बैशाख ६, २०७९
रणनीतिक रूपमा महत्त्वपूर्ण मरिउपोल शहरमा नियन्त्रण कायम गरेपछि रुसले पूरै डोनबास क्षेत्रमा आक्रमण बढाएको छ । किएभ र चर्निहिभबाट फिर्ता बोलाइएका रुसी सैनिकहरू डोनबास क्षेत्रमा तैनाथ भएर आक्रमणमा खटाइएका छन् ।&nbs...
काठमाडाैं | बैशाख २७, २०७९
स्थानीय तह निर्वाचनको सन्दर्भमा मतदाताको कुरा सुन्न लोकान्तर डट्कमका सम्पादक विमल गौतम र म उम्मेदवारी मनोनयनअगावै काठमाडौंबाहिर निस्केका थियौं ।
रिपोर्टिङका क्रममा कर्णाली प्रदेशको दैलेखदेखि नेपालगञ्ज, बुटवलदेखि गुल्मीको तम्घास, पोखरादेखि गोरखा र चितवनको भरतपुर हुँदै मध्य तराईका जिल्लाका मतदाताको कुरा सुन्ने अवसर मिल्यो ।
सुर्खेत र दैलेखमा पुगेर कर्णालीका मतदाताको मनोविज्ञान बुझ्ने कामबाट हाम्रो रिर्पोटिङ शुरू भएको थियो ।
वैशाख १२ मा उम्मेदवारी मनोनयनपछि दुई–दुई जनाको चारवटा टीम र प्रदेशका संवाददाताहरूसहित लोकान्तर डट्कममा मेचीदेखि महाकालीसम्मका अधिकांश जिल्लाको रिपोर्टिङ गरियो ।
काठमाडौंकेन्द्रित समाचार र ब्लगहरूभन्दा जिल्ला–जिल्लामा पुगेर वस्तुस्थिति खोतल्ने प्रयास हामीले गर्यौं ।
एक दर्जनभन्दा बढी जिल्लाका दर्जनौं उम्मेदवार र सयौं मतदातासँग कुराकानी भयो ।
स्थानीय तहको चुनाव मात्र होइन देशको राजनीति, अहिलेको शासन व्यवस्था, राज्यले उपलब्ध गराउने सेवा सुविधाको प्रवाहलगायत विषयमा मतदाताको कुरा बुझ्ने अवसर पनि भयो ।
जिल्ला–जिल्लामा गएर समाचार लेख्ने र अन्तर्वार्ता लिने काम गरेपछि सम्बन्धित जिल्लाका नेता कार्यकर्तादेखि चिनेजानेका साथीहरूले कसको माहोल छ ? कसले चुनाव जित्छ ? भनेर सोधीखोजी गरिरहेका छन् ।
स्थानीय तहको चुनावमा कसले जित्छ या हार्दैछ भनेर पूर्वानुमान या विश्लेषण गर्नु मतदाता प्रभावित गर्ने काम हुन्छ । कतिपय सञ्चार माध्यममा कुन उम्मेदवार अगाडि या पछाडि भनेर आइरहेको छ ।
उम्मेदवार, मतदातादेखि बुद्धिजीवीसँग गरिएको कुराकानीका आधारमा एउटा धारणा बनाउन सकिए पनि चुनाव यसले जित्दैछ भनेर लेख्न पत्रकारिताको धर्मले दिँदैन ।
निर्वाचन आचारसंहिताविपरीतको काम हुन्छ भनेर त्यो शैलीको रिपोर्टिङ हामीले गरेनौं ।
त्यसैले चुनावमा कसले जित्छ या हार्छ भनेर हचुवाको भरमा विश्लेषण गरिदिँदा मतदाताको मनोविज्ञान प्रभावित हुनसक्छ भन्नेमा हामी सचेत थियौं र छौं ।
विगतको निर्वाचनको नतिजा, कुनै दलले गरेको ठूलो आमसभा या सेलिब्रेटी उम्मेदवारका आधारमा कसैले चुनाव जित्छ भनेर पूर्वानुमान गर्नु कठिन हुन्छ । तर देश घुम्दा देखेको केही दृश्य र प्रवृत्तिबारे भने लेख्न सकिन्छ ।
कांग्रेसमा देखिएको उत्साह
सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको खुर्कोट बजारमा चारतारे झण्डाको शर्ट नै सिलाएर लगाएका एक युवा बुलेट बाइकमा आएर टक्क रोकिए ।
शरीरमा ट्याटु खोपेका, दाह्री र कपाल पालेका ती युवालाई देखेपछि एकछिन कुरा गर्न मन लाग्यो ।
कांग्रेसको झण्डाको शर्ट लगाएका रोहित सुनार, जसलाई आफ्नो गाउँपालिकामा कांग्रेसका को–को उम्मेदवार छन् भन्ने पनि थाहा छैन ।
