेका थिए,' उनले दुःखेसो पोखे, 'तर जितेर गएपछि एउटा बैशाखी पनि दिएनन् ।'
यस्तै भेरी नगरपालिका–११ कटीगाउँका डेढसयभन्दा बढी घरपरिवार हाल ऋणगरी जीविकोपार्जन गर्न बाध्य भएको स्थानीय बताउँछन् । ऋण तिर्नका लागि स्थानीय भारतसहित अन्य मुलुकमा गइरहेका छन् भने केही परिवार गाउँबाट विस्थापितसमेत भइसकेका छन् ।
निर्वाचनका बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने वाचा गरे पनि जितेर गएपछि गाउँ फर्केर नआएको कटिगाउँका नरबहादुर वरले बताए ।
'हामी त भोट बैंक मात्रै भयौँ, मत माग्नका लागि चुनावैपिच्छे झुटो आश्वासन दिन्छन्, जितेपछि गाउँलाई फर्केर पनि हेर्दैनन्,' उनले भने । यसपटक ऋण तिर्ने गरी आयआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।
वर्षौँदेखि दलहरूले सपना मात्रै बाँडिरहेको वर बताउँछन् । 'गाउँमा मजदुरी नपाउँदा अधिकांश युवा कमाइ गर्न भारत गएका छन्, पुर्ख्यौली पेशा पनि संकटमा परेपछि जीविकोपार्जनमा समस्या हुँदै आएकोमा कसैले चासो दिएका छैनन्,' उनले भने । गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेका वाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ ।
झन्डै तीन–चार वर्षदेखि यस गाउँका अधिकांश नागरिक ऋण गर्दै दैनिक गुजारा गर्नुपर्दा गाउँ छाड्न बाध्य बनेका पाइन्छ । हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्ने दलहरूले दलित समुदायको समस्याका कुरा वर्षौँदेखि बिर्सिरहेको उनीहरूको गुनासो छ ।
'गरीब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकोमा निकै दुःख लागिरहेको छ, यसअघिको निर्वाचनमा गरेका वाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने बेला आएको छ,' कुशे गाउँपालिका–४ का दत्तबहादुर नेपालीले भने । लिखित प्रतिबद्धताविना मत नदिने उनको तर्क छ ।
'अहिले त हामी गाउँका सबैले उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौँ,' उनले थपे, 'नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्ने बाध्यता छ ।'
यस भेगका दुई हजारभन्दा बढी परिवार मजदुरी गर्न बाहिर गएको नेपालीले बताए । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेण्डा फेरि दोहोरिएको नलगाड नगरपालिका–३ का गंगराम नेपालीले बताए । 'यसपल्ट पनि हाम्रा लागि फकाउने पूरानै एजेण्डा मात्रै छन्,' उनले भने, 'अब त यो चुनावमा पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।'
सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदल...
‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बिहीवार उक्त विधेयक प्रमाणीकरण गर...
प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको हक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक अध्ययन, अभिलेखीकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको...
नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।&...
सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको छ । बिहीबार बसेको सत्ता गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार ...
नेकपा एमालेले ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवक...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...