×

Nic Asia
Marvel

नेपाल टेलिकमको नाफा घट्यो, व्यावसायिक आम्दानी भने बढ्यो

काठमाडाैं | बैशाख २८, २०७९

NTC
TVS INSIDE

गत आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको नाफा घटेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

समग्र व्यवसायिक आम्दानी बढेपनि टेलिकमको नाफा भने घटेको हो ।  


Advertisment
NMB BANK
Saurya island

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा करिब ८ प्रतिशत घटेको छ।

गत वर्षको चैतमा ५ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको नेपाल टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड रुपैयाँ मात्र कमाएको वित्तीय विवरणमा देखिएको छ ।

Vianet communication
Maruti inside

कम्पनीले सेवा बिस्तार गरे बापतको आम्दानी भने बढाएको छ। 

समीक्षा अवधिमा टेलिकमले २८ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको हो । 

एक आर्थिक वर्षको अवधिमा टेलिकमको आम्दानी ३ प्रतिशत बढ्यो। सेवा उपलब्ध गराएबापत गत आर्थिक वर्षको चैतमा टेलिकमले २७ अर्ब ४५ करोड रुपैयाँ कमाएको थियो। 

सेवा बाहेक कम्पनीका अन्य आम्दानी पनि बढेका छन्। अन्य स्रोतमार्फत कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको हो।

यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा अन्य स्रोतमार्फत कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ कमाएको थियो। 

समीक्षा अवधिमा टेलिकमको कुल आम्दानीको आकार पनि करिब ३ प्रतिशत बढेको छ। टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ अर्ब ५३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ।         

गत आर्थिक वर्षको चैतको तुलनामा टेलिकमको खर्च पनि बढेको छ। 

एक आर्थिक वर्षको अवधिमा खर्च झन्डै एक अर्ब रुपैयाँ बाँडेको पाइयो। यस अवधिमा कम्पनीको संचालन तथा मेन्टिनेन्स खर्च अत्यधिक बढेको छ। यस्तै, रेगुलेटर फी, चार्ज तथा नवीकरणको शुल्क बापतको खर्च पनि वृद्धि भएको पाइन्छ।

बोनस सेयरको सहायतामा बढेको चुक्ता पुँजीले कम्पनीको प्रति सेयर आम्दानीमा भने नकारात्मक प्रभाव परेको छ। 

पुँजीको तुलनामा कम्पनीले खुद नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी ४०.२६ रुपैयाँमा सीमित छ। पोहोर चैतमा कम्पनीको इपीएस ४३.५९ रुपैयाँ थियो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल टेलिकमको प्रति सेयर नेटवर्थ ५११.७७ रुपैयाँ छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य १०३८.९० रुपैयाँका आधारमा टेलिकमको मूल्य आम्दानी अनुपात २५.६८ गुणा छ।

TATA Below
NLIC
जेठ १०, २०७९

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्...

जेठ ११, २०७९

 इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले २०० एमबीपीएस इन्टरनेट मासिक ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । कम्पनीले विद्यमान अल्ट्रा–फाई  लाइनका प्रोडक्टहरूमा आकर्षक परिमार्जन ल्याएको छ । ...

जेठ ७, २०७९

 नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ ।  २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आ...

जेठ १०, २०७९

आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने समय भएको छ ? या प्रिमियम भुक्तानीको कुन माध्यम रोज्ने भनेर सोच्दै हुनुहुन्छ ?  त्यसो हो भने कनेक्ट आईपीएसमार्फत बीमा प्रिमियम भुक्तानी तपाईंका लागि उत्तम विकल्प बन्न...

जेठ ६, २०७९

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्बजनिक गरेको छ ।  इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिल...

बैशाख २७, २०७९

एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई  ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x