जेठ ६, २०७९
हिन्दी भाषामा बन्ने हरर फिल्महरूले चिकित्साविज्ञानको कुरा नगरेकै राम्रो । प्रियदर्शनले बनाएको भूल भुलैया मलयाली भाषाको मणिचित्रथाजुको रिमेक थियो । त्यसमा मञ्जुलिका नाम गरेकी भूतनीको कथा चलुन्जेल दर्शकक...
काठमाडाैं | बैशाख २९, २०७९
शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा आम सर्वसाधारणले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्दैछन् ।
सर्वसाधारण मात्र होइन्, चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै सेलिब्रेटीहरू पनि शुक्रवार आफ्नो मतदान गर्दैछन् । कोही सेलिब्रेटीहरूले काठमाडौंमा नै मतदान गर्दैछन् भने कोहीले आफ्नो गृहजिल्लामा मतदान गर्नेछन् । मतदानका लागि थुप्रै सेलिब्रेटीहरू गृहजिल्ला पुगिसकेका छन् । कोही सेलिब्रेटीहरू भने निर्वाचनको समयमा कार्यक्रमको शिलशिलामा विदेश पुगेका छन् ।
अभिनेता धिरेन शाक्य मतदान गर्नका लागि केहीदिन अघि नै गृहजिल्ला पाल्पा पुगिसकेका छन् । नेपाली चलचित्रमा कुनै समयका निकै चर्चित यी अभिनेताले तानसेन नगरपालिका –३ भगवती टोलबाट मतदान गर्दैछन् । मतदानका लागि धिरेन निकै उत्साहित समेत देखिन्छन् । ‘अब एक सातापछि मात्रै काठमाडौं फर्किनेछु,’ शाक्यले लोकान्तरसँग भने ।
अभिनेता दीपकराज गिरीले काठमाडौंबाट नै मतदान गर्नेछन् । उनले चन्द्रागिरी नगरपालिका–१, दहचोक थानकोटबाट मतदान गर्ने जानकारी दिए ।
अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले भने यसपटक मतदान नगर्ने भएकी छिन् । ‘छक्का पञ्जा’ फ्रेम्ड निर्देशक निरौलाको मतदाता नामावलीमा नाम विराटनगर महानगरपालिकामा छ । ‘विराटनगरबाट मतदान गर्नुपर्ने हो’ निरौलाले भनिन्, ‘जानका लागि तयारी पनि गरेको हो तर काम विशेषले जान पाइएन । त्यसैले यसपटक मतदान गर्न नपाउने भएँ ।’
गायक हेमन्त शर्मा मतदान गर्नका लागि केही दिनअघि नै परिवारसहित भैरहवा पुगिसकेका छन् । शर्माले सिद्धार्थनगर नगरपालिका –९ बाट मतदान गर्दैछन् । भानु माध्यमिक विद्यालय शर्माले मतदान गर्ने केन्द्र हो ।
उनी जितेपछि सघाउँछ भन्ने विश्वास लाग्ने उम्मेदवारलाई भोट हाल्नुपर्ने बताउँछन् । ‘आफ्नो टोल, वडा, गाउँ, नगरको दैनिक जीवनका, स–साना लाग्ने तर महत्वपूर्ण कुरामा सघाउँछ भन्ने विश्वास लाग्छ त्यो उम्मेदवारलाई भोट हाल्नुपर्छ, चाहे पार्टीकै हुन् चाहे स्वतन्त्र । पार्टीका पनि सबै उमेदवार खराब नहुन सक्छन्’ हेमन्त भन्छन् ।
मतदान गरेर सोमवार–मंगलवारतिर आफू काठमाडौं फर्किने शर्माले बताए ।
गायक प्रकाश सपूत भने केही दिनदेखि सांगीतिक कार्यक्रमका लागि अमेरिकामा छन् । सो कारण उनी स्थानीय तह निर्वाचनमा मतदानबाट बञ्चित हुने भएका छन् । उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै सबैलाई मतदान प्रक्रियामा भाग लिन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो मतको सदुपयोग हुने गरी मतदान गर्न पनि आग्रह गरेका छन् । उनी लेख्छन्,‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले मतदान प्रक्रियामा भाग लिनुहोला । साथै सोँच विचार गरेर आफ्नो मतको सही सदुपयोग हुने गरी मतदान गर्नुहोला ।’