‘यहाँ का–को उम्मेदवार छन् भन्ने सबै मलाई थाहा भएन, म कांग्रेस हो, चारतारे झण्डाको शर्ट सिलाएर लगाउनु मेरो शोख हो । यहाँ को–को उम्मेदवार छन् भन्ने चाहिँ त्यो साथी (संगैको युवा)ले बताउनुहुन्छ,’ सुनारले भने ।
सुनार एउटा पात्र हुन्, जसलाई आफ्नो ठाउँको उम्मेदवारबारे पनि धेरै ज्ञान छैन । तर, कांग्रेसको झण्डा बाइकमा राखेर हिँडिरहेका छन् ।
स्थानीय निर्वाचनमा देशैभर नेपाली कांग्रेसको उत्साह देखियो ।
भर्खरै सम्पन्न महाधिवेशनमा युवा पुस्ताका अनुहार नेतृत्वमा आएको र टीनएजका युवाहरू समेत महाधिवेशन प्रतिनिधि बनेर आएकाले कांग्रेसप्रति युवाहरूको आकर्षण देखियो ।
नेतृत्व गगन पुस्तामा हस्तान्तरणको प्रक्रिया शुरू भएसँगै तल पनि कांग्रेसको पालुवा पलाउन थालेको देखियो ।
‘जता पाक्छ काफल गेडी उतै नाच्छ चरी भनेझैँ देखियो । केही दिन अघिसम्म अर्कै पार्टीको कार्यकर्ता हुँ भन्ने पनि अहिले कांग्रेस बनेर हिँडेको देखियो, अचम्म छ,’ कांग्रेस कार्यकर्ता शंकर भण्डारीले भने ।
युवा पुस्तामा उत्साह देखिए पनि कांग्रेसमा झांगिएको गुटको राजनीतिले ठाउँ–ठाउँमा बागी उम्मेदवारको कमी छैन । त्यही मध्येको एक हो, चितवन ।
भरतपुरको चुनावी नतिजाले अहिलेको सत्ता गठबन्धनको भविष्य निर्धारण गर्दैछ ।
जगन्नाथ पौडेल कांग्रेसका तर्फबाट भरतपुर महानगरको उम्मेदवार छन् । उनलाई फकाउन कांग्रेसका नेताहरू पौडेलका निवासमा धाए पनि सफल हुन सकेनन् ।
‘पार्टी सभापतिलगायत सरकारका मन्त्री र कांग्रेसका नेताहरू धाउँदा पनि किन जगन्नाथले उम्मेदवारी फिर्ता लिएनन्, यसको पछाडि कांग्रेस कार्यकर्तामा रहेको गहिरो चोट बुझ्न सकिन्छ,’ भरतपुर–६ गीतानगरका उत्तम मिश्रले भने ।
कांग्रेसप्रति आकर्षक बढे पनि गुटबन्दीको रोगले कांग्रेसलाई सताइरहेका छ ।
एमालेको आत्मविश्वास
सत्तारुढ दलहरू चुनावी गठबन्धन बनाएर भिडेपनि देशभर नेकपा एमाले आत्मविश्वासका साथ चुनावी मैदानमा डटेको देखिछ ।
कमजोर रहेको स्थानमा पनि एमालेका कार्यकर्ताहरू आत्मबलसहित चुनाव प्रचारप्रसारमा लागेका छन् । उम्मेदवार छनोटमा मापदण्ड बनाउनेदेखि प्रचारप्रसारमा पनि एमालेका कार्यकर्ताहरू अहोरात्र खटिएका भेटिए ।
केन्द्रमा केपी ओलीले जस्तै स्थानीय नेता कार्यकर्ता पनि गठबन्धनको चुनौती सामना गर्न तयार रहेको बताउँछन् ।
गठबन्धनका नेताहरू चुनावी भाषणमा लागेका बेला एमालेका कार्यकर्ताहरू मतदातासँग अन्तरक्रिया र भोट हाल्न सिकाउने काममा व्यस्त थिए । सकेसम्म मत बदर नहोस् भन्ने उनीहरूको चासो छ ।
‘केन्द्रीय स्तरमा भएको गठबन्धनले फिल्डमा खास प्रभाव पारेको छैन, गठबन्धन कागजमा सीमित छ,’ एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयको विश्लेषण छ । गठबन्धनका दलहरूबीच नै बेमेल रहेकाले चुनावको नतिजामा असर नगर्ने एमाले कार्यकर्ताको विश्लेषण छ ।
सत्ता गठबन्धनबीच तालमेल भएको चितवनको भरतपुर महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार विजय सुवेदीले त्यही आत्मविश्वास देखाए ।
‘गठबन्धनलाई मैले ठूलो चुनौतीको रूपमा लिएको छैन । भरतपुरमा अघिल्लोपटक पनि गठबन्धन भएको थियो । २ सय मतान्तरले मात्र जित्नुभएको हो । हाम्रा लागि गठबन्धन चुनौती होइन,’ सुवेदीले भने ।
