×

X
Dabur
Nic Asia
Marvel

वीरेन्द्रनगरको मुख्य चुनावी मुद्दा खानेपानी

काठमाडाैं | बैशाख २४, २०७९

TVS INSIDE

प्रचण्ड गर्मीमा स्थानीय तह निर्वाचनले वीरेन्द्रनगर थप तातेको छ । पार्टीका चुनावी प्रचार अभियानहरू घरदैलोसम्म पुगेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

उम्मेदवारलाई यतिबेला भोट माग्न भ्याइनभ्याइ छ । भोट माग्ने उम्मेदवारका लागि चुनौतीपूर्ण एउटै माग छ, खानेपानीको समस्या । अघिल्ला निर्वाचनमा वीरेन्द्रनगरबासीको आवाज थियो, “अब खानेपानी समस्या एजेण्डामात्र नबनोस् । समाधान पनि होस् ।” तर त्यो आशा पनि निराशामै परिणत भयो । अन्ततः यसपटक पनि तिनै दल र उम्मेदवारले खानेपानीकै विषयमा मतदाताबाट गाली सहनुपरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

निर्वाचित जनप्रतिनिधिले पाँच वर्षे कार्यकाल बिताउँदै गर्दा वीरेन्द्रनगरमा खानेपानी सङ्कट झन् चुलिएको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीका राजबहादुर सिंहलाई २० वर्षपछि जनप्रतिनिधि आउँदा खानेपानी समस्या समाधान होला भन्ने लागेको थियो । “पानीको समस्या ज्यूका त्यू होला भन्ने लागेको थिएन, हप्तामा एकपटक पनि धारामा पाइन देख्न नपाइने भो,” उनले भने, “नेतालाई चुनावमात्रै लाग्छ, जितेपछि खानेपानीजस्तो आधारभूत समस्या समाधानमा चासो देखिन्न ।” 

राजबहादुर जस्तै वीरेन्द्रनगरका आम मतदाताको गुनासो पनि यही हो । आफूले चुनेका जनप्रतिनिधिले इमान्दारपूर्वक जनताका समस्या समाधानमा पहल गर्लान् भन्ने अपेक्षा लिएका नगरवासीले यसपटक घरदैलोमा आएका उम्मेदवारहरूलाई आक्रोश मिश्रित अभिव्यक्ति सुनाइरहेका छन् ।
 
सुर्खेत उपत्यकामा पानीको चरम सङ्कट भइरहने हुँदा हरेक चुनावमा यहाँ ‘पानी राजनीति’ चल्ने गर्दछ । विसं २०७४ मै जस्तो सबै दलको घोषणापत्रमा एउटै कुरा दोहोरिएको छ, – “वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्ने । भेरी लिफिट्ङ आयोजना तोकिएको समयमै सम्पन्न गर्न पहल गर्ने ।” मुख्य दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरूले खानेपानी समस्यालाई मुख्य एजेण्डा बनाए पनि उनीहरूका आश्वासन मतदाताले पत्याएका छैनन् ।

Vianet communication
Maruti inside

“बस्ती बस्न सुरु भएदेखि यहाँको मुख्य समस्या खानेपानी नै हो । अहिलेसम्म समस्या ज्यूका त्युँ छ”, वीरेन्द्रनगर–६ निवासी ६५ वर्षीय रामलाल गौतमले भने, “अहिले पनि खानेपानी माग फेरिएको छैन, पानी खुवाउने जनप्रतिनिधि खोज्दै वर्षौँ बित्ने भयो ।”

वीरेन्द्रनगर प्रदेश राजधानी सहर भएकाले वर्षेनि जनघनत्व बढ्दो छ । माग र आपूर्तिको सन्तुलन मिलाउन यहाँ खानेपानीमा आलोपालो प्रणाली लागू गरिएको छ । खानेपानी आपूर्ति व्यवस्थापनको जिम्मेवारी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले लिएको छ । संस्थाका अनुसार अहिलेको गर्मीयाममा पानीको स्रोतमै कमी आएपछि ९६ घण्टामा एकपटक उपभोक्ताको धारामा पानी वितरण गर्ने गरिएको छ । संस्थाले २० हजार धारामार्फत खानेपानी वितरण गरिरहेको छ भने करिब पाँच हजार धाराका लागि उपभोक्ताका निवेदन छन् ।
 
नेपाली कांग्रेस र माओवादी केन्द्रबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका उपेन्द्र खड्काले मतदाताहरूले खानेपानी आपूर्तिलाई लिएर असन्तुष्टि पोख्ने गरेको बताए । “सबैले पानीका दुःख मात्रै सुनाउँछन्, पानीको दीर्घकालिन समाधानका लागि भेरी लिफ्टिङ आयोजना कार्यान्वयनका लागि सम्झौता प्रक्रिया अघि बढेपनि तत्काल समाधानका लागि आपूर्ति चुहावट रोक्न, वैकल्पिक मुहानबाट पानी स्रोत बढाउन आफूले पहल गर्ने बताउने गरेको छु”, खड्काले भने । 

एमाले उम्मेदवार मोहनमाया ढकाल पनि सबैतिर खानेपानी समस्या समाधानकै विषय उठ्ने गरेको बताउँछन् । निवर्तमान नगर उप–प्रमुख ढकालले दीर्घकालिन समाधानका लागि सङ्घीय खानेपानी मन्त्रालय र विश्व बैंकको सहयोगमा सम्झौता भई निर्माण पूर्वका तयारी भइरहेको बताउँदै भने, “परिणाम देखिन त केही वर्ष लाग्छ, पहिला भएकै पानीलाई समान रुपले वितरण गर्छौँ ।”
 
राप्रपा उम्मेदवार मुकुन्दश्याम गिरीले कांग्रेस–एमालेले जनताको समस्या समाधान गर्नुको साटो अनावश्यक समय खेर फालेको बताए। विसं २०४३ मा तत्कालीन लाटीकोइली गाउँ प्रधानपञ्च, २०६१ सालमा नगर प्रमुखका रूपमा अनुभव संगालेका उनले आफ्नै पालामा खानेपानी लाइन वितरण भएको र त्यसयता कुनै उल्लेख्य विकास हुन नसकेको टिप्पणी गरे । रासस
 

TATA Below
NLIC
साउन २५, २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको हरियाली वनजंगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताएका छन् । वन दिवस २०७९ का अवसरमा बुधवार वन विभागले वन परिसरमा स्थापना गरेको ‘सामुदायिक...

साउन २५, २०७९

सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना संक्रमण देखिएको छ । गत २४ घण्टामा १ हजार १०७ जनाको परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।   संक्रमण...

साउन २५, २०७९

प्रहरीले बारामा १७ वटा अवैध मदिराका भट्टीहरू नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले आपराधिक गतिविधि न्यूनीकरण गर्न, घरेलु हिंसा, दुर्घटना नियन्त्रण लगा...

साउन २५, २०७९

भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वि...

साउन २५, २०७९

प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई पक्राउ गरेको छ । भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेका अनुसार बैंकि...

साउन २५, २०७९

बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसु...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x