बैशाख २५, २०७९
आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर सार्वजनिक गरेको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा प...
काठमाडाैं | बैशाख २५, २०७९
इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् ।
साथै देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ । यसैगरि रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजार भन्दा धेरै एजेण्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ ।
इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । हाल इसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा दैनिक ५ हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँ समेत जित्न सकिनेछ ।
रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका थिए ।
सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमु कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालाले भने, “रोमानियामा पहिला देखि नै नेपालीहरु अध्ययन, काम र बसोबास गर्दै आएका छन् र यस सम्झौता मार्फत हामी उनीहरुलाई डिजिटल माध्यमबाट नेपाल पैसा पठाउन सहज बनाउन चाहान्छौँ ।’
स्मिथ एण्ड स्मिथ, सन् १९९९ मा स्थापना भएको रोमानियाकै पहिलो मनी ट्रान्सफर कम्पनी हो भने यसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिट्युसनको मान्यता प्रदान गरेको थियो ।
यस कम्पनीले विगत २० वर्ष देखि आफ्ना ग्राहकहरुलाई १०० भन्दा बढी शाखा मार्फत सस्तो र शुलभ दरमा छिटो र भरपर्दो मनी ट्रान्सफर सेवा प्रदान गर्दै आइ रहेको छ ।
मल्डोभामा समेत आफ्नो सेवा विस्तार गरिसकेको यस कम्पनी सन् २००७ देखि मनिग्राम जस्तो संसारकै अग्रणी मनी ट्रान्सफर सेवा प्रदायकको एजेण्ट समेत रहेको छ ।
इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ ।
आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर सार्वजनिक गरेको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा प...
सामाजिक सञ्जाल प्लेटफर्म ह्वाटस्एपले नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले रिएक्सन फिचर थप गरेको हो । अब ह्वाट्सएप प्रयोगकर्ताले अन्य सामाजिक सञ्जालहरूमा जस्तै रिएक्सन गर्न पाउनेछन् । शुरूमा कम्...
नासाले हालै ब्ल्याकहोलबाट निस्किएको एक आवाज सार्वजनिक गरेको छ । यो आवाज एक स्याटेलाइटको माध्यमबाट रेकर्ड गरिएको हो । नासाले स्याटलाइटको माध्यमबाट रेकर्ड गरेको यस आवाज मानिसले सिधै सुन्...
इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा अवरोध नगर्ने भएको छ । सरकारसँगको सहमतिपछि संघले इन्टरनेट सेवा अवरोध नगर्ने संघका अध्यक्ष सुधिर पराजुलीले लोकान्तरलाई जानकारी दिए । भारतीय कम्पनीलाई...
एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्...
आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटव...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...