असार १२, २०७९
आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न...
काठमाडाैं | जेठ १, २०७९
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् ।
अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लि., एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले संयुक्त रूपमा वरिष्ठ नर्स श्रेष्ठलाई पचास हजार एक रुपैयाँ नगद पुरस्कार सहित नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मान गरेको हो । यी संस्थाले हरेक वर्ष नर्सिङ्ग दिवसको अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् । पहिलो पटक श्रेष्ठलाई यसकिसिमको अवार्ड प्रदान गरिएको हो ।
आइतवार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरेका हुन् ।
सम्मान प्राप्त गर्ने वरिष्ठ नर्स श्रेष्ठले तीन दशक भन्दा लामो समयदेखि अनवरत रूपमा नर्सिङ्ग क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् ।
हाल उनी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जमा नर्सिङ्ग प्रमुख, आइसियु विभागमा कार्यरत छन् ।
कार्यक्रममा जनस्वास्थ्य अभियन्ता राधा पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा नर्सहरूको योगदान निकै ठुलो रहेको बताउँदै यस किसिमको सम्मानले सम्पूर्ण नर्सहरुलाई आफ्नो कार्यक्षेत्रमा अझ बढि हौसला प्रदान हुने बताइन् ।
यस्तै स्वास्थ्य मन्त्रालय नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख बाला राई, मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की, रजिष्ट्रार प्रमिला देवानले कोभिड महामारीका बेला नर्सहरूको योगदान निकै ठुलो रहेको स्मरण गर्दै यस किमिको सम्मानले उनीहरुलाई कार्यक्षेत्रमा अझ धेरै जिम्मेवार बनाउने उल्लेख गरिन् ।
यस्तै सम्मान ग्रहण गर्दै वरिष्ठ नर्स श्रेष्ठले आफू अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताइन् । उनले सम्मानबापत पाएको एक लाख रूपैयाँ अइसियुमा उपचारार्थ गरिब विरामीहरुलाई प्रदान गर्ने घोषणा गरिन् ।
कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, नर्स लगायत स्वास्थ क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिती रहेको थियो ।
आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न...
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि...
नर्भिक इन्टरनेशल हस्पिटलले विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगीधन्दा चलाइरहेको भन्दै आपत्ति जनाएको छ । नर्भिकले एक सूचना...
काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो...
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।&n...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...