×

X
Dabur
Nic Asia
Marvel

मतपत्र सुरक्षाको चाँजोपाँँजोः कतै तारजाली, कतै सीसी क्यामेरा [तस्वीरहरू]

काठमाडाैं | बैशाख २९, २०७९

बागलुङ नगरपालिकामा रहेको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा भोलि हुने स्थानीय तह निर्वाचनको मतगणनास्थलमा लगाइएको तारजालीसहित सीसी क्यामेराजडित स्थलको अनुगमन गर्दै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपाने र इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल । तस्वीरः खेमराज गौतम/रासस
TVS INSIDE

वैशाख ३० अर्थात् भोलि (शुक्रवार)बाट स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ । 

IME BANK INNEWS
morang Auto yamaha

मतदानका लागि मतदानस्थलको तयारी गरिएको छ । देशका अधिकांश मतदानस्थलको तयारी पूरा भएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

त्यस्तै मतगणनास्थललाई पनि सुरक्षित गरिएको छ । मतगणनाका बेला हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अहिले अधिकांश मतगणनास्थलमा तारजाली राखिएको छ भने सीसी क्यामेराको पनि व्यवस्था गरिएको छ । 

हालसम्म ३०० ठाउँमा सीसी क्यामेरा राखिएको निर्वाचन आयोगले जनाएको छ । सीसी क्यामेरा जडान नहुने ठाउँमा पनि भिडियो क्यामेराबाट गणनाको सबै कामको रेकर्ड राख्ने तयारी आयोगले गरेको छ । 

Vianet communication
Maruti inside

निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ ।

आयोगका अनुसार छिटोमा साँझ ७ बजेदेखि र ढिलोमा राति १२ बजेदेखि मतगणना शुरू हुनेछ ।  

हेरौँ देशका विभिन्न ठाउँका मतदानस्थल र मतगणनास्थलको अवस्थाः

स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ९, लायकु मञ्चमा मतदातालाई लामबद्ध भएर मतदान गर्न डोरी टाँगेर व्यवस्थित बनाउँदै कर्मचारी र सुरक्षाकर्मी ।  तस्वीरः पेमा लामा/रासस स्थानीय तह निर्वाचनका लागि तनहुँको व्यास नगरपालिका–३ स्थित महर्षि संस्कृत मावि मतदान केन्द्रमा मतदानका लागि निर्माण गरिएको मतदानस्थल । तस्वीरः कृष्ण न्यौपाने/राससजलमग्न मतदान परिसर वर्षाका कारण जलमग्न भएको दाङको घोराही-१४ बालमन्दिरमा रहेको मतदान परिसर । तस्वीः रञ्जिता अधिकारी/राससस्थानीय तह निर्वाचनका लागि घोराही उपमहानगरपालिकाको बहुउद्देश्यीय सभागृह घोराही–१४ मा निर्मित मतगणनास्थल । मतगणनास्थलमा सीसी क्यामरासहित  तारजालीले सुरक्षित गरिएको छ । यहाँ आठ वटा कोठामा  मतगणना गर्ने व्यवस्था गरिएको छ ।  तस्वीरः रञ्जिता अधिकारी/रासस

स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा भइरहेका कामको अवस्थाबारे जानकारी लिन बिहीवार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १ देवीटार पुगेको सुरक्षा समितिको टोली मतदान केन्द्रको अनुगमन गर्दै । तस्वीरः पेमा लामा/रासस

स्थानीय तह निर्वाचनका लागि सप्तरीको राजविराज नगरपालिका-३ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयमा मतदानस्थल निर्माण गर्दै कर्मचारी र सुरक्षाकर्मी । तस्वीरः नानीमैया कटवाल/रासस

स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा निर्मित मतगणनास्थल ।  मतगणनास्थलमा सीसी क्यामरा र तारजालीको व्यवस्था गरिएको छ । तस्वीरः नरेन्द्रसिंह कार्की/रासस

TATA Below
NLIC
साउन २६, २०७९

सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदल...

साउन २६, २०७९

‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बिहीवार उक्त विधेयक प्रमाणीकरण गर...

साउन २६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले राजीनामा दिएका छन् । उनी राप्रपा वरिष्ठ नेता दीपक बोहोराका दाहिने हातजस्तै थिए । निर्वाचनको मिति घोषणासँगै गुप्ताले राजीनामा दिएपछि आउन...

साउन २६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...

साउन २६, २०७९

नेकपा एमालेले ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवक...

साउन २६, २०७९

प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको हक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक अध्ययन, अभिलेखीकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ ।  सिंहदरबारस्थित समितिको...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x