जेठ ११, २०७९
भारतले महँगी बढेको भन्दै गहुँ निर्यातमा रोक लगाएको दुई साता नपुग्दै चिनीको निर्यातमा पनि रोक लगाउने घोषणा गरेको छ । भारतले वैशाख अन्तिम साता गहुँ निर्यातमा रोक लगाएको थियो भने आगामी जुन १ (१८ जे...
लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रूपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।
देशभर आज स्थानीय तहको निर्वाचन भएको हो ।
निर्वाचनमा सक्रिय सहभागिता जनाउनका लागि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग प्रतिष्ठानमा बिदा नै दिएको थियो ।
यस्तै, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सक्रिय सहभागिता जनाउन आग्रह गरेको थियो ।
संविधान घोषणापछि दोस्रो पटक हुन लागेको निर्वाचनमा सक्रिय सहभागिता जनाउनु र सहभागिता जनाउनु सबै नागरिकको कर्तव्य रहेको भन्दै व्यावसायीक संघसंस्थाले सार्वजनिक रुपमा नै आह्वान गरेका थिए । यसै क्रममा बैंकर, व्यवसायी तथा उद्योगीले पनि सक्रियताका साथ सहभागी भएका हुन् ।
निर्वाचनमा उद्योगी व्यवसायीदेखि बैंकर सहभागी भएको तस्विर सार्वजनिक गरेका छन् । लोकतन्त्रमा आफ्ना प्रतिनिधि छान्ने अधिकार भएको भन्दै व्यवसायीले अन्य नागरिकलाई पनि मतदान गर्न आग्रह गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकर अनिल केशरी शाहले सक्रियताका साथ मतदान गरे ।
उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरे ।
महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौँको सितापाइला स्कुलबाट मतदान गरे । अध्यक्ष गोल्छाले मतदानपछि सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,'मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।'
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले अन्य मतदातासमेतलाई सक्रियताका साथ मतदानमा भाग लिन आग्रह गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघकै पूर्वअध्यक्ष पशुपति मुरारकाले काठमाडौँको थापाथलीको गुहेश्वरी माविबाट मतदान गरेका छन् । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्,'भोट हालियो, आशा गरौँ हाम्रो एक एक भोटले काठमाडौँको मुहार फेरिने छ ।'
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले काठमाडौँ महानगरपालिका–१ नारायणी हिटी दरबार मतदान केन्द्रबाट आफ्नो अधिकारको प्रयोग गरे।
उनले मतदानपछि लेखेका छन्,'मैले भोट गरेँ, के तपाईंले गर्नुभयो रु यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहाल्नुस् ।'
यस्तै, आइएमई समूहका प्रबन्धनिर्देशक हेमराज ढकालले काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । अन्य व्यवसायीले पनि आफ्नो पायक पर्ने स्थानमा पुगेर मतदान गरेका छन् ।
शहरी क्षेत्रका व्यवसायी तथा उद्योगीले आज आफ्नो व्यवसाय तथा उद्योग धन्दा नै बन्द गरेर सक्रियताका साथ मतदानमा सहभागिता जनाएका छन् ।
उद्योगी व्यवसायीहरूद्वारा निर्वाचन पर्यवेक्षण
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघसहित उद्योगी व्यवसायीहरुको टोलीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न मतदान केन्द्रको निर्वाचन पर्यवेक्षण गरेको छ । त्यस क्रममा निर्वाचनको तयारी तथा मतदान प्रक्रिया व्यवस्थित रहेको र नागरिकहरु मतदानका लागि निकै उत्साहित रहेको आफूहरुले पाएको वरिष्ठ उपाध्यक्ष ढकालले जानकारी दिए। रासस
भारतले महँगी बढेको भन्दै गहुँ निर्यातमा रोक लगाएको दुई साता नपुग्दै चिनीको निर्यातमा पनि रोक लगाउने घोषणा गरेको छ । भारतले वैशाख अन्तिम साता गहुँ निर्यातमा रोक लगाएको थियो भने आगामी जुन १ (१८ जे...
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बनाउने तयारीलाई तीव्रता दिएको छ । १५ जेठमा सार्वजनिक हुने बजेटमार्फत सरकारले विकास खर्च बढाउने, आयात घटाउने, पूर्वाधार निर्माणमा जोड दिने र दीर्घकालीन विका...
सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा राष्ट्र बैंककै पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व कार्यकारी निर्देशक डा. शंकर आचार्यलाई नियुक्त गरेको छ । सरकारले मंगलवारको मन्त्रिपरिषद् बैठकबाट सञ्...
बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना सरकार आफैंले बनाउने घोषणा गरेको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय सरकारको संयुक्त सदनमा मंगलवार सार्वजनिक गर्दै राष्ट्रपति विद्यादे...
शेयर बजार मापक सूचक नेप्से बुधवार १४.३७ अंकले बढेको छ । बजार ०.६५ प्रतिशतले बढेर २२ सय ३१.५७ बिन्दुमा पुगेको छ । बजार बढेको भए पनि कारोबार रकम भने जम्मा १ अर्ब रूपैयाँको मात्रै भएको छ ।&nbs...
सरकारले मंगलबार संसदबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सन्तुलित आएको निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले प्रतिकृया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...