जेठ ९, २०७९
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै मात्र चितवनमा टाटा मोटर्सको दोस्रंो एक्सपिरियन्स जोनको शुरूआत गरेको छ । यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई...
यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ ।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित 'महा एक्सचेञ्ज मेला' को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।
यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर-१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ ।
‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो ।
कम्पनीको अनुसार रेजेड आर सामान्यतः प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३,०००/- रुपियाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउँने कम्पनीले जनाएको छ ।
उक्त स्कुटरको उच्चतम फ्यूल इफिसिएंसी लिखितमा मात्र दाबी नगरी कम्पनीले नियमित रूपमा र्याली आयोजना गर्ने गरेको बताएको छ ।
स्मार्ट 'कनेक्ट-एक्स' फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले 'गुगल प्ले स्टोर' र 'एप्पल' को फोन प्रयोग गर्ने चालकले 'एप्पल'को 'एप स्टोर' मार्फत यामाहाको 'कनेक्ट-एक्स' एप डाउण्लोड गरी उक्त एपमार्फत आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार 'कनेक्ट-एक्स' एक्टिभेट गरेपछि चालकहरूले निम्न पाँच सुविधाहरू प्राप्त गर्न सक्नेछन् :
१. 'लोकेट माइ भिएकल' मार्फत् चालकले सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्नेछन् ।
२. 'हजार्ड' फिचरमार्फत् आकस्मिक अव्स्थाको बेला स्कुटरको चारै वटा इन्डिकेटरहरू बाली अन्य चालकहरूलाई सूचित गर्न सक्नेछन् ।
३. 'राइडिङ हिस्ट्री' मार्फत् स्कुटरसँग गरिएको प्रत्येक यात्राको विवरण हेर्न सक्नेछन् ।
४. 'पार्किङ रेकर्ड' मार्फत स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सक्नेछन् ।
५. स्कुटर लोकेट गर्न नसकिएको अव्स्थामा 'एन्सर ब्याक' फिचर सेलेक्ट गर्दा स्कुटरको 'इन्डिकेटर' र 'हर्न' क्रमशः बल्ने र बज्ने भएकोले स्कुटर सजिलै ‘लोकेट’ गर्न सक्नेछन् ।
गत वर्ष बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको यस अल न्यू रेजेड आर १२५ फ्युल-इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एयर-कूल्ड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको स्कुटर हो । जसले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ ।
'काठमाडौँ रेजियर्स' फुटबल क्लबको टाइटल स्पन्सर समेत रहेको उक्त स्कुटर 'कनेक्ट -एक्स' फिचरपश्चात पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु क्षेत्रीले उल्लेख गरेका छन् ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै मात्र चितवनमा टाटा मोटर्सको दोस्रंो एक्सपिरियन्स जोनको शुरूआत गरेको छ । यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई...
जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले 'नयाँ वर्ष, भाग्यको वर्षा' योजनामा पहिलो विजेता घोषणा गरेको छ । सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिक...
लोकप्रिय नेपाली ई-कमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ । दर्शकले ग्यापु डटकमबाट सजिलै टिकट प्रि-बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ हजा...
चांगन अटोले चाइनिज ब्राण्ड मध्यको पहिलो स्थान कायमै राख्न सफल भएको छ । फेब्रुअरी २०२२ को तथ्याकं अनुसार चाइनाको १० उत्कृष्ट घरेलु अटोमोबाइल ब्राण्ड माझ चांगन पहिलो भएको थियो । यात्रु बाहक कार को बि...
छोटो समयमा नै विश्व बजारमा चर्चित बनेको उल्फ एयर मास्क बजारमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । कोरोना महामारीको बीच शुरू गरिएको उल्फ एयर मास्क अब नेपाली बजारमा पनि आएको हो । ...
भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो ललितपुरको महत्वपूर्ण शोरुम सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बि. अटोमोटिभ प्रा.लि.को उद्घाटनबाट शुरु गरेको छ । टाटा मोटर्सको एक मात्र आधिकार...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...