×

X
Nic Asia
Dabur
Khukuri

इसेवा एण्ड्रोइड मोबाइलमा ५२ लाख डाउनलोड, ग्राहक संख्या ६० लाख

काठमाडाैं | जेठ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ ।

LAxmi BAnk
nabil BANK inside

योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

नेपालमा इसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको छ । 

स्थापना भएको १३ वर्षमा इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।


Advertisment
Saurya island

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । 

एण्ड्रोइडमा ५० लाख बढि ग्राहक संख्या पुगेको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने,'बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एप्स्हरुमा आकर्षण बढ्दो छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवाहरु मोबाइल एप्स्मा  अझै परिस्कृत रुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ ।'

Vianet communication
IME BANK INNEWS

५० लाख मोबाइल एप्स् डाउनलोड भएको अवसरमा इसेवाले बुधबारका लागि '५० लाखको कमाल, क्यासब्याक बबाल' अफर सार्बजजिनक गरेको छ ।  

यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले बुधवार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५:५५ देखि ५:५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा ५५ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । 

यस अफर अन्तरगत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । 

अफर अन्तरगत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनैपनि कम्पनीको मोबाईलमा टप्अप्, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद , १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लर्निङ्गको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । 

यसैगरि १२ देखि दिउसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ्ग तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टप्अप्मा ५ प्रतिशत क्यासब्याक पाइनेछ । 

यसैगरि बेलुकी ५:५५ देखि ५:५६ सम्मको एक मिनेटमा कुनैपनि ग्राहकले मोबाइल टपअप सेवामा रू ५५ क्यासब्याक प्राप्त गर्न सकिनेछ । 

क्यासब्याक बारे थप विवरण ब्लग डट इसेवा डटकम डट एनपी मार्फत हेर्न सकिनेछ । 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । 

यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ३, २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी डिजिटल भुक्तानीका लागि नेश्नल पेमेन्ट स्विच (एनपीएस)मा आबद्ध भएको छ ।  कम्पनीले आफ्नो कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तान...

मंसिर २१, २०७९

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वल्र्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिक...

मंसिर १४, २०७९

नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायककोभन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाइवरनेटले प्रदान गरिरहेको छ ।  डिशह...

मंसिर १९, २०७९

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु. २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो...

मंसिर ११, २०७९

सामाजिक सञ्जाल ट्विटरका प्रमुख इलोन मस्कले आफ्नै वैकल्पिक स्मार्टफोन पनि बनाउन सकिने संकेत दिएका छन् ।  ठूला प्रविधि कम्पनीहरूले ट्विटरलाई प्लेस्टोरबाट हटाउन खोजेपछि उनले आफ्नै सिस्टमसहितको स्मार्टफोन पनि ल्य...

मंसिर १४, २०७९

संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ( आईटीयू)ले सन् २०२२ ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x