बैशाख २८, २०७९
नबिल बैंकले नेपालमा आÏनो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) नेपाल राष्ट्र बैंकबाट इजाजत...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार नेप्से परिसूचक ५६.०६ अंकले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५२ अंकले उकालो लागेर ४५६.६६ अंकमा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम मंगलबारको तुलनामा सामान्य वृद्धि भएको छ । कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ मूल्यमा खरिद बिक्री भए ।
बुधवारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब ७० अर्ब सात करोड ४५ लाख १० हजार बराबर पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
बैंकिङ २३.३७, व्यापार २१.१५, होटल तथा पर्यटन ५२.७९, विकास बैंक १५०.७३, जलविद्युत् १३०.३४, वित्त ७४.२, निर्जीवन बीमा २४३.७४, उत्पादन ७०.०२, अन्य ३१.७७, लघुवित्त १५३.८९, जीवन बीमा २१७.१७, सामूहिक लगानी कोष ०.१३ र लगानी २.२७ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भयो । न्यादी ग्रुप अफ पावर आठ करोड ७३ लाख ४१ हजार ४४९, राधी विद्युत् कम्पनी सात करोड ६२ लाख ६७ हजार २३१, शिवम् सिमेन्ट ६ करोड ७५ लाख ८८ हजार ४३७ र नेशनल हाइड्रोपावर पाँच करोड ८० लाख ६२ हजार ६९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नबिल बैंकले नेपालमा आÏनो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) नेपाल राष्ट्र बैंकबाट इजाजत...
पछिल्लो समय लगातार घटिरहेको नेप्से परिसूचक मंगलवार भने ४४.१६ अंकले बढेर २३१३ बिन्दुमा पुगेको छ । २२ सय बिन्दुमा झरेको नेप्से पुनः बढ्न थाले पनि आजको कारोवार रकम भने जम्मा १ अर्ब ३५ करोड रुपैयाँको ...
मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंक...
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले बुधव...
बुधवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ०४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युर...
रिभर फल्स पावर लिमिटेडले आज अर्थात बैशाख २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...