साउन २१, २०७९
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
मेडिटेरियन परिकार विश्वभरकै स्वस्थबर्द्धक खाना मानिन्छ । सबैजसो खानाका परिकारका लागि चाहिने सामग्री ताजा मात्र प्रयोग गर्नु र पकाएर भण्डारण नगरिने हुँदा यी खालका खानाका परिकार धेरै देशमा लोकप्रियता बढ्दै जानु हो ।
भूमध्य सागरको आसपासमा रहेका सम्पूर्ण देशले यो खालका परिकारको आविष्कार गरेको मानिएको छ । जैतुनको तेल र कागतीको रस पर्याप्त मात्रमा प्रयोग गरिने यी देशको खानाको स्वाद र ताजापन नै भिन्न छ ।
तारेको खाना र घ्यू–तेल कम खान रुचाउने यी देशको खानाको रेसिपी सामान्य देखिएता पनि स्वादमा विविधता छ । धेरै देशले अँगाल्न थालेको मेडिटेरियन परिकार भारतमा धेरै सेलिब्रेटीले नियमित सेवन गर्छन् । यो खालको खाना शरीर फिटनेस राख्न धेरै सहयोगीसिद्ध मानिएको छ ।
यहाँ हामीले चर्चा गर्न लागेको परिकार पनि निकै स्वस्थबर्द्धक मेडिटेरियन खाना पिता पकेटको हो । जुन नेपालमा पनि पछिल्लो समय निकै चर्चामा छ ।
पिता पकेट बनाउन चाहिने सामग्रीः पिता ब्रेड ४ पिस, जुलिएन काटिएको भेडे खुर्सानी, टमाटर, प्याज, काँक्रो, अनार दाना, सलाद पत्ता, चुकन्दर सबै मिसाएर २५० ग्राम, कागतीको रस ३ चिया चम्चा, जैतुनको तेल २ चिया चम्चा, ह्याङ्ग कर्ड २ चिया चम्चा, चप पास्र्ली, धनियाँ, पुदिना २ चिया चम्चा, तहिनीसस १ चिया चम्चा, मोलासिस सस १ चिया चम्चा, नून स्वाद अनुसार ।
पिता पकेट बनाउने विधिः पिता ब्रेडलाई बीचमा काटेर हाफ मुन बनाउने र फट्याएर एक साइडमा राख्ने । पिता पकेट बनाउन मैदा, इस्ट, सुगर, नून, पानी, दूध हालेर ओभन या तावामा सहजै बनाउन सकिन्छ, जुन पूर्णरूपले फुलेको हुन जरुरी हुन्छ । माथि दिएका सब्जी र सस मिसाएर पिता ओअकेटमा १–१ गरेर भर्ने र सिंगल बाइटका रूपमा सर्भ गर्ने । सब्जीजस्तै चिकन या बिफर बफको पनि पिता पकेट बनाएर सर्भ गर्न सकिन्छ । पिता पकेटमा चिकन या पनिर सोर्मा बनाएर पनि सहज रूपमा सर्भ गर्न सकिन्छ ।
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
‘विश्व आदिवासी दिवस’ आइरहँदा सधैं झै एउटा कुराको स्मरण आइरहन्छ । विभिन्न जातजातिको भेषभुषामा सजिएर टुँडिखेलको मैदान वा कुनै गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका केही प...
जब हामीले अल्कलाइन डाइटको विषयमा कुरा गर्छाैं भने पीएच लेबलको पूर्ण सम्झना हुन्छ । अल्कलाइन डाइटलाई एसिड अल्कलाइन डाइट या अल्कलाइन एस डाइट भनेर पनि चिनिन्छ । यस डाइटले हाम्रो शरीरमा पीएच लेबल मेन्टेन गर्न मद्दत...
सुरेन्द्र नेपाल श्रेष्ठ एउटा अचानो र चुलेसीले चलेको चुल्हो देखेका हामी गाउँले नेपाली २५ वर्ष अगाडि बेलायत आएपछि रंगरंगका चप बोर्ड र चक्कु देख्दा अचम्म नलाग्ने कुरा नै भएन । मासु होस् वा माछा, सागपात हो...
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
खुर्सानी भन्नासाथ सबैको मुखमा पानी ओइरिन थाल्छ । हुन पनि चिज नै त्यस्तो ! खुर्सानी विनाको कुनै पनि परिकार बेस्वादे लाग्छ । अझ नेपालीका लागि त खुर्सानी विना सोच्न पनि गाह्रो हुन्छ । डल्ले खुर्सानी, जिरे खुर्सान...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...