जेठ १, २०७९
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा...
काठमाडाैं | बैशाख २५, २०७९
देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञहरूको अनुभव आदान–प्रदानसँगै नयाँ प्रविधिका बारेमा समेत विशेष छलफल गरिएको कार्यक्रम संयोजक एवं समाजका महासचिव डा शङ्कर लौडारीले जानकारी दिए ।
सम्मेलनमा विश्व र नेपालमा मुटुरोगको अवस्था, रोगका कारण, विश्वमा रोग पत्ता लगाउन र उपचारमा नवीनतम प्रविधि, मुटुरोगबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा छलफल भएको उनले जानकारी दिए ।
समाजका अध्यक्ष प्रा डा मणिप्रसाद गौतमले अहिले नेपालमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञ चिकित्सक दिन प्रतिदिन थपिँदै गएको भन्दै नयाँ–नयाँ प्रविधिका बारेमा अनुभव आदान–प्रदानको माध्यमबाट थप प्रभावकारी उपचारमा यो सम्मेलन फलदायी भएको बताए ।
वंशाणुगत, अस्वस्थकर खानपान र जीवनशैलीका कारण नेपाललगायत विश्वभर दिन प्रतिदिन मुटुका बिरामी बढ्नुका साथै कयौँले अकालमा मृत्युवरण गरिरहेको सो अवसरमा बताइएको थियो । हृदयघात विश्वमा मृत्युको मुख्य कारणमध्ये एक हो । जसलाई पनि, जतिबेला पनि हृदयघात भन्दै मुटुरोगी यसको सबैभन्दा बढी जोखिममा हुने बताइएको छ ।
सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी २६ वटा वैज्ञानिक शोधपत्र प्रस्तुत गरिएको थियो । शोधपत्रमार्फत चिकित्सकले मुटु तथा फोक्सोसम्बन्धी विभिन्न रोग, त्यसको निदान तथा उपचार विधिबारे जानकारी दिइएको थियो । राज्यलाई पनि प्रस्तुत वैज्ञानिक शोधपत्रले नेपालमा मुटुरोगको अवस्था, समस्या र प्रविधिबारे जानकारी मिल्ने समाजका उपाध्यक्ष डा सुधीर रेग्मीले बताए ।
कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नमाथि विशेष छलफल गरिएको थियो । कार्यक्रममा मुटुरोग विशेषज्ञ, मुटु शल्य चिकित्सक, फोक्सोरोग विशेषज्ञ, भास्कुलर सर्जन, फिजिसियन, नर्स, प्यारामेडिक्सलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्डियाक सोसाइटीका अध्यक्ष प्रा डा विजय राजवंशी, सिमोनका अध्यक्ष प्रा डा अरुण मास्के, प्रा डा दिवाकर शर्मा, प्रा डा रोशन राउत, डा श्यामराज रेग्मीलगायतका मुटुरोग विशेषज्ञहरूको सहभागिता थियो । सो अवसरमा वैज्ञानिक शोधपत्र प्रस्तुत गर्ने चिकित्सक एवं अन्य चिकित्सकहरूलाई सम्मान पनि गरिएको थियो ।
समाजले पहिलोपटक यो सम्मेलनको आयोजना गरेको बताइएको छ ।
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा...
एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ । यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थिय...
निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले सरकारले आइतवार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो सं...
जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्र...
मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेबित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्तन’ भएका...
नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...