जेठ २, २०७९
पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य अगाडि देखिएका छन् । सोमवार बिहानसम्म १० हजार ४ सय ९३ मतगणना हुँदा नेकपा एसका उम्मेदवार आचार्यले ४ हजार १ सय ९१ मत ...
काठमाडाैं | बैशाख ३१, २०७९
गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिएका छन् ।
गृहमन्त्री खाँणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीशहरू, र निर्वाचन अधिकृतलाई सीमित स्रोतसाधन उपयोग गरेर एकैचरणमा निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निभाएकोमा धन्यवाद दिए ।
गृहमन्त्री खाँणले शनिवार बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलिया, प्रधान सेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई टेलिफोन गरेर छिटपुट घटनाबाहेक मुलुकभर स्थानीय तह निर्वाचन एकैपटक सम्पन्न गरेकोमा धन्यवाद दिए ।
‘सीमित स्रोत र साधनको उपयोग गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत र जवानहरूले दृढता र प्रतिबद्धतासाथ आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ,’ गृहमन्त्री खाँणले टेलिफोनमा भने, ‘मुख्य निर्वाचन अधिकृत भएर खटिनुभएका जिल्ला न्यायाधीशहरू र निर्वाचन अधिकृतहरूले आफ्नो महत्वपूर्ण कार्यभार सम्पन्न गर्नुभएको छ । म्यादी प्रहरीले झन् प्रतिबद्ध भएर फ्रन्ट लाइनमा बसेर आफ्नो जिम्मेवारी निभाउनुभएको छ । सबैले सरकारले दिएको जिम्मेवारी दृढतापूर्वक र प्रतिबद्ध भएर पूरा गर्नुभएका सबै धन्यवादका पात्र हुनुहुन्छ ।’
एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतीपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाँणले बताए ।
गृहसचिव पाण्डेले गृहमन्त्री खाँणले सरकारको निर्णय बमोजिम सीमित स्रोतसाधनबीच एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेको जानकारी दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न सीमित स्रोतसाधनबीच सुरक्षा व्यवस्था मिलाएकोमा धन्यवाद दिएको बताए ।
पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य अगाडि देखिएका छन् । सोमवार बिहानसम्म १० हजार ४ सय ९३ मतगणना हुँदा नेकपा एसका उम्मेदवार आचार्यले ४ हजार १ सय ९१ मत ...
आदरणीय बालकृष्ण दाई, तपाईं सन्चै हुनुहुन्छ होला । तर, म यतिबेला फ्रन्टलाइन अस्पतालको आइसियु बेड नम्बर–१ मा छु । तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन । किनकी मैले तपाईंलाई दाईको नाताले चिनेक...
बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मो...
चितवनको भरतपुर महानगरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । सोमवार बिहान सम्मको गणनामा एमाले उम्मेदवार विजय सुवेदीले ३ हजार ८ सय ९९ मत पाएका छन् । माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८ सय ...
धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा १६ वटा मतपत्र बढी भेटिएपछि झडप भएको छ । मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध हिमालय जति नै प्राचीन र अटल रहेको बताएका छन् । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी भ्रमण गरेका मोदीले सम्बोधनका क्रममा दुई देशबीचको सम्बन्धका विषयमा...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...