जेठ २, २०७९
बाँकेको बैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ । गाउँपालिकाको मतगणनास्थल प्रभात माविमा विवाद भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए । मतपेटिकाहरूको सुरक्षण शील उल्...
डडेल्धुरा | बैशाख २९, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा शेरबहादुर नै शेरबहादुर भेटिएका छन् ।
देउवा थरका शेरबहादुर मात्रै १३ जना छन् । यो गाउँमा अन्य थरका १० शेरबहादुरसहित एउटै गाउँमा २३ जना शेरबहादुर छन् ।
शेरबहादुर नै शेरबहादुरको भीडमा कुन चाहिँ प्रधानमन्त्री देउवा हुन् भनेर झट्ट छुट्याउन गाह्रो पर्छ । २७ वर्षको युवा शेरबहादुरदेखि ७७ वर्षसम्मका वृद्ध शेरबहादुर गरी दुई दर्जन शेरबहादुर एउटै गाउँमा छन् ।
प्रधानमन्त्री देउवा कुन हुन् भनेर पत्ता लगाउन निर्वाचन आयोगको मतदाता सूचीमा रहेको उनको बुबाआमा र श्रीमतीको नामसँग भिडाउनुपर्छ ।
७६ वर्षीय प्रधानमन्त्री देउवाका बुबा प्रसाद सिंह र आमा द्रोपती हुन् । उनको श्रीमतीको नाम आरजु देउवा राणासमेत उल्लेख भएकोले सोही नामबाट खोज्नुपर्छ ।
प्रधानमन्त्री देउवा, उनकी श्रीमती आरजु र छोरा जयवीर सिंहको पनि डडेल्धुरामै मतदाता नामावली छ । यसपटकको चुनावमा मतदान गर्न देउवा डडेल्धुरा पुगिसेकका छन् ।
प्रधानमन्त्रीको गाउँ गन्यापधुराको रुवाखोला हो । उनको गाउँमा २७ वर्षीय अविवाहित युवा शेरबहादुरदेखि अरू थरका पनि शेरबहादुर छन् ।
प्रधानमन्त्री देउवाले भोलि (शुक्रवार) हुने स्थानीय तह निर्वाचनका लागि गन्यापधुरा गाउँपालिकाको असिग्राम माविस्थित रुवाखोलामा तोकिएको मतदान केन्द्र पुगेर मतदान गर्नेछन् ।
निर्वाचन आयोगका अनुसार गन्यापधुरामा १० हजार ४१४ जना मतदाता छन् । प्रधानमन्त्री देउवाले विद्यालय तह अध्ययन गरेको पनि यही असिग्राम मावि नै हो ।
गन्यापधुरा गाउँपालिका १ का वडा अध्यक्ष चेतराम भट्टका अनुसार अन्य ठाउँमा राम, श्याम भनेजस्ते बढी प्रयाेग हुने सामान्य नभएकाेले धेरैकाे नाम शेरबहादुर भएकाे हाे । प्रधानमन्त्री भएर उनैकाे जस्ताे राजनीतिमा सफल हुन राखिएकाे नाम शेरबहादुर नभएकाे पनि भट्टले बताए । नयाँ पुस्ता धेरै नभएर पुराना पुस्ता र प्रधानमन्त्री देउवाकै समकालीनहरुकाे नाम शेरबहादुर नै भएकाे जानकारी भट्टले दिए ।
बाँकेको बैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ । गाउँपालिकाको मतगणनास्थल प्रभात माविमा विवाद भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए । मतपेटिकाहरूको सुरक्षण शील उल्...
धादिङको खनियाँबास गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङले १ हजार ६ सय ९ मत सहित निर्वाचित भएका छन् । उनका निक...
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्याल वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट तानसेन नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा उम्मेदवारी दिएका अर्याल ३२२ मतान्तरसहित निर्वा...
प्यूठान नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका विष्णुबहादुर योगी विजयी विजयी भएका छन् । योगीले ९ हजार ३२३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय विराज विष्टले ७ हजार ८१६ ...
डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीले तयार पारेको चुनावी घोषणापत्र सामाजिक सञ्जालमा भाइरल भएको जियो । अधिकांशले निकै रमाइलो मानेर व्यंग्यात्मक रूपमा शेयर गरिदिएका...
काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा रोचक प्रतिष्पर्धा देखिएको छ । कुनैबेला नेकपा एमाले, कुनै बेला राप्रपाले लिड गरिरहेकोमा अहिले नेकपा एसले अग्रता लिइरहेको छ । सोमवार रातिसम्मको नतिजामा नेकपा एसका ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...