×

Nic Asia
Marvel

के ब्रह्माण्ड समाप्त हुँदैछ ? नयाँ अध्ययनको यस्तो खुलासा

काठमाडाैं | बैशाख २५, २०७९

NTC
TVS INSIDE
Esewa

ब्रह्माण्डमा धेरै रहस्य लुकेका छन् । वैज्ञानिकहरूले समेत यी रहस्यहरुको बारेमा अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । 

IME BANK INNEWS
morang Auto yamaha

अन्तरिक्ष सधैं मानिसहरूको लागि जिज्ञासाको केन्द्र भएको छ । लाखौं रहस्यहरू अनन्त र असीमित ब्रह्माण्डमा लुकेका छन् । 


Advertisment
NMB BANK
Saurya island

विज्ञानको दायरा बढेसँगै ब्रह्माण्डको रहस्यको पर्दा पनि बढेको छ । तर, यसैबीच यस्तो खबर आएको छ, जसको बारेमा थाहा पाएर विश्वका वैज्ञानिकहरू छक्क परेका छन्  ।

एक नयाँ अनुसन्धानले ब्रह्माण्ड विस्तारै संकुचित हुँदै गएको खुलासा गरेको छ । 

Vianet communication
Maruti inside

ब्रह्माण्ड लगभग १३८० करोड वर्षदेखि विस्तार भइरहेको छ, तर अब भने यो रोकिएको छ । यो अनुसन्धान जर्नल प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित भएको छ । 

यस अनुसन्धानमा तीन वैज्ञानिकहरूले डार्क एनर्जीको प्रकृतिलाई मोडल गर्ने प्रयास गरेका छन् । वैज्ञानिकले यो मोडलिङ ब्रह्माण्डको विस्तारको विगतको अवलोकनको आधारमा गरेको हो  ।

रहस्यमय शक्ति डार्क एनर्जीका कारण ब्रह्माण्ड तीव्र गतिमा विस्तार भइरहेको बताइन्छ । मोडेलमा डार्क एनर्जी एक एकाइ हो जसलाई क्विन्टेसेन्स भनिन्छ र यो समयसँगै नष्ट हुन सक्छ । 

शोधकर्ताहरूले रिसर्चमा पत्ता लगाएका छन् कि डार्क एनर्जीको प्रतिरोधी शक्ति सम्भवतः कमजोर हुँदै गइरहेको छ ।

शोधकर्ताहरूले ब्रह्माण्डको गति आगामी ६ करोड ५० लाख वर्षमा समाप्त हुने दाबी गरेका छन् । यसपछि, १० करोड वर्षमा ब्रह्माण्ड पूर्ण रूपमा विस्तार गर्न रोक्न सक्छ । त्यसपछि यो बिस्तारै कम हुन थाल्छ र लाखौं वर्षपछि समाप्त हुनेछ । वैज्ञानिकहरू भन्छन् कि त्यसपछि समय र अन्तरिक्षको जन्म हुनेछ । 

प्रिन्सटन युनिभर्सिटीको प्रिन्सटन सेन्टर अफ थ्योरेटिकल साइन्सका निर्देशक र यस अनुसन्धानका सहलेखक पॉल स्टेनहार्डले यो धेरै छिटो हुन सक्ने बताएका छन् । उनका अनुसार ६ करोड ५ लाख वर्षपहिले चिक्सुलुब क्षुद्रग्रह पृथ्वीसँग ठोक्किएको थियो, जसले डायनासोरहरूको युग समाप्त गरेको थियो । ब्रह्माण्डीयस्तरमा ६ करोड ५ लाख वर्षको अवधि भनेको धेरै छोटो हो ।

सन् १९९० को दशकमा वैज्ञानिकहरूले ब्रह्माण्ड तीव्र गतिमा विस्तार भइरहेको थाहा पाएका थिए । आकाशगंगाहरूबीचको दूरी पनि तीव्र गतिमा बढिरहेको छ । 

वैज्ञानिकहरूले यो द्रुत रूपमा बढ्दो रहस्यमय स्रोतलाई डार्क एनर्जी नाम दिएका छन्, जुन एक अदृश्य इकाइ हो ।

डार्क एनर्जीले गुरुत्वाकर्षणको विपरीत दिशामा कार्य गर्दछ । यसले ब्रह्माण्डको सबैभन्दा ठूलो वस्तुहरूलाई तान्नुको सट्टा तिनीहरूलाई टाढा धकेल्छ । तर, डार्क एनर्जीले ब्रह्माण्डको कुल द्रव्यमान-ऊर्जाको लगभग ७० प्रतिशत भाग बनाउँछ, यद्यपि यसको गुणहरू अझै रहस्यमय छ । 

अब ब्रह्माण्डको अन्तहीन विकास हुन्छ वा चाँडो अन्त्य हुन्छ त्यो भने आउने समयमै थाहा हुनेछ ।

NLIC
TATA Below
फागुन ५, २०७८

चीनले अन्तरिक्षमा रोबोट सर्प बनाएको र त्यसले शत्रुलाई अप्ठ्यारोमा पार्ने दाबी गरेको छ ।  चीनको एक अनुसन्धान टोलीले रोबोटिक सर्प बनाएको हो । त्यसको शक्ति, लचकता र दीर्घायुले अन्तरिक्षमा खोज गर्न मद्दत गर्छ ।&...

माघ २६, २०७८

वैज्ञानिकहरूले लामो समयदेखि मंगल ग्रहमा जीवन खोजिरहेका छन् । नासाले रातो ग्रहको अनुसन्धान गर्न क्युरियोसिटी रोभर पठाएको छ ।  अमेरिकी अन्तरिक्ष एजेन्सीको यो रोभरले मंगल ग्रहबाट हरेक दिन फोटो र नया...

माघ २८, २०७८

चीनका अनुसन्धाताहरूले ६जी प्रविधिमा काम गरिरहेका छन् । यसैबीच उनीहरू नयाँ पुस्ताको ताररहित सञ्चारमा चीनलाई अमेरिका तथा अन्य मुलुकभन्दा निकै अगाडि पार्ने गरी डेटा स्ट्रीमिङमा निकै अघि बढिसकेको पाइएको छ । ...

माघ २७, २०७८

बेलायती वैज्ञानिकहरूले नक्कली सूर्य बनाउन सफलता पाएका छन् ।  सूर्यकै प्रविधि उपयोग गरेर उनीहरूले परमाणु फ्युजन गराउने एक रियाक्टर बनाउन सफलता पाएका हुन् । त्यसबाट अपार ऊर्जा निस्कनेछ ।  अक्सफोर्ड...

बैशाख २९, २०७९

संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ ।  मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् ।  केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी ...

बैशाख २३, २०७९

शनि टाइटनको चन्द्रमामा वायुमण्डल छ, जुन सौर्यमण्डलको एक मात्र प्राकृतिक उपग्रह हो  ।  शनिको ८२ चन्द्रमाहरू मध्ये सबैभन्दा अद्वितीय टाइटन हो, जसको सतहमा परिदृश्यहरूको प्रमाण छ ।  शनिको चन्द्रमा ...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x