×

X
Dabur
Nic Asia
Marvel

साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

सप्तरी | बैशाख २४, २०७९

TVS INSIDE

भोजभतेरमा खाना बनाउन बोलाई साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो ।

मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत वर्ष असोज ८ गते हत्या गरेको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गरिएको थियो । महतोको शव सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा हत्याको भोलिपल्ट फेला परेको थियो ।

Vianet communication
Maruti inside

शव फेला परेपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौति दिएका थिए । पक्रन प्रहरी सक्रिय भएपछि उनी फरार भई भारतको बिहारमा लुकेर बस्दै आएका थिए ।

आरोपित मियाँ यसअघि विक्रम संवत् २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका–७ बाट १ थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका थिए । तत्काल पुर्पक्षका लागि कारागार चलान भएका उनी जरिवानापश्चात ९ महिनापछि रिहा भएका थिए । 

जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रनाउ काफ्लेका अनुसार मियाँ अवैध लागूऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने आपराधिक समूहका व्यक्ति हुन् ।

TATA Below
NLIC
साउन २५, २०७९

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत ५ मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी बुधवार सार्वजनिक ग...

साउन २४, २०७९

प्रहरीले जबरजस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका १ व्यक्तिलाई प्रहरीले मंगलवार काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज/वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुर...

साउन २४, २०७९

काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँमा ७५ वर्षीय एक वृद्धको घरमा ७ जनाको समूहले चोरी गरेर फरार भएको छ ।  प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार चोर साढे २ तल्लाको घ...

साउन २५, २०७९

भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वि...

साउन २५, २०७९

मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो । रौनिय...

साउन २४, २०७९

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट १० किलो अवैध लागूऔषध गाँजासहित धादिङको थाक्रे गाउँपालिका–३ बस्ने २० वर्षीय तेज तामाङलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।  धादिङबाट काठमा...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x