जेठ २, २०७९
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...
काठमाडाैं | बैशाख २८, २०७९
निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले सरकारले आइतवार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो संसोधनसहितको अध्यादेशलाई स्वागत गरेको छ।
अफिनका अध्यक्ष बसन्त चौधरीले बुधवार एक विज्ञप्ति सार्वजनिक गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षा प्रत्याभूति गराउने गरी अध्यादेश आएकोमा स्वागत गरेका हुन् ।
सरकारले यसपटक जेल विथआउट बेल अर्थात धरौटीमा रिहा नहुने व्यवस्था-पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था)लाई थप कडाईका साथ लागू गर्नुपर्ने निश्कर्षसहित ऐनमा संसोधन गरी अध्यादेश जारी गरेको हो ।
'अध्यादेशमा ‘स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउने’ मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ,’ भन्ने प्रावधान थप गरिएको छ।
‘पछिल्लो समय सामान्यभन्दा सामान्य समस्या हुँदा पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण हुने अमानवीय र अस्वभाविक घटनाहरु बढ्न थालेका थिए,’ विज्ञप्तिमा भनिएको छ,‘अफिन र नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने यस्ता घटना बढ्न नदिनका लागि कडा कानूनी व्यवस्था हुनुपर्ने माग उठाइरहेकोमा सरकारले त्यसलाई सम्बोधन गरेको छ ।’
चौधरीले अध्यादेशमा गरिएको उचित र समयसापेक्ष कानूनी व्यवस्थाले देशभर रहेका ३५० भन्दा बढी निजी स्वास्थ्य संस्था तथा त्यसमा कार्यरत ५० हजार भन्दा बढी मेडिकल र प्यारामेडिकल जनशक्तिले निर्भिकतापूर्वक बिरामीहरुको सेवामा समर्पित हुने वातावरण बनेको दाबी पनि गरेका छन् ।
‘यो व्यवस्थाले देशको स्वास्थ्य क्षेत्रमा थप लगानी आकर्षित गर्नसक्ने पनि अफिनको विश्वास रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...
भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो । अस्पतालका म...
कैलालीको धनगढी उपमहानगरपालिकास्थित निजी अस्पतालले ७० वर्ष माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएका छन् । धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच मंगलवार भएको बैठकले नगरपालिकास्...
मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर...
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ । हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । तलब भत्ता सामाजिक काममा लगानी गर्ने अदनचुली ...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत रहन अपिल गरेको छ। विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट ...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...