×

Dabur
Nic Asia
Marvel

स्थानीय चुनाव

तराई-मधेशमा बज्यो सीके राउतको हर्न, ७ पालिकामा अग्रता, २० मा प्रतिस्पर्धा

काठमाडाैं | जेठ १, २०७९

TVS INSIDE

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ वटा पालिकामा अग्रता लिएको छ । २० वटामा प्रतिस्पर्धा गरिरहेको छ । 

morang Auto yamaha

प्रारम्भिक मतगणनामा जनमत पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, वलानविहुल गाउँपालिका, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा जनमत पार्टीले अग्रता लिएको छ । 

सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका मेयर पदका उम्मेदवार इन्द्रदेव कौगडिया, हनुमान नगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी, वलान विहुल गाउँपालिकामा अध्यक्ष पदमा जनमत पार्टीका खेमचन्द्र यादवले अग्रता कायमै राखेका छन् । त्यसै गरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीका उम्मेदवार जितेन्द्रकुमार यादवले अग्रता कायम राखेका छन् । 

Vianet communication
Maruti inside

रुपन्देहीको मर्चवारी गाउँपालिकामा २ हजार ४३६ मत गणना गर्दा जनमत पार्टीका अध्यक्ष पदका उम्मेदवार मुरलीधर कुर्मीले ८१७ मत ल्याएर अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका ज्ञानप्रकाश मिश्रले ७१३ , लोकतान्त्रिक समाजवादी पार्टीका केशबनन्द बनियाले ४३६, जनता प्रगतिशील पार्टी नेपालका गयाप्रसाद बरईले २७८ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका उमाशंकर यादवले ६३ मत र नेकपा एमालेका कमलेश यादवले ४८ मत ल्याएका छन् । 

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ताले अग्रता लिएका छन् । सम्मरीमाई गाउँपालिकामा जनमत पार्टीका अध्यक्षका उम्मेदवार रामरतन केवटले अग्रता लिएका छन् ।

जनमत पार्टीका अध्यक्ष राउतले २० वटा पालिकामा जनमत पार्टी प्रतिस्पर्धामा रहेको बताउँछन् । मतगणनास्थलमा प्रहरी, प्रशासनदेखि अन्य राजनीतिक दलका नेताहरूले धाँधली गरिरहेको उनको आरोप छ । 

'कतिपय मतगणनास्थलमा हाम्रो पार्टीको उम्मेदवारलाई पनि जान दिइएको छैन, कतिपय ठाउँमा प्रतिनिधिलाई पनि जान दिइएको छैन,' राउतले आरोप लगाउँदै लोकान्तरसँग भने, 'कतिपय स्थानमा त वडाध्यक्ष जितेको भए पनि आयोगले धाँधली गर्दै अन्य उम्मेदवारलाई जिताएको घोषणा गरेका छन् ।'

सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदमा जनमत पार्टीको उम्मेदवारले जितेको उनको दाबी छ । तर, निर्वाचन आयोगले पछि घोषणा गर्दा २२ मतले अन्य उम्मेदवार जितेको घोषणा गरेर धाँधली गरेको राउतले आरोप लगाए ।

कञ्चनरुपजस्तै अन्य पालिकाहरूमा पनि जनमत पार्टीका उम्मेदवारलाई पराजय गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ ।

Mega
TATA Below
NLIC
असार १८, २०७९

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।  संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...

असार १८, २०७९

नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा जुट्दा पार्टीले विधानअनुसार काम गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्व...

असार १८, २०७९

लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।  राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज ब...

असार १८, २०७९

नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।  बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र के...

असार १८, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।  प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहि...

असार १८, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानल...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x