बैशाख १९, २०७९
राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्वारा सोमवार आयोजित ‘अपाङ्गता भएका व्यक्तिको स...
काठमाडाैं | बैशाख २५, २०७९
अध्येता कृष्णप्रसाद पराजुलीले संज्ञानात्मक भाषा विज्ञान (कग्निटिभ लिङ्ग्विस्टिक्स)मा विद्यावारिधि गरेका छन् ।
संज्ञानात्मक भाषा विज्ञानमा विद्यावारिधि गर्नेमा पराजुली नेपालकै पहिलो व्यक्ति भएको दाबी उनले गरेका छन् ।
‘संज्ञानात्मक भाषा विज्ञानमा सबैभन्दा पहिलो विद्यावारिधि मैले हासिल गरेको छु । यो अध्ययन दक्षिण एसियामा दोस्रो हो,’ पराजुलीले भने ।
यसअघि भारतका भुवना नरसिंहनले यस विधामा अंग्रेजी र हिन्दीको तुलनात्मक अध्ययन गरेको पराजुलीले बताए ।
पराजुलीले फ्रान्सको लियोँस्थित लुमिएख विश्वविद्यालयबाट भाषाविज्ञानअन्तर्गत विद्यावारिधिको उपाधि पाएका हुन् ।
‘विद्यावारिधिको क्रममा मैले गरेको शोधकार्यले नेपालमा बोलिने लोपोन्मुख र अन्य भाषाका क्षेत्रमा पनि प्रकारात्मक अध्ययनका लागि बाटो खुलाएको छ,’ पराजुलीले भने । उनले ‘मोसन इभेन्ट्स इन नेपाली’ शीर्षकमा विद्यावारिधिको शोधकार्य गरेका छन् ।
पर्वतका पराजुलीले आफ्नो अनुसन्धानमा नेपाली भाषाका क्रिया, विशेष गरी गतिवोधक क्रिया (पस्नु, निस्कनु, हिँड्नु, दौडनु)मा कुनै पनि वक्ताले आफ्नो कुरा कसरी व्यक्त गर्छन् वा अवधारणा राख्छन् भन्ने उल्लेख गरेको बताए ।
पराजुलीको शोधलाई लुमिएख विश्वविद्यालयका प्रा. डा. अनेता कोपेच्का र अमेरिकाको विश्वविद्यालयका प्रा. डा. स्कट डिलान्सेले निर्देशन गरेका थिए । पराजुलीलाई गत शुक्रवार नेपालस्थित फ्रान्सेली दूतावासमा आयोजित समारोहमा नेपालका लागि फ्रान्सेली राजदूत जिल बुखबाओले विद्यावारिधिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्वारा सोमवार आयोजित ‘अपाङ्गता भएका व्यक्तिको स...
मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ । मंगलवार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत वि...
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने...
शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगतरुपमा...
शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । चितवनस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसईई परीक्षा निरीक्षणपछि आज पत्रकार...
जेठबाट शिक्षण संस्था पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । विद्यालय समय बिहान १० ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...