×

Nic Asia
Marvel

सुवासले जिते सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि

काठमाडाैं | बैशाख २९, २०७९

NTC
TVS INSIDE

 सुवास तामाङले गोकर्ण गल्फ क्लबको पार-७२ मा बिहीवार भएको सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवास प्रो सुक्रबहादुर राई र भुवन नगरकोटी विरुद्ध ७-स्ट्रोकको सहज जित निकाल्दै तीनवटा प्रमुख उपाधि जित्ने पहिलो एमेच्योर गल्फर बनेका छन्। उनले सन् २०१९ मा सूर्य नेपाल च्यालेन्ज र यही वर्षको अप्रिल महिनामा सूर्य नेपाल वेस्टर्न ओपन पनि जितेका थिए।

IME BANK INNEWS
morang Auto yamaha

फाइनल राउण्डमा पुग्नु पहिले भुवनभन्दा दुई स्ट्रोक अगाडि रहेका सुवासले चार-अन्डर ६८ को स्कोर बनाएर प्रतियोगितामा कुल १९-अन्डर २६९ बनाएका थिए। सुवास भन्दा आठ स्ट्रोक र भुवनभन्दा ६ स्ट्रोक पछाडि रहेका सुक्रबहादुरले फाइनल राउण्डमा पाँच-अन्डर ६७ को स्कोर बनाई कुल १२-अण्डर २७८ मा भुवनसँग बराबरी गरे। भुवनले आज एक-ओभर ७३ को स्कोर बनाए। अमेच्योर सुवास नगद पुरस्कारका लागि योग्य नभएकाले भुवन र सुक्रले रु. १,११,५०० रुपैयाँको पुरस्कार राशि बाँडे।


Advertisment
NMB BANK
Saurya island

त्यस्तै आजको दिन इभन-पार ७२ ल्याएर कुल ६-अन्डर २८२ बनाएका रवि खड्काले प्रोफेसनल मध्येमा तेस्रो र समग्रमा चौथो स्थानमा रही रु. ६५,००० नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी निरज तामाङले चार-अन्डर ६८ बनाउँदै चार-अन्डर २८४ को कुल स्कोर बनाएर नगद रु. ५३,५०० प्राप्त गरे। धनबहादुर थापाले थ्री-अण्डर ६९ को कार्ड खेल्दै थ्री-अन्डर २८५ को कुल स्कोर बनाएर रु. ४५,००० प्राप्त गरे।

सद्भाव आचार्यले तीन-ओभर ७५ सहित कुल एक-अन्डर २८७ को स्कोर बनाएर एमेच्योर मध्येमा उपविजेता बने भने समग्रमा सातौं स्थानमा बराबरी गरे। त्यस्तै वाङ्चेन धोन्डुपले तीन-अन्डर ६९ खेल्दै कुल इभन-पार २८८ को स्कोर बनाएर एमेच्योरहरू मध्ये तेस्रो भए र समग्रमा नवौं स्थानमा बराबरी गरे।

Vianet communication
Maruti inside

दिनेश प्रजापतिले आज एक-ओभर ७३ बनाएर कुल वन-अन्डर २८७ बनाउँदै नगद प्रोफेसनल खेलाडी मध्येमा छैठौँ रही रु. ४०,००० प्राप्त गरे भने आजको दिन सम-पार ७२ को कार्ड खेलेका जयराम श्रेष्ठले कुल इभन-पार २८८ बनाई प्रोफेसनल खेलाडीहरूमा सातौँ स्थानमा रही रु. ३६,००० पाए।

सञ्जय लामा (७४) र बलभद्र राई (६८) ले तीन-ओभर २९१ स्कोरका साथ समग्र ११औँ र प्रोफेसनल मध्ये आठौं स्थानमा रही रु. ३२,००० प्राप्त गरे। भुवन कुमार रोक्का (७८) र राजेन्द्र थापा मगर (७१) ले आठ-ओभर २९६ को कुल-स्कोरका साथ प्रोफेसनल मध्येमा १०औं मा (समग्र १३औं) रही रु. २७,००० रहे। शीर्ष २१ मा रहेका अन्य खेलाडीले पनि नगद पुरस्कारको आफ्नो अंश प्राप्त गरे।

आफ्नो तेस्रो होलमा ईगल र सातौं र नवौं होलमा बर्डीजको मद्दतले अगाडिको नौमा फोर-अन्डर ३२ बनाएका सुवासले पछाडि फर्केर हेर्नु परेन। त्यस्तै ब्याक नौमा १०औं, १२औं र १८औं होलमा बर्डी बनाएका सुवासले १४ औं, १५औं र १६औं होलमा भने सट ड्रप गरे।

TATA Below
NLIC
जेठ १०, २०७९

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्र...

जेठ १०, २०७९

नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नवयुग श्रेष्ठ बनेका छन् ।  एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको हो ।  प्रशिक्षकसँग  विवाद भएसँगै यसअघिका सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगलाई कप्त...

जेठ ९, २०७९

स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । पेरिसमा सोमवार राति अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाएका हुन् । कीर्तिमानी २१ ग्रान्डस्...

जेठ ११, २०७९

कञ्चनपुरमा जन्मिएका दीपेश धामी घरको कान्छो सन्तान हुन् । उनका बुवा असाध्यै खेलप्रेमी रहेछन् । दीपेशका बुवाले जहिल्यै पनि खेल क्षेत्रमा लाग्न  उनलाई प्रेरित गरिरहन्थे । पहिला त उनलाई फूटबल खेल्ने रहर रहेछ ...

जेठ १०, २०७९

नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो । ...

जेठ १०, २०७९

इन्डियन प्रिमियर लीग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेल आज मंगलवार हुँदैछ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कोलकत्तामा हुने क्वालिफायर खेल राति ७:४५...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x