बैशाख २८, २०७९
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ६० देखि ७० रूपै...
काठमाडाैं | बैशाख २८, २०७९
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पछिल्लो ९ महिनाको तथ्यांकअनुसार महंगी दर अचाक्ली बढेको छ ।
मूल्यवृद्धि विपन्न वर्गका उपभोक्ताको ढाड सेकिने गरी बढेका कारण मंहगीको दर चैत मसान्तसम्ममा आइपुग्दा यो वर्षकै उच्च देखिएको छ ।
यो वर्षको चैतमा उपभोक्ता मुद्रास्फीति (महंगीदर) ७.२८ प्रतिशत पुगेको छ । यस्तो महंगीदर गत वर्षको सोही अवधिमा ३.१० प्रतिशत मात्रै थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । यस्तो महंगी दर अघिल्लो वर्षको तुलनामा यो वर्षको चैत महिनामा सबैभन्दा बढी खाद्य तथा पेय पदार्थमा भएको छ । खाद्य तथा पेय पदार्थ अन्तर्गतको घ्यू तथा तेलमा २८.३८ प्रतिशत मूल्यवृद्धि भएको छ ।
दुग्धपदार्थ तथा अण्डामा ११.५६ प्रतिशत, दाल तथा गेडागुडीमा १०.५३ र सुर्तीजन्य पदार्थमा ८.९१ प्रतिशत मूल्यवृद्धि चैत महिनामा भएको देखिएको छ ।
चैत महिनामा भएको महंगीदर चालू आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै हो । यस्तो मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा पनि दोब्बरभन्दा बढीले बढेको छ ।
यो वर्ष फागुनमा ७.१४ प्रतिशत, माघमा ५.६९ प्रतिशत, पुसमा ५.६५ प्रतिशत, मंसिरमा ७.११ प्रतिशत, कात्तिकमा ५.३२ प्रतिशत, असोजमा ४.२४ प्रतिशत, भदौमा ३.४९ प्रतिशत र साउनमा ४.३५ प्रतिशत महंगीदर रहेको थियो ।
यो वर्ष अर्थतन्त्रका सूचकमध्ये निर्यात बढेको छ भने अन्य सूचक सबैजसो नकारात्मक रहेका छन् । विकास बजेट गत वर्षभन्दा पनि कम छ । यो बजेट गत वर्षको भन्दा बढी हुँदा पनि यो वर्षको खर्च भने जम्मा १ खर्ब ३ अर्ब रुपैयाँ मात्रै छ । यस्तो खर्च गत वर्षको यही अवधिमा १ खर्ब २ अर्ब रुपैयाँ थियो ।
यो वर्षको आयात साढे ३ खर्ब रुपैयाँले बढ्दा विदेशी मुद्रा विनिमय सञ्चितिमा दबाब परेको छ । विदेशी मुद्राको सञ्चिति गत वर्षको तुलनामा करीब ३ खर्ब रुपैयाँले नै घटेको छ । विदेशी मुद्राको सञ्चिति घटेका कारण वस्तु तथा सेवाको आयात धान्ने क्षमता ६.६ महिना मात्रैको छ ।
यो अवधिमा बैंकिङ प्रणालीमा निक्षेप कम र कर्जा बढी भएका कारण अझै तरलतामा दबाब परिरहेको छ । बैंकहरूले जम्मा २ खर्ब ३७ अर्ब निक्षेप संकलन गरेर ५ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तो निक्षेप गत वर्ष ५ खर्ब २७ अर्ब रुपैयाँ थियो भने कर्जा ७ खर्ब ५६ अर्ब रुपैयाँ थियो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ६० देखि ७० रूपै...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ६० देखि ७० रूपै...
मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार यस्तो सुन प्रति तोला ९८ हजार ...
बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार यस्तो सुन प्रति तोल...
बुधवार नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँको गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार यस्तो सुन ...
बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ । २ दशकदेखि सजावटी पेन्टहरूमा चिरपरिचित ब्राण्ड रहँदै आएको बर्जरले जेठ १ देखि प्री-मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ ल्याएको ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...