×

X
Dabur
Nic Asia
Marvel

ओलीप्रति झाँक्रीको कटाक्ष- चन्द्रमामा भर्‍याङ लगाउनेजस्ता कथाहरूले जनताको भोको पेट भरिँदैन

बुटवल | बैशाख २४, २०७९

TVS INSIDE

शहरी विकासमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गलत पात्र र प्रवृत्तिलाई परास्त गर्ने समय आएको बताएकी छन् ।

IME BANK INNEWS
morang Auto yamaha

आसन्न स्थानीय तहको निर्वाचनले संसद विघटन गर्ने एमालेलाई परास्त गर्ने दाबीसमेत गरिन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

पाँच दलीय गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायमूर्तिका रुपमा रहेका मतदाताले आफ्नो सचेतनापूर्ण गठबन्धनका उम्मेदवारलाई दिने विश्वास व्यक्त गरिन् । 

एमालेतर्फ लक्षित गर्दै सचिव झाँक्रीले पटक–पटक भोट हालेर नेतृत्वमा पुर्‍याउँदा पनि सुकुम्बासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ‘ज्युँका त्युँ’ राख्ने दललाई चिन्ने बेला आएको बताइन् । 

Vianet communication
Maruti inside

उनले गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरू परिवर्तनकारी हुन नसक्ने उल्लेख गर्दै उनले भनिन्, ‘प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनको लागि काम गर्न सक्दैन ।’ 

‘स्याटलाइटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने, सुन्दै रोमाञ्चक बनाउने कथाहरूले जनताको भोको पेट भरिँदैन,’ एमाले र त्यसका अध्यक्ष ओलीमाथि खनिएकी उनले भनिन्, ‘यी सबै कामहरू पूर्ववर्ती केपी ओलीको सरकारले गर्‍यो, त्यसैले हामीले त्यस्तो विचारलाई परास्त गर्नैपर्छ ।’ 

उनले यिनै प्रवृत्ति परास्त गर्न गठबन्धनको आवश्यकता भएको बताइन् ।
 

TATA Below
NLIC
साउन २५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणका क्रममा आफूले प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न आग्रह गरेको बताएका छन् । ५ दिने जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्...

साउन २५, २०७९

प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।  संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एकचौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि संख्या नपुगेपछि स्थगित भएको हो । ...

साउन २५, २०७९

‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन् । ...

साउन २५, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न हुने बताएका छन् । मन्त्री पौडेलले बुधवार हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा च...

साउन २५, २०७९

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला–जिल्लामा चुनावी माहोल तात्न थालेको छ । मंसिर ४ गतेका लागि घोषित निर्वाचनको टिकट हत्याउन नेताहरूको दौडधूप शुरू भएको छ । टिकटका आका&...

साउन २५, २०७९

सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व मन्त्र...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x