प्रकाशले मत पाउनु मन जित्नु भएको बताउँदै आफू र आफ्ना सिर्जनाले अमेरिकामा बस्ने नेपालीहरूको मन जितेको रै‘छ भन्ने अनुभूती गरिरहेको समेत उल्लेख गरेका छन् ।
यता अभिनेत्री केकी अधिकारी पनि निर्वाचनको यो माहोलमा अमेरिकामा छिन् । टेलिभिजन रियालिटी शोमा भाग लिन अमेरिका पुगेकी उनले मताधिकारको प्रयोग गर्न नपाएकोमा आफूलाई चित्त दुखेको बताएकी छिन् ।
‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ । काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन्’ केकीले फेसबुकमा लेखेकी छिन्, ‘तपाईंहरूले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नु भएकै छ । निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला ।’
उनले शान्त, सुरक्षित अनि सु–ब्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुन सकोस् भन्ने कामना समेत गरेकी छिन् ।
हास्य कलाकार एवं मोडल सागर लम्साल ‘बले’ले भने स्याङजाबाट मतदान गर्नेछन् । एक साताअघि नै स्याङजा पुगिसकेका उनले विरुवा गाउँपालिका –६ बाट मतदान गर्ने जानकारी दिए । मतदानका लागि आफू उत्साहित रहेको समेत सागरले बताए ।
मतदान पश्चात जेठको ३/४ गते आफू काठमाडौं फर्किने सागरले बताए ।
यस्तै, पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानले भने स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएकी छिन् । उनको मतदाता नामावलीमा नाम झापाको बिर्तामोडबाट छ ।
‘यस अगाडिको निर्वाचनमा मतदान गरेकी थिएँ’ काठमाडौंमा रहेकी उनले भनिन्, ‘यसपटक मतदान नगर्ने भएकी छु । भोट गर्नै पर्छ जस्तो पनि लागेन, त्यसैले कतै पनि भोट नगर्ने भनेर काठमाडौंमै बसेकी छु ।’
मतदान नगर्ने निर्णय गर्नुको कारण खुलस्त नपारे पनि उनी निर्वाचनलाई लिएर त्यति उत्साहित भने देखिइनन्।
हिन्दी भाषामा बन्ने हरर फिल्महरूले चिकित्साविज्ञानको कुरा नगरेकै राम्रो । प्रियदर्शनले बनाएको भूल भुलैया मलयाली भाषाको मणिचित्रथाजुको रिमेक थियो । त्यसमा मञ्जुलिका नाम गरेकी भूतनीको कथा चलुन्जेल दर्शकक...
भदौ ३ गते रिलिज हुने नेपाली फिल्म प्रेमगञ्जको ‘तरबार’ बोलको गीत सार्वजनिक भएको छ । गीत काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । गीतमा ‘जो जीवनमा छ ऊ मनमा छैन, जो म...
बलिउड चलचित्र ‘भूल भुलैया २’ ले बक्स अफिसमा आक्रामक व्यापार शुरू गरेको छ । शुक्रवार सार्वजनिक गरिएको यस चलचित्रले पहिलो दिन १६.५० करोड भारतीय रुपैयाँ कमाएको छ । बक्स अफिसमा बलिउड चल...
आज (बुधवार)देखि प्रसारण हुने भनिएको टेलिभिजन कमेडी शो ‘कमेडी हब’ अर्को सातादेखि प्रसारणमा आउने भएको छ । जेठ १८ गतेदेखि मात्र शो प्रसारणमा आउने यसका निर्देशक हास्य कलाकार केदार घिमिरे ...
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रूचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को फ्रेन्चाइज हुने भएको छ । नेपालमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शोको उत्पा...
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ आजदेखि प्रशारणमा आउँदैछ । एक दर्जन बढी हास्य कलाकारहरुलाई लिएर मिडिया हबले कार्यक्रम प्रशार...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...