बैशाख २७, २०७९
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
विराटनगर | बैशाख २६, २०७९
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् ।
कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिलेको पुस्ताका नेता डा. शेखर कोइरालाको समेत गृहनगर रहेको विराटनगरको मेयरका लागि पाँचदलीय गठबन्धनको तर्फबाट कांग्रेस युवा नेता नागेश चुनावी प्रतिस्पर्धामा छन् ।
मेयर निर्वाचित भएमा गर्ने योजना र एजेन्डालगायत विषयमा मेयरका प्रत्यासी कोइरालासँग लोकान्तरका लागि विन्देश दाहाल र उद्धव थापाले कुराकानी गरेका थिए ।प्रस्तुत छ, कुराकानीको अंश :
चुनावी अभियानमा हुनुहुन्छ, घरदैलो गरिरहनुभएको छ । कत्तिको थकाइ लागेको छ ?
पहिलेदेखि नै संगठनमा लागेको मान्छे, खट्दाखेरी केही समस्या भएको छैन । नियमितरूपमा खटिरहेको हुँदा अहिले खट्दा कुनै समस्या छैन ।
माहोल कस्तो बनिरहेको छ ?
नेपाली कांग्रेस र गठबन्धनको पक्षमा राम्रै माहोल बनिरहेको छ ।
जित्ने प्रक्षेपणको आधारमा तपाईं अहिले आफ्नो प्रतिस्पर्धीभन्दा कति अन्तरले अगाडि हुनुहुन्छ ?
अत्यधिक बहुमतले अगाडि छौं जस्तो लाग्छ । हाम्रो जीत सुनिश्चित छ ।
विराटनगर महानगरपालिकालाई नागेश कोइराला मेयरको रूपमा किन आवश्यक पर्यो ?
म यहीँ कोशी अञ्चल अस्पतालमा जन्मेको हुँ । मेरा इष्टमित्र र नातागोता सबै यतै हुनुहुन्छ । इमान्दार मान्छे, सही मान्छे मेयर बन्न पायो भने नगरको हित हुन्छ भनेर सबैले भनिरहनुभएको छ । मेरो चाहना पनि विराटनगर बनाउने नै हो । मैले पब्लिक एडमिनिस्ट्रेसन अर्थात् जनप्रशासनमा मास्टर्स गरेको पनि मेयर पद चलाउनका लागि उपयोगी हुन्छ भनेरै हो । यी सबै कारणले गर्दा विराटनगरको मेयर बन्ने योग्यता मसँग छ ।
तपाईं मेयर निर्वाचित हुनुभएमा विराटनगरमा मुख्य पाँचवटा के काम गर्नुहुन्छ ?
पहिलो, करको दायरा कडाइका साथ बढाउने र कर घटाउने । दोस्रो, महानगरपालिकाले अस्पताल बनाउने र त्यसमा स्थानीयहरूले सहुलियत दरमा निजी अस्पतालको जस्तो सुविधाका साथ उपचार पाउने । तेस्रो, विराटनगरको कुनै निमुखा विद्यार्थीले पढ्ने चाहना राख्छ भने महानगरपालिकाले उसको जिम्मा लिएर उसलाई पढाउने अनि सामुदायिक र निजी दुवै विद्यालयको गुणस्तर बढाउने ।
चौथो, विराटनगरमा रहेका खानेपानीका पाइपहरू बदल्ने र शहरवासीले धारामा थापेको पानी सिधै पिउन मिल्ने गरी गुणस्तर सुधार्ने । पाँचौं, विराटनगरलाई सफा बनाउने । यी आधारभूत एजेन्डा हुन् । यसबाहेक समुन्नत, हराभरा, सुरक्षित र आत्मनिर्भर विराटनगर बनाउनेछु ।
तपाईंलाई कांग्रेसभित्र पनि शेखर कोइराला पक्षको उम्मेदवारका रूपमा चित्रित गरिन्छ । यसमा तपाईंको के टिप्पणी छ ?
मैले १३ वर्षसम्म पार्टीको संगठन तरुण दलको अध्यक्ष भएर काम गरें । संगठन चलाएपछि म पार्टीमा निर्वाचित कोषाध्यक्ष समेत भएँ । त्यसपछि एक कार्यकाल म निर्वाचित सचिव भएँ ।
अहिले म निर्वाचित उपसभापति छु । पार्टीका लागि मैले यति धेरै काम गर्दा पनि म मेयर पदका लागि योग्य ठहरिन्नँ होला त ? हो, डा. शेखर कोइरालाले मलाई टिकट दिलाउन पहल गर्नुभएको हो । तर पार्टी सभापति तथा अन्य शीर्ष नेतृत्वले पनि म जत्तिको मान्छेले नगर चलाउन सक्छ भनेर विश्वास गर्नुभएकैले मैले टिकट पाएको हुँ ।
तपाईं मेयरको उम्मेदवार हुँदा विराटनगर कांग्रेस कत्तिको खुशी छ ?
महानगरपालिकाको सभापति र सचिव एकदमै खुशी हुनुहुन्छ । उहाँको साथ सहयोगले गर्दा पनि मलाई सजिलो भइराखेको छ ।
कांग्रेसमा अन्तर्घात पहिलेदेखि नै समस्याको रूपमा रहिआएको छ । तपाईं त्यसबाट मुक्त हुनुहुन्छ ?
अहिलेसम्म मुक्त नै छु । कतैकतै छिटपुट त्यस्तो घटना हुने गरेको सुनेको छु मैले । तर त्यस्तो गर्ने साथीहरू सुध्रिनुहुन्छ भन्ने आश मैले गरेको छु । पार्टीको विधान र पद्धतिभन्दा बाहिर गएर ओहोदामा बसेका व्यक्तिहरूले र कार्यकर्ताहरूले गडबड गर्नुभएमा त्यहीअनुसारको सजाय पाउनुहुन्छ ।
विराटनगर धेरै ठूलो ठाउँ हैन । एकअर्काले के गर्छ भनी सबैलाई छर्लंग नै छ । अहिलेसम्म त सबैले सहयोग गरिरहनुभएको छ । कथंकदाचित् कसैले दुःख दिएछ भने उसलाई त्यहीअनुसार पार्टीबाट कारवाही हुन्छ । पार्टीको अनुशासन समिति, केन्द्रीय सभापति, केन्द्रीय समिति छ, महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ– सबैले यसलाई मिलाएर अघि बढ्नुहुनेछ ।
स्थानीय तहको चुनाव एकदमै खर्चिलो भयो भनेर धेरैतिर हामीले गुनासो सुन्यौं । तपाईंहरू चुनावी खर्चको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
धेरै खर्च गरिँदैन । त्यही ५ लाख जति खर्च हुन्छ होला । भर्खरै पार्टीको महाधिवेशन सकिएको छ । सबै संगठन बनेकै छ र चुस्तदुरुस्त छ । सबै साथीहरू उत्सुक छन् । नेपाली कांग्रेसलाई भोट दिने र जिताउने भनिरहेका छन् सबैले । साथीहरूले आ–आफ्नो ठाउँमा बसेर सबै कुरा व्यवस्थापन गरिरहनुभएको छ । सहजीकरण पनि भइरहेकै छ ।
नागेश कोइराला प्रशस्त सम्पत्ति भएको मान्छे हुनाले भ्रष्टाचार गर्दैनन् तर चुनावमा प्रशस्त खर्च गर्न सक्ने उम्मेदवार उनै हुन् भन्दा रहेछन् नि ।
कांग्रेसमा लाग्ने हामी सबै साथीहरू बराबर हौं । हामी एउटै परिवारका सदस्य हौं । कसैको आर्थिक स्थिति राम्रो होला, कसैको ठीकै होला तर हामी सबै एकै हौं । चुनावमा अनावश्यक खर्च गर्नुपर्ने नै छैन । भर्खर महाधिवेशन सकिएको छ । हामीले धेरै तामझाम गर्नै पर्दैन । निर्वाचन आयोगले धेरै तडकभडक नगर्न निर्देशित पनि गरेको छ । त्यसले झन् सजिलो बनाएको छ ।
अन्तिममा, विराटनगरवासीहरूलाई तपाईं के अपील गर्नुहुन्छ ?
विराटनगर साँच्चिकै बनाउने भिजनरी, इमान्दार अनि जनताले कर तिरेको पैसा जनताकै हितमा प्रयोग गर्ने मान्छेलाई भोट दिनुस् । सबल र सक्षम मान्छेलाई जिताउनुस् ।
नेपाली कांग्रेसको तर्फबाट र गठबन्धनको तर्फबाट मेयरको भोट रुख छापमा र उपमेयरको भोट छाता छापमा हाल्न अनि वडाध्यक्ष सहित सम्पूर्ण उम्मेदवारलाई रुख वा गाछी छापमा भोट दिएर अत्यधिक बहुमतका साथ विजयी गराइदिनुहुन म अनुरोध गर्छु ।
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
जनकपुरधाम उपमहानगरपालिकामा पाँच वर्ष मेयर रहेका लालकिशोर साह नयाँ कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रेका छन् । दल परिवर्तन गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका साहलाई जनकपुरधाम उपमहानगरपालिकामा गठ...
देशभरबाट चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धनबीच केन्द्रीय स्तरबाटै तालमेल भएको भरतपुरमा एमालेले राप्रपालाई उपमे...
२०७४ को स्थानीय तह चुनावमा खुलेर प्रचारसमेत गर्न नपाएको नेकपा एमालेले अहिले जनकपुर उपमहानगरपालिकामा सशक्त चुनावी प्रचार गरिरहेको छ । शहरदेखि गाउँसम्म एमालेको झण्डा र चुनाव चिह्न फहराइएका छन् । एमाल...
सत्ता गठबन्धनका तर्फबाट चितवनको भरतपुर महानगरपालिकामा माओवादी नेत्री रेनु दाहाल उम्मेदवार छिन् । भरतपुर महानगरमा हुने चुनावको नतिजासँग सत्ता गठबन्धनको भविष्य जोडिएकाले पनि यहाँको चुनावलाई निकै चासोक...
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेबाट सागर थापा मेयर पदका उम्मेदवार छन् । कांग्रेसको परम्परागत गढ विराटनगरमा मेयर बन्छु भनेर प्रतिस्पर्धामा उत्रिएका थापा आफूलाई भुइँमान्छेका रूपमा चित्र...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...