×

Nic Asia
Marvel

पूजा र आकाशको ‘सम्झना बिर्सना’ रिलिज हुने मिति सर्‍यो, अब कहिले ?

काठमाडाैं | बैशाख २८, २०७९

NTC
TVS INSIDE

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको निर्देशक निमेष प्रधानले जानकारी दिए । 


Advertisment
NMB BANK
Saurya island

उनका अनुसार स्थानीय तह निर्वाचनको माहोललाई मध्येनजर गर्दै जेठ ६ मा चलचित्र प्रदर्शन नगर्ने निर्णय गरिएको हो । 

‘अहिले सबैतिर निर्वाचनको माहोल छ । यो माहोलमा हामीले चलचित्रको प्रमोशन गर्ने समय पाएनौं । हामीलाई पनि रिस्क देखियो’ निर्देशन प्रधानले लोकान्तरसँग भने, ‘सोही कारण चलचित्र जेठ ६ गतेबाट पोस्टपोन्ड गरेका छौं ।’ 

Vianet communication
Maruti inside

आज (बुधबार) वितरकसँग छलफल रहेको बताउँदै भोलिसम्ममा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने उनले बताए । 

उनका अनुसार अब चलचित्र लगत्तै प्रदर्शनमा आउने सम्भावना भने एकदम कम छ । ‘अन्य चलचित्रहरूले प्रदर्शनका लागि डेट हालिसकेका छन् । उनीहरूसँग जुधाउन त मिलेन,’ प्रधानले भने, ‘कुनै पनि नेपाली चलचित्रलाई असर नहोस् भन्ने सोच हो । त्यसैले अब सोहीअनुसारको डेट मिलाउँदा केही महिना नै पछाडि धकेलिन्छ होला ।’

प्रेमकथामा निर्माण गरिएको चलचित्रको कथा निर्देशक प्रधान स्वयंमले लेखेका हुन् । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रमा आकाश र पूजाका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय छ ।

‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले छायांकन, कमल राईले कोरियोग्राफी एवं तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् । 

भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा यो चलचित्रको छायांकन गरिएको हो । स्थानीय तह निर्वाचनका कारण आगामी शुक्रबार कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आउने छैनन् । अर्को शुक्रबार अर्थात जेठ ६ मा भने ‘सम्झना बिर्सना’ प्रदर्शनमा नआउने भएपनि अर्को चलचित्र ‘लाइफ इन एलए’ भने प्रदर्शन हुनेछ ।
 

TATA Below
NLIC
fman
बैशाख २३, २०७९

बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो ।  ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ...

बैशाख २२, २०७९

बलिउड चलचित्र 'भूल भुलैया २' को मुख्य भूमिकामा छन् कार्तिक आर्यन ।  उनले चलचित्रमा बाबाको भूमिका निभाएका छन् ।  एक रिपोर्टका अनुसार, कार्तिकले सो भूमिका निभाउनका लागि १५ करोड भारतीय ...

बैशाख १५, २०७९

भोलि अर्थात शुक्रवारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ ।  सिनेमाको बुधवार साँझ राजधा...

बैशाख १५, २०७९

बलिउडका चर्चित अभिनेता टाइगर श्रोफ यतिखेर हिरोपन्ती २ को प्रोमोशनमा व्यस्त छन् ।  बहुप्रतीक्षित चलचित्र हिरोपन्ती २ २०१४ मा रिलिज भएको रोमान्टिक एक्सन फिल्मको सिक्वेल हो ।  चलचित्रमा नवाजुद्दीन सिद्द...

बैशाख २३, २०७९

अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ ।  अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् ।  प...

बैशाख ९, २०७९

नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो साता ४ करोड रुपैयाँ बढीको व्यापार गरेको छ । बिहीवारदेखि दोस्रो सातामा प्रवेश गरेको चलचित्रले पहिलो साता...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x