रक्षात्मक स्थितिमा माओवादी
चुनाव मिति घोषणा भएपछिका केही सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी हुने दाबी गरेका थिए । प्रचण्डको दाबी पूरा हुन धेरै नै मेहनत गर्नुपर्ने देखियो । माओवादी केन्द्रले चुनाव जितेका पालिकाहरूमा राम्रो काम भएको छ, तर पनि माओवादीको पोजिसन रक्षात्मक देखिएको छ ।
‘थाहा छ, हामीले चुनाव जित्दैनौँ, तर पनि चुनाव प्रचारप्रसारमा हिँडिरहेका छौं,’ रौतहटको चन्द्रनिगाहपुरमा भेटिएका माओवादी कार्यकर्ता कवि काफ्लेले भने । एक दशक पहिले देशको प्रमुख शक्तिको रूपमा रहेको माओवादीले यो बीचमा अनेक आरोहअवरोह पार गरेको छ ।
गत निर्वाचनमा माओवादीले जितेका कतिपय स्थानीय तहमा प्रतिनिधिले राम्रो काम गरेका थिए । ‘हाम्रो पार्टीले जितेको स्थानीय तहमा नमूना काम गरेका छौं । गठबन्धन नभएपनि चुनाव जित्ने आत्मविश्वास छ,’ गोरखाको शहीद लखन गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं अहिले अध्यक्षका उम्मेदवार रमेशकुमार थापाले भने ।
तर, नेकपा विभाजनसँगै एउटा तप्का एमालेमा प्रवेश गरेकाले माओवादी अहिले रक्षात्मक स्थितिमा देखिएको छ । सत्ता गठबन्धनबीच भएको तालमेलका कारण विगतको तुलनामा नतिजामा भने सुधार ल्याउने नेताहरूको दाबी छ ।
परीक्षामा नेकपा एस
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एस गठन भएको ८ महिनामै चुनावमा होमिएको छ । विगतमा जल्दोबल्दो नेता वामदेव गौतमको नेतृत्वमा नेकपा एमाले विभाजन गरेर माले चुनावमा गएको थियो । झण्डै ४५ प्रतिशत केन्द्रीय सदस्यको हिस्सा लिएर फुटेको मालेले २०५६ सालको प्रतिनिधि सभामा शून्य सीट हासिल गरेको थियो । पछि मालेको धेरै हिस्सा एमालेमा फर्कियो केही, माओवादीतिर र केही सीपी मैनालीसँग बसे ।
विभाजित पार्टीले चुनाव जित्न कठिन भएको विगतको इतिहास छ । तर, नेकपा एस गठबन्धनसहित चुनावी तालमेलमा छ । विगतमा सूर्यमा भोट हालेका मतदाता उसका भोट बैंक हुन् । सूर्यमा भोट हाल्ने बानी परेका मतदाताले कलममा भोट हाल्छन् कि हाल्दैनन् भन्ने परीक्षण बाँकी छ । नेकपा एसका पोलिटब्यूरो सदस्य श्रीनाथ बराल छोटो समयमै आममानिसमा कलम चिह्न लोकप्रिय भएको दाबी गर्छन । ‘सूर्यमा भोट हालेकाले रुखमा हाल्न अप्ठ्यारो मान्छन् । रूखमा हाल्ने बानी परेकाले सूर्यमा हाल्न अप्ठ्यारो मान्छन् । सूर्य या रूख जता भोट हालेका भए पनि कलममा हाल्न अप्ठ्यारो छैन,’ बरालले भने ।
माधव नेपालको गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरमा प्रभास विक्रम थापा नेकपा एसको हैसियतबाहिर अनुमान गरेजस्तो कमजोर नभएको दाबी गर्छन् ।
‘चन्द्रपुरमै पनि नेकपा एसका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ, हाम्रो पोजिसन राम्रो छ,’ थापाले भने ।
जुर्मुराएको राप्रपा
चुनावमा जित्ला–नजित्ला बेग्लै कुरा भयो, तर पूर्वपञ्चहरूको पार्टी राप्रपा पनि चुनावको मुखमा जुर्मुराएको छ । गोरु पाल्न छाडेर गाउँका बारीमा समेत चाइनिज ट्रिलरले बारी जोत्न थाले पनि ठाउँ–ठाउँमा हलो चिह्नका ब्यानर देखियो । गाउँघरमा राजनीतिक दलका नेतालाई ‘चोर आयो’ भन्छन् भनेर दिएको अभिव्यक्तिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिनाएको रहेछ ।
राजनीतिक दलका क्रियाकलापप्रति आक्रोशित नागरिकमाझ लिङ्देनको अभिव्यक्ति सिनेमामा नायकको डायलगजस्तै भइरहेको पाइयो ।
चितवनमा भेटिएका दिवाकर जोशी ठूला दलहरूको असफलताका कारण राप्रपाप्रतिको आकर्षण बढिरहेको दाबी गर्छन् । ‘भरतपुरमा मेयरमा उम्मेदवार खडा गरेको भए राप्रपाले जित्ने थियो, अन्य ठाउँमा पनि राप्रपाको स्थिति सुध्रिएको छ,’ जोशीले दाबी गरे ।
मैदानमा स्वतन्त्र उम्मेदवारहरूको रेस
विगतको भन्दा यसपटक चुनावमा केही दृश्यहरू फरक देखियो । काठमाडौंमा बालेन शाह जस्तो जिल्ला-जिल्लामा स्वतन्त्र र बागी उम्मेदवारहरूको अभियानले दलहरूलाई चुनौती दिइरहेको छ । राजनीतिक दलबाट उम्मेदवारको टिकट नपाएपछि स्वतन्त्र र बागी उम्मेदवार धेरै देखिए । कतिपय स्थानमा दलका आधिकारिक उम्मेदवार भन्दा स्वतन्त्र र बागी उम्मेदवारको प्रचारप्रसार बढी देखियो ।
महोत्तरीको बर्दिवास नगरपालिका जहाँ जेब्रा चिह्नवाला कांग्रेसका बागी उम्मेदवार प्रह्लाद क्षेत्रीले भड्किलो प्रचारमा सबैलाई उछिनेका थिए ।
देशका अधिकांश स्थानमा फेरिएको अर्को दृश्यचाहिँ दलको सभामा मानिस कति थिए भन्नुको साटो बाइक कति थिए ? भनेर सोध्न थालिएछ ।
रणनीतिक रूपमा महत्त्वपूर्ण मरिउपोल शहरमा नियन्त्रण कायम गरेपछि रुसले पूरै डोनबास क्षेत्रमा आक्रमण बढाएको छ । किएभ र चर्निहिभबाट फिर्ता बोलाइएका रुसी सैनिकहरू डोनबास क्षेत्रमा तैनाथ भएर आक्रमणमा खटाइएका छन् ।&nbs...
उत्तरी युरोपका दुई मुलुक फिनल्यान्ड र स्विडनले पश्चिमी सैन्य गठबन्धन नेटोमा जोडिनका लागि यसै साता औपचारिक निवेदन दिएका छन् । ब्रसेल्सस्थित नेटोको केन्द्रीय कार्यालयमा उनीहरूले निवेदन दर्ता गराएपछि नेटोका...
सत्ता गठबन्धनबीच चुनावी तालमेलको भागबण्डा हुँदा कांग्रेस एक्लैले ३ महानगर र ७ उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिनेगरी सहमति जुटेको छ । बाँकी ३ महानगर र ४ उपमहानगर गठबन्धन सहयात्री दलहरूले पाएका छन् । गठ...
देशभर चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका पाँच राजनीतिक दलमा जहाँतहीँ भागबण्डाको किचलो छ । महानगर र उपमहानगरको सीट बाँडफाँड गठबन्धन दलका शीर्ष नेताहरूले टुंग्याउने भने पनि उनीहरूलाई निर्णयमा पुग्...
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आइरहेको छ । अहिलेसम्मको नतिजा हेर्दा यो चुनावको सन्देश– पहिलो त नेपालका राजनीतिक पार्टीहरू गठबन्धनको सहकार्यलाई विस्तार रूपले स्वीकार गर्दैछन् भन्ने छ । द...
केन्द्रीय गठबन्धनले गरेको सहमतिविपरीत बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले प्रमुख/उपप्रमुख दुवै पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । सहमतिविपरीत जसपाले प्रमुखमा सोहन शर्मा र उपप्र...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...