जेठ ६, २०७९
हिन्दी भाषामा बन्ने हरर फिल्महरूले चिकित्साविज्ञानको कुरा नगरेकै राम्रो । प्रियदर्शनले बनाएको भूल भुलैया मलयाली भाषाको मणिचित्रथाजुको रिमेक थियो । त्यसमा मञ्जुलिका नाम गरेकी भूतनीको कथा चलुन्जेल दर्शकक...
काठमाडाैं | बैशाख २८, २०७९
निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पार्न निर्माण टिमले मंगलवार साँझ लिरिकल भिडियो सार्वजनिक गरेको हो ।
रेशम सापकोटाको शब्द रहेको गीतमा राजु महर्जनले स्वर दिएका छन् भने गीतमा कुटुम्ब ब्याण्डको संगीत, योगेश काजीको संगीत कन्सेप्ट रहेको छ ।
भिडियोमा अभिनेता राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ । गीतमा अभिनेता राजेशकै स्वरमा केही संवादहरू समेत समावेश गरिएको छ ।
राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल गीतको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् ।
चलचित्रका मुख्य अभिनेतामध्येका पल शाह कारागार चलान भएपछि निर्माण टिम छायाङ्कनमा जान सकेको छैन । निर्माता रेशम सापकोटाले पल शाहको घटनाको छानबिन निष्कर्षमा नपुगेसम्म यो चलचित्रको छायांकन प्रारम्भ गर्न कठिन रहेको प्रतिक्रिया दिए ।
उनले बजारमा चलेको हल्ला अनुसार चलचित्र निर्माणबाट आफू पछि नहटेको समेत स्पष्ट पारे । ‘हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनैपनि कन्टेन्ट दिन सकेनौ भन्ने महशुस भयो । सोही कारण यसको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौं,’ निर्माता सापकोटाले भने, ‘चलचित्रका लागि दर्शकको पर्खाइ अरु थप बढ्ने पक्का भएपछि यो गीत सार्वजनिक गरेका हौं ।’
निर्माता सापकोटाले यस गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी गराउने समेत बताए । उनले भने,‘प्रि–प्रोडक्सनको काम लगभग सकिएको छ । यसमा केही सदस्य हेरफेर हुन पनि सक्छ । हामीले भिडियोमा टिमका म बाहेक अरु सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’
प्रि–प्रोडक्सनको सम्पूर्ण काम सकेको यो चलचित्रमा अभिनेता राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने निर्माण टिमले यसअघि नै जानकारी गराइसकेको छ ।
भिडियो
हिन्दी भाषामा बन्ने हरर फिल्महरूले चिकित्साविज्ञानको कुरा नगरेकै राम्रो । प्रियदर्शनले बनाएको भूल भुलैया मलयाली भाषाको मणिचित्रथाजुको रिमेक थियो । त्यसमा मञ्जुलिका नाम गरेकी भूतनीको कथा चलुन्जेल दर्शकक...
आज (बुधवार)देखि प्रसारण हुने भनिएको टेलिभिजन कमेडी शो ‘कमेडी हब’ अर्को सातादेखि प्रसारणमा आउने भएको छ । जेठ १८ गतेदेखि मात्र शो प्रसारणमा आउने यसका निर्देशक हास्य कलाकार केदार घिमिरे ...
बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा विवाह बन्धनमा बाँधिने भएकी छन् । बलिउड अभिनेता अर्जुन कपुरसँगको लामो समयको प्रेम सम्बन्धलाई मलाइकाले विवाहमा बदल्न लागेकी हुन् । मलाइका र अर्जुनले आफूहर...
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ आजदेखि प्रशारणमा आउँदैछ । एक दर्जन बढी हास्य कलाकारहरुलाई लिएर मिडिया हबले कार्यक्रम प्रशार...
भदौ ३ गते रिलिज हुने नेपाली फिल्म प्रेमगञ्जको ‘तरबार’ बोलको गीत सार्वजनिक भएको छ । गीत काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । गीतमा ‘जो जीवनमा छ ऊ मनमा छैन, जो म...
स्थानीय तह निर्वाचनको माहोलले ठप्पप्रायः सांगीतिक बजार फेरि चलमलाउन थालेको छ । निर्वाचनको माहोलका कारण झण्डै दुई साता सांगीतिक बजार ठप्प थियो । निर्वाचन मितिको एक साता अघिदेखि एक साता पछिसम्म युट्यु...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...