साउन २६, २०७९
सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिक...
काठमाडाैं | जेठ ३, २०७९
धादिङको धुनिवेंशी नगरपालिका एमालेको गढ मानिने गरेको भएपनि यस पटकको चुनावमा भने मेयरदेखि वडा अध्यक्षसम्म पराजित भएको छ ।
नगरपालिकाको मेयर गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का बालकृष्ण आचार्यले जितेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डे २१ सय १४ मतान्तरले पराजित भएका छन् ।
आचार्यले ८ हजार ७०६ मत पाउँदा पाण्डेले ६ हजार ५९२ मत पाएका छन् ।
यो नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका सुरज उप्रेती विजयी भएका छन् ।
उप्रेतीले ८ हजार ३८७ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४७० मत पाएकी छिन् ।
९ वटा वडा रहेको यो स्थानीय तहको ५ नम्बर वडामा स्वतन्त्र उम्मेदवार विसाल भट्टराई विजयी भएका छन् ।
अरु वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
लामो समयदेखि गढ नै मानिने एमाले गठबन्धनका कारण यस पटक जम्मा चार वटा वडा सदस्यमा मात्रै सिमित भएको छ ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिक...
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...
सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको छ । बिहीबार बसेको सत्ता गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार ...
नेकपा एमालेको बिहीबार सम्पन्न सचिवालय बैठकले चुनाव केन्द्रित विभिन्न ७ वटा निर्णय गरेको छ । जसअनुसार बैठकले घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ सदस्यीय निर्वाचन घोषणाप...
प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको हक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक अध्ययन, अभिलेखीकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको...
नेकपा एमालेले ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवक...